पाल्पामा एकजनाकाे काेराेनाबाट मृत्यु

काठमाडौं । काेराेनाबाट नेपालमा थप एकजनाकाे मृत्यु भएकाे छ । पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषकाे मृत्युपछि स्वाब परीक्षण गर्दा काेराेना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । याेसँगै नेपालका काेराेनाकाे कारण १० जनाकाे मृत्यु भएकाे छ । नेपालमा बिहिबार साँझसम्म काेराेना संक्रमितकाे संख्या २६ सय ३४ पुगेकाे छ भने दुई सय निकाे भएर घर फर्किएका छन् ।  

थप तीन सय ३४ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितकाे संख्या २६ सय नाघ्याे

काठमाडौं । बिहिबार ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप ३ सय ३४  जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या २६ सय ३४ पुगेकाे छ जसमा २ सय ९० जना निकाे भएका छन् र १० जनाकाे मृत्‍यु भईसकेकाे छ ।  

स्वास्थ्य सेवा विभागका महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह नियुक्त

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेकाे स्वास्थ्य सेवा विभागका महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह नियुक्त भएका छन् । विभागका महानिर्देशकमा सिंह नियुक्त भएकाे राष्ट्रिय सुचना तथा स‌चार केन्द्रले जनाएकाे छ । विभागका पुर्व महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ मन्त्रालयमा तानिएसँगै उनी उक्त पदमा नियुक्त भएका हुन् ।  यसका साथै मन्त्रालयले व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललको पनि सरुवा गरेको छ। डा‍. रमेश खरेललाई उनकाे जिम्मेवारी दिइएको छ।