सबै अस्पतालहरुलाई काेराेनाका बिरामीकाे लागि २० प्रतिशत बेड छुटाउन आदेश

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक अस्पताललाई काेभिड-१९ बिरामीकाे लागि २० प्रतिशत शैया छुटाउन आदेश दिएकाे छ । मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा साेमबार प्रवक्ता प्रा.डा जागेश्वर गाैतमले हरेक अस्पतालले काेभिड-१९ बिरामीकाे उपचारकाे लागि २० शैया छुटाउनु पर्ने बताएका हुन् । ‘सबै निजि सामुदायिक सरकारी गैर सरकारी अस्पतालहरुले आफ्नाे अस्पतालमा २० प्रतिशत शैया काेभिड बिरामीहरुकाे लागि छुट्याई सम्बन्धित हब अस्पतालबाट स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउने र हब अस्पताल भित्रकाे स्याटलाईट अस्पतालका बिरामीहरुकाे व्यवस्थापन हब अस्पतालले नै गर्ने सुचना जारी गरिएकाे छ,’ गाैतमले भने ।  

साेमबार काठमाडाैं उपत्यकामा ४४ जनामा देखियाे कोरोना

काठमाडाैं । काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४४ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ३६, ललितपुरकाे ४ र भक्तपुरकाे ४ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ९४८ ललितपुरमा १४३ र भक्तपुरमा ८९ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ११७२ पुगेको छ । आईतबार देशभर ३३८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २३ हजार ३ सय १० पुगेको छ ।

आज थप ३ सय ३८ जनामा काेराेना देखियाे, संक्रमितकाे संख्या २३ हजार नाघ्याे

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ३८ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ हजार ३ सय १० जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १० हजार ७ सय ५९ जना रहेका छन् भने आजसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको छ । आज थप ३ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।