सरकारी निर्णय विपरित निदान अस्पतालमा आरडिटी परीक्षण जारी, शुल्क प्रतिव्यक्ति १७८० रुपैयाँ
ललितपुर। सरकारी निर्णय विपरित निजी क्षेत्रका हस्पतालहरुको आरडिटी विधिबाट कोरोना परीक्षणलाई जारी राखेका छन् । आरडिटी विधिबाट कोभिड–१९ रोगको परीक्षण गर्दा त्यसको नतिजा विश्वासिलो नभएको भन्दै सरकारले एन्टिबडिमा आधारित आरडिटी परीक्षणमा रोक लगाएको थियो । तर निजी क्षेत्रका अस्पतालहरुले सर्वसाधारणसँग महँगो शुल्क लिएर सोही विधिबाट कोरोना जाँच गरिरहेका छन् । ललितपुर जिल्लाको पुल्चोकस्थित निदान अस्पतालले कोरोना परीक्षणको नाममा आरडिटी परीक्षण गराउँदै आएको र उपभोक्तासँग प्रतिव्यक्ति १ हजार ७ सय ८० रुपैयाँ शुल्क लिने गरेको पाइएको छ । गत शुक्रबार मात्र होटल भिभान्तामा कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण आरडिटी विधिबाट गरेको पाइएको छ । ग्रुपमा आएका कर्मचारीको गर्दा प्रतिव्यक्ति १ हजार ३ सय ४० लिएको छ । अस्पतालले शुक्रबार नै व्यक्तिगत तवरले चेक जाँच गर्दा १ हजार ७ सय ८० रुपैयाँ लिइको कागजपत्र विकासन्युजले प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले एन्टिबडिमा आधारित आरडिटीबाट कोभिड–१९ जाँच बन्द गरिएको बताए । ‘विरामीको जाँच गर्न आरडिटी विधि प्रयोग गर्न पाइदैन । अनुसन्धानको लागि मात्र प्रयोग गर्न पाउने नियम रहेको छ’ उनले भने । यदि कुनै पनि स्वास्थ्य संस्थाले अहिले पनि कोभिड–१९ पत्ता लगाउनको लागि एन्टिबडिमा आधारित आरडिटी परीक्षण गराइरहेको छ भने त्यसलाई नियम अनुसार कारवाही हुने उनले बताए । तर निधान हस्पिटलका प्रमुख कार्यकारी अधिकृत विपिन प्रधानले सरकारी निर्णयबारे अनविज्ञता व्यक्त गरे । ‘आरडिटी विधिबाट जाँच बन्द गर्ने सरकारको निर्णयबारे हामीले औपचारिक पत्र पाएका छैनौं । सार्वजनिक सूचना आएको भए हाम्रो जानकारीमा छैन’ उनले विकासन्युजसँग भने । कोडिभ १९ शंका लागेको विरामीको ल्याव टेष्टका लागि आवश्यक नमूना पीसीआर गराउनु पर्दा टेकु वा पाटन अस्पताल पठाउने गरेको र विशेष रिक्वष्ट आएको अवस्थामा आरडिटी गराउने गरेको पनि उनले बताए । आरडिटी किट पहिला सरकारले आरडिटी टेष्टलाई मान्यता दिएकोले त्यतिबेला नै किनिएको किटहरुको प्रयोग गरी आरडिटी टेष्ट गरेको तर नयाँ परीक्षण सामाग्री खरिद नगरेको पनि उनले बताए । उनको यो भनाईले आरडिटी परीक्षणमा सरकारले लगाएको बन्देज जानकारी भएको तर पहिले नै किनिएका किटको उपयोगका लागि आरडिटी परिक्षण जारी राखेको प्रष्ट भएको छ । के हो एन्टिबडिमा आधारित आरडिटी परीक्षण ? सरुवा रोग विशेषज्ञ डा अनुपा बास्तोलाको अनुसार शरीरमा कोरोना भाईरसले प्रवेश गरिसकेपछि शरीरले त्यस विरुद्ध लड्ने एन्टिबडि उत्पादन गर्दछ । त्यही एन्टिबडि छ कि छैन भनेर पत्ता लगाउने विधिलाई एन्टिबडिमा आधारित आरडिटी परीक्षण भनिन्छ । कोभिड १९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई एन्टिबडि आईजीएम र आईजीजी हुन् । आईजीएम एन्टिबडी रोग लागेको सामान्यता एक हप्तापछि शरीरले उत्पादन गर्दछ । यो कहिले उत्पादन हुन्छ भन्ने पनि व्यक्ति पिच्छे फरक पर्न जाने र यो शरीरमा २ देखि ३ हप्तासम्म रहन्छ । त्यस्तै, आईजीजी एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ र यो शरीरमा महिनौंसम्म रहन सक्छ । सुरुमा रोग लागि सकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ । यस्तै रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर एजीएम महिनौसम्म रहने गर्दछ । यसको मतलब सुरुमा परीक्षण गर्दा पिसिआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ । त्यस्तै दुई तीन हप्तापछि परीक्षण गर्दा पिसिआर पनि पोजेटिभ आउने र एन्टिबडी पनि पोजेटिभ आउन सक्छ । र तीनदेखि चार हप्तापछि पिसिआर नेगेटिभ आउने र एन्टिबडी पोजेटिभ आउने हुन्छ । यस विधिमा धेरै प्रश्न उठेपछि सरकारले केही महिना अघि यस परीक्षणलाई रोक लगाएको छ । यसलाई अनुसन्धानको लागि प्रयोग गर्न पाउने नियम रहेको छ । के हो एन्टिजेन्टमा आधारित आरडिटी परीक्षण ? एन्टिजेन्टमा आधारित आरडिटी परीक्षणले कोरोनाभाईरसको प्रोटिणको कणलाई पत्ता लगाउने गर्दछ । यसलाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको लागि मान्यत दिएको छ ।
उपत्यकाका स्वास्थ्यकर्मीलाई निःशुल्क बस सेवा शुरु, कुन रुटमा कति बजे चल्छन् ? (भिडियाेसहित)
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निशुल्क बससेवा सुरु गरिएको छ । कोभिड संक्रमणको जोखिम बढेपछि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै पहिलो पंक्तिमा खटिएर सेवा दिइरहेका स्वास्थ्यकर्मीहरुको सुविधालाई मध्यनजर गर्दै निःशुल्क बससेवा सुरु गरिएको हो । भदौ १७ गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी छ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयका प्रमुखको संयुक्त बैठकले उपत्यकामा निशेषधाज्ञा जारी गरेसँगै स्वास्थ्यकर्मीलाई अस्पताल जान समस्या परेपछि निःशुल्क बससेवा सुरु गरिएको नेपाल नेशनल अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौड्यालले बताए । सवारी साधनका कारण स्वास्थ्य प्रवाहमा बाधा नहोस् भनेर निःशुल्क बससेवा सुरु गरिएको उनले बताए । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि आजदेखि निःशुल्क बससेवा सुरु गरेको हो । सुरुमा प्रत्येक दिन तीनवटा बसले सेवा दिएपनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने नेपाल मेडिकल एशोसियशनका केन्द्रीय सदस्य डा रितेश थापाले जानकारी दिए । स्वास्थ्यकर्मीहरुको सिफ्टअनुसार दुई समयमा गाडी सञ्चालन हुने उनले बताए । अत्यावश्यक सेवाका लागि एउटा गाडी २४ घण्टा नै सञ्चालन गर्ने गरि तयारी गरिएको पनि उनले बताए । यी रुटमा चल्नेछन् स्वास्थ्यकर्मीका लागि निःशुल्क बस यी रुटमा चल्नेछन् स्वास्थ्यकर्मीका लागि निःशुल्क बस –बस विहान ६.३० बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७.३० बजेसम्म चल्नेछ । बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म, अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ । बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ । Gepostet von Bikashnews.com am Sonntag, 30. August 2020 बस विहान ६.३० बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७.३० बजेसम्म चल्नेछ । बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म, अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ । बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ । सेवा नै धर्म हो भन्ने भावना बोेकेको रोटरी क्लबले समेत स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको समस्या समाधानका लागि सहयोग गरेको रोटरी क्बल अफ काठमाडौै हेल्थ प्रोफेसनल्सका अध्यक्ष कविता रेग्मीले बताए ।
सिभिल अस्पतालका कर्मचारीकाे आन्दोलन शुरू, सरकारी कर्मचारी सरह तलव सुविधा दिन माग
काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोके अनुसार नभएको भन्दै आज (आइतबार) देखि आन्दोलन शुरु गरेको हो । कर्मचारीहरुले विभिन्न माग लेखिएका ब्यानरहरु सहित अस्पताल अगाडि उभिएर आन्दोलन गरेका हुन् । यस्तै माग पुरा नहुँदा सम्म हातमा कालोपट्टि लगाएर काम गरिने कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताए । उनले नेपाल सरकारले तोकेको न्यूनतम सेवा सुविधा कायम गर्नुपर्ने, कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गर्नुपर्ने, विनियमावली लागू गर्नुपर्ने, लोकसेवा आयोगको उपस्थितिमा सञ्चालित परीक्षाबाट सिफारिस भएका करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, अस्पतालको बेथिति तथा आर्थिक चुहावटको अन्त्य र दैनिक ज्यालादारीलाई उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखिएको बताए । यस्तै अस्पतालको विकास समिति बोर्डमा कर्मचारी संघको प्रतिनिधि हुनुपर्ने, अस्पतालमा कार्यरत कर्मचारी र तीनका परिवारको उपचारमा शतप्रतिशत छुट हुनुपर्ने, सुत्केरी विदा अघिपछि गरी ९८ दिन हुनुपर्ने र सुत्केरी स्याहार विदा १५ दिन दिनुपर्ने, अस्पतालमा सञ्चालित अतिरिक्त स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउनुपर्ने लगायतका माग समेत कर्मचारीहरुले राखेका छन् । आन्दोलनमा नर्स, ल्याबमा काम गर्ने कर्मचारी, अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । उनीहरु ‘काम नगर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न कसले रोक्यो ?’, ‘सरकारी संस्थामा काम गर्ने कर्मचारीलाई सरकारले तोकेको न्यूनतम तलब दिन के ले रोक्यो ?’, ‘गल्ती गर्ने कर्मचारीलाई संरक्षण किन र कहिले सम्म ?’, ‘कर्मचारीलाई ज्यालादारीमा कहिले सम्म काममा लगाउने ?’, ‘मेरो कार्य मूल्याङ्कन कहिले ?’, ‘१२ वर्षदेखि एउटै तह, स्तरउन्नती कहिले हुन्छ ?’ लेखिएका ब्यानरहरु लिएर आफ्ना मागहरु पुरा गराउन अस्पताल अगाडि उभिएका थिए ।