मंगलबार नेपालभर ५१७ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु
काठमाडौं । मंगलबार नेपालभर ५१७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा ५१७ जना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ६०८ पुगेको छ । नेपालमा आजसम्म २३ लाख २७ हजार ६७० जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज १५३ जना निको भएसँगैं हालसम्म २ लाख ७४ हजार ३१८ जना निको भएर घर गइसकेका छन । पछिल्लो २४ घण्टामा ५ जनाको कारोनाको कारण मृत्यु भएको छ ।
असारसम्म दैनिक ११ हजार काेराेना संक्रमित देखिन सक्छ: स्वास्थ्य मन्त्रालय
काठमाठाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असारसम्म दैनिक ११ हजारसम्म संक्रमित थपिन सक्ने बताएकाे छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृद्धयेश त्रिपाठीले असारसम्म दैनिक ११ हजारसम्म संक्रमित थपिन सक्ने प्रक्षेपण मन्त्रालयले गरेकाे बताएका हुन् । उनले हालकाे काेराेनाभाइरस पहिलेकाेभन्दा जाेखिमयुक्त भएकाे बताएका छन् । मन्त्री त्रिपाठीले भारतसँगकाे सीमा नाकामा १ हजार हाेल्डिङ सेन्टर बनाउने र सबै अस्पतालहरुलाई चुस्तदुरुस्त राख्ने काम अगाडी बढाइएकाे जानकारी दिए । पछिल्लाे समय भारतमा दैनिक लाखाैंकाे संख्यामा काेराेना संक्रमित थपिएका छन् । भारतसँग खुला सीमा नाका भएकाे कारण नेपालमा पनि यसकाे ठूलाे असर पर्ने देखिन्छ । नेपालमा साेमबार मात्रै पीसीआर मार्फत परीक्षण गर्दा ४९६ जनामा काेराेना संक्रमण देखिएकाे छ । दैनिक नयाँ देखिने संक्रमितकाे संख्या गएकाे शुक्रबार मात्र २८८ रहेकाे थियाे ।
दोस्रो डोजको कोभिडशिल्ड खोप वैशाख ७ गतेदेखि लगाइने, १९ अस्पताल तोकिए
काठमाडौं । दोस्रो डोजको कोभिड सिल्ड खोप वैशाख ७ गतेदेखि लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो डोजको खोपको वैशाख ६ गतेदेखि ११ गतेसम्म लगाइने जानकारी दिएको हो । कार्यलयकी फोकल पर्सन रुपा बुढाथोकीका अनुसार काठमाडौं जिल्लामा खोपको लगाउनको लागि १९ वटा स्वास्थ्य संस्था तोकिएको छ । तोकिएका अस्पतालमा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, टिचिङ्ग अस्पताल, परोपकार तथा स्त्री रोग अस्पताल, सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, हिमाल अस्पताल, गंगलाल अस्पताल, राष्ट्रिय आयुर्वेद अस्पताल, ओम अस्पताल, छेत्रपाटी निशुल्क चिकित्सालय, जनमैत्री अस्पताल, मदरल्याण्ड अस्पताल, ह्याम्स अस्पताल र स्टुपा अस्पताल रहेका छन् । खोप ५ दिनसम्म लगाइने बुढाथोकीले जानकारी दिइन् । खोप लगाउन जाँदा यसअघि दिइएको खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । खोप बिहिन १० बजेदखि ४ बजेसम्म लगाइने बुढाथोकीले बताइन् ।