दूतावासको पत्रका आधारमा भारतीय नागरिकलाई कोरोना विरुद्धको खोप

<p>काठमाडौं । पछिल्लो समय भारतीय नागरिकले नेपालमा आएर कोरोना विरुद्धको खोप लगाउन थालेपछि खोप लगाउन दूतावासको पत्र अनिवार्य गरिएको छ । चीनमा बनेको कोरोना विरुद्धको खोप लगाउन भारतीय व्यापारीहरु नेपाल आएपछि नेपाल सरकारले भारतीय दूतावासकाे पत्र अनिवार्य गरेकाे हाे । भारतबाट नेपाल आएर खोप लगाएपछि दूतावासको पत्र नल्याउने भारतीय व्यापारीहरूलाई खोप दिन बन्द गरिएको शुक्रराज ट्रपिकल तथा [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय भारतीय नागरिकले नेपालमा आएर कोरोना विरुद्धको खोप लगाउन थालेपछि खोप लगाउन दूतावासको पत्र अनिवार्य गरिएको छ ।

चीनमा बनेको कोरोना विरुद्धको खोप लगाउन भारतीय व्यापारीहरु नेपाल आएपछि नेपाल सरकारले भारतीय दूतावासकाे पत्र अनिवार्य गरेकाे हाे ।

भारतबाट नेपाल आएर खोप लगाएपछि दूतावासको पत्र नल्याउने भारतीय व्यापारीहरूलाई खोप दिन बन्द गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

पछिल्लो समय हवाई मार्गबाट नेपाल आएर कोरोना विरुद्धको खोप लगाउने भारतीयको संख्यामा बृद्धि हुँदै गएको छ । अस्पतालको तथ्यांक अनुसार २० भन्दा बढी भारतीय व्यापारिले खोप लगाएर फर्किसकेका छन् ।

नेपालमा नै लामो समयदेखि बसोबार गरेका भारतीय नागरिकलाई कारोना विरुद्धको खोप लगाउने दूतावासको पत्र अनिवार्य गरिएको अस्पतालले जनाएको छ ।

Share News