बिएण्डसीमा सङ्क्रमितका लागि २०० श्यया सञ्चालन

काठमाडाैं । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पु¥याउनेक्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो । सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा श्यया सञ्चालनमा आएको अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ ‘कोरोनाका बिरामीको चाप अस्पतालमा बृद्धिभएसँगै श्यया थप गरिएको छ । हाम्रो दक्ष जनशक्ति , भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ ।’ मौज्दात रहेका ६५ भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) मध्ये गम्भीर सङ्क्रमितका लागि ५० श्यया छुट्याउने र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ । अस्पतालले २५ श्यया मात्र कोरोनाका बिरामीलाई छुट्याएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० श्यया रहेको छ । विज्ञप्तिमा भेन्टिलेटरमा उपचाररत दश सङ्क्रमित मध्ये ८ जना आजदेखि भेन्टिलेटरमुक्त हुने र अन्य दुईजना पनि खतरामुक्त रहेका जनाइएको छ । अस्पतालले हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ ।

सरकार भन्छ अक्सिजन अभाव हुँदैन, काठमाडौंका ५ अस्पतालले अक्सिजन नभएको भन्दै थप उपचार रोके

काठमाडौं । नेपाल सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ । शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई संक्रमितको मृत्यु भएको थियो । त्यहाँ उपचाररत अन्बय संक्रमितलाई रातरात अन्य अस्पतालमा सारिएको थियो । चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन् । अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै संक्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि भएसगैँ अक्सिजनको अभाव हुन थालेको छ । अक्सिजन अभावका कारण कोरोनाका धेरै विरामीहरु उपचार नै नपाई अकालमा ज्यान गुमाएका छन् । सरकारले प्रशस्त मात्रामा अक्सिजन रहेको दाबी गरिरहाँदा काठमाडौंका केही अस्पतालले उपचार गर्न नसक्ने जनाएका छन् । केही निजी अस्पतालले कोभिडका विरामीलाई चर्काे शुल्क लिने घोषणा गरेका छन् भने केही अस्पतालले अक्सिजन अभावका कारण नयाँ विरामी लिन नसक्ने भन्दै सूचना नै जारी गरेका छन् । आईतबारसम्म काठमाडौँ उपत्यकाका पाँच अस्पतालले अक्सिजन अभावहुँदा कोरोनाका थप विरामी लिन नसक्ने भन्दै सूचना नै जारी गरेका हुन् । अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना संक्रमितको उपचार गर्न नसकिएको जनाएका छन् । ती अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्या मात्र सञ्चालनमा ल्याइने बताइएको छ । ५ अस्पतालले थप उपचार गर्न नसक्ने काठमाडौं उपत्यकाका पाँच अस्पतालले अक्सिजन अभावका कारण कोभिडका थप विरामी राख्न नसक्ने जनाएका छन् । जसमा चाबहिलमा सञ्चालन गरिएका चार अस्पतालहरु मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु तथा हेल्पिङ ह्याण्ड्स अस्पताल र ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल अस्पतालले अक्सिजन आपूर्तिमा समस्या भएको जनाएका छन् । चावहिलका चार अस्पतालले शनिबार संयुक्त विज्ञप्ती र गणेशमानले आईतबार बिहान एक विज्ञप्ती जारी गर्दै अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने घोषणा गरेका हुन् । अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म सीमित शय्यामा मात्र सेवा प्रदान गर्ने जनाइसकेका छन् । यस्तै, शुक्रबार नै ललितपुरको जावलाखेलमा रहेकोे अल्का अस्पतालले अक्सिजन अभाव भएको भन्दै अक्सिजनको आपूर्ति सहज बनाईदिन सरकारलाई आग्रह गरेको थियो ।

गुल्मीमा सात वर्षीय बालकले ५ दिनमा जिते काेराेना

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छ । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् । उनलाई श्वास फेर्न गाह्रो हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्यचौकी लगेका थिए । स्वास्थ्यकर्मीले कोरोनाको आशङ्कामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । सोही दिन नै उनलाई गाउँपालिकाले वडा नं ४ म्यालपोखरीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा भर्ना गरी गाउँपालिकाले खरिद गरेको अक्सिजन दिइएको थियो । अन्य भिटामिनको सहायताले कोरोना निको भई पाँचौँ दिनमा उनलाई शनिबार साँझ डिस्चार्ज गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक तीर्थराज पन्थीले बताए । कोरोना सङ्क्रमितको उपचारका लागि म्यालपोखरीमा १० शय्याको अस्थायी कोभिड–१९ विशेष अस्पताल बनाइएको छ । अस्पतालमा तीन अक्सिजन प्लान्ट र छ अक्सिजन सिलिण्डर छन् । पालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालबाटै कोरोना जितेको जिल्लामा पहिलोपटक हो । रासस