उपत्यकामा थपिए ४ हजार बढी कोरोना संक्रमित

<p>काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, ललितपुरमा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जानमा कोझरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्&#x200d;यु भएको [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, ललितपुरमा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जानमा कोझरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्‍यु भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरी १८ हजार ७८७ जनाको आरटी–पीसीआर र ५०६ जनाको एन्टिजेन परीक्षण विधिबाट कुल १९ हजार २९३ नमूना परीक्षण गरिएको थियो।

आईतबारसम्म देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Share News