एयरबस फाउण्डेसनले नेपाल पठायो ७ टन चिकित्सकीय उपकरण
काठमाडौं । एयरबस फाउण्डेसनले नेपालमा कोभिड-१९ मा सहायतास्वरुप उपलब्ध ७ टन चिकित्सकीय उपकरणहरु पठाएको छ । यूरोप र विदेश मामीला सम्बन्धी फ्रान्सेली मन्त्रालयको संकट तथा सहायता केन्द्र (सिडिसिएस) सँग मिलेर फाउण्डेसनले उक्त उपकरणहरू नेपाल पठाएकाे हाे । ती सहायता सामग्रीहरु बोकेर एयरबस परीक्षण विमान ए ३५० ले टोयुलो टूलूज फ्रान्सबाट नयाँ दिल्ली, भारत हुँदै काठमाडौं, नेपालसम्म उडान भरेको छ । सीडीएस, फ्रान्सको स्वास्थ्य मन्त्रालय तथा भिजाइरे सोलिडेरद्वारा उपलब्ध गराइएको सहायता सामग्रीहरुमा मास्कहरु, सुरक्षा चश्माहरु, रेस्पिरेटर्स साथसाथै एन्टिजेन परीक्षण उपकरणहरु रहेका छन् । यसरी प्रदान गरिएको सहयोगले नेपाल सरकारलाई देशभित्र कोभिड-१९ को व्यवस्थापन गर्न सघाऊ पुग्ने विश्वास गरिएको छ । ‘नेपालको अवस्था अझै पनि गंभीर, यसैले हामीलाई उपलब्ध भएका स्रोतहरुका साथ देशले चालिरहेको कोभिड-१९ विरुद्धको लडाईंमा सहायता दिइरहन हामी प्रतिबद्ध रहीरहने छौं । एयरबस फाउण्डेसनका निर्देशक रचेल स्क्रोइडरले भने- ‘नेपाली जनताहरुसम्म यस किसिमको मानवीय सहायता ल्याउन हाम्रो साझेदारलाई साथ दिन पाएकोमा म अत्यन्त हर्षित छु । हामीलाई आशा छ हाम्रो यो योगदानले प्रभावितहरुलाई थप राहत पुग्नेछ ।’ सहायता सामग्रीहरु बोकेको विमान जेठ १९ गते नयाँ दिल्लीबाट काठमाडौं आइपुगेको छ । एयरबस फाउन्डेशनले भारतमा पनि कोभिड-१९ को दोस्रो लहरबाट प्रभावितहरुका लागि प्रदान गरिएका मेडिकल उपकरणहरु पुर्याएको थियो ।
किष्ट अस्पतालले शुरु गर्यो निःशुल्क कोभिड ओपीडी सेवा
काठमाडौं । विश्वलाईनै आक्रान्त पारेको यस कोभिड-१९ रोगका लागि यस किष्ट शिक्षण अस्पतालद्वारा निःशुल्क ओपीडी सेवा शुरु गरेको छ । यस कोभिड ओपीडीमा विरामीहरुका लागि क्लिनिकल परामर्श, आहार परामर्श र फिजियोथेरापी जस्ता सेवाहरु निःशुल्क उपलब्ध गरेको छ । साथै कोभिड बिरामीहरुका लागि अन्य सेवाको परामर्श चाहिएमा आवश्यकता अनुसार निःशुल्क रुपमा उपलब्ध गराउने जानकारी किष्ट शिक्षण अस्पतालले गराएको छ । सामान्य आर्थिक अवस्था तथा होम आइसोलेसनमा बसेका विरामीहरुको लागि सहज रुपमा आएर जचाँउने व्यवस्था गरिरहेको अस्पतालको भनाई छ । विशेषज्ञ चिकिक्त्सकहरुको टोलीले परामर्श रहने यस ओपीडी सेवाले बढी भन्दा बढी सस्सपेक्टेड कोभिड, कोभिड पोजेटिभ र पोष्ट कोभिडको उपचार सहितको परामर्श गर्ने विश्वास दिलाएको छ । उच्च मृत्युदर, पोष्ट कोभिड कम्पिलिकेसन जस्ता भयावह स्थिति आउन नदिन बेलैमा उपचारको फाइदा उठाउन यस शिक्षण अस्पतालले सबै जनसमुदायलाई आग्रह गरेको छ । लामो समयदेखि कोभिड भई उपचार गराएर ठिक भएका विरामीहरुका लािग पनि कालो ढूसीको सम्भावना रहेकोले ईएनटी र म्यासिलोफेसियल सर्जियनद्वारा निःशुल्क ओपीडी स्क्रिनिङ्ग तथा परामर्श गरिरहेको यस किष्ट शिक्षण अस्पतालद्वारा जानकारी गराएको छ । ओपीडी सेवा शनिबार बाहेक हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म संचालन रहने पनि जानकारी गराएको छ ।
बुधबार ७ हजार २१९ जनाले जिते काेराेना
काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ हजार २१९ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ७ हजार ५५५ पुगेको छ ।