लोकमानले भने, एक हजार बढी ठूला व्यक्तिको सम्पत्ति छानबिन हुँदैछ

१९ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले एक हजारभन्दा धेरै ठूला व्यक्तिको सम्पत्ति छानबिन भइरहेको जानकारी दिएका छन् । शुक्रबार संसद्को सुशासन तथा अनुगमन समितिमा प्रमुख आयुक्त कार्कीले राजनीतिक दलका ठूला नेताहरू नै आफूलाई गरिब र कंगाल देखाएर भाडाको घरमा बस्ने गरेकाले आयोगले उनीहरू सबैको सम्पत्ति छानबिन गरिरहेको बताएका हुन् । ‘अहिले हामी एक हजारभन्दा धेरै ठूला व्यक्तिहरूको सम्पत्ति विवरण छानबिन गरिरहेका छौ, ठूल्ठूला व्यक्तिहरूको बैंक एकाउन्टमा ५ सय रुपैयाँ मात्र देखिन्छ, उनीहरू भाडाको घरमा बस्छन् । अहिले ठूला व्यक्तिले आफ्नो र आफ्नो परिवारको नाममा सम्पत्ति राख्ने चलन छैन । कतिसम्म भने, अहिले त्यस्ता ठूला व्यक्तिको ससुरालीसमेत कंगाल नै छन् ।’ तर लोकमानले को को माथि अनुसन्धान भइरहेको र कहिलेसम्म सकिन्छ भन्ने विषयमा यथार्थ कुरा खोलेनन् । कार्कीले संसद्को सुशासन तथा अनुगमन समितिबाहेक अरु समितिमा आफूले बयानका लागि नजाने अडान शुक्रबार पनि राखेका छन् । कार्कीले त्यस्तो अडान राखेपछि अर्थ समिति, सार्वजनिक लेखा समिति, कृषि तथा जलस्रोत समितिलगायत अन्य १० वटा संसदीय समिति अब के गर्ने भन्ने द्विविधामा परेका छन् । १३ वटा जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न अख्तियारले निर्देशन दिएपछि संसद्का तीनवटा समितिबीच क्षेत्राधिकारको विषयमा द्वन्द्व चलिरहेको छ । ‘विद्युत लाइसेन्स खारेजीका सम्बन्धमा कुनै पनि किसिमको निर्णय अख्तियारले गरेको छैन, निर्देशन दिएको छैन । हामीले विद्युत ऐनको दफा मात्रै ध्यानाकर्षण गराएका हौं । ध्यानाकर्षण गराएर आवश्यक कारबाही गर्नुस् भन्दा हामीले कसरी क्षेत्राधिकार नाघ्यौं ?’ सुशासन समितिका सभापति शेरधन राईले बैठकमा अख्तियारले ससाना प्रकरणमा मात्र हात हालेको टिप्पणी गरेपछि त्यसको जवाफ दिँदै कार्कीले भने, ‘एकातिर सभापतिज्यूले भन्नुभो अख्तियारले झिनामसिना काम मात्रै गरिरहेको छ । तर त्यसो होइन । ‘प्रत्येक कर्मचारीले हरेक वर्षको अन्तमा सम्पत्ति विवरण बुझाउनुपर्छ, सम्पत्ति विवरण माग्दा त्यसमा आत्तिनुपर्ने के छ । हामी आएपछि सम्पत्तिको हकमा कुनै पनि निम्नस्तरका कर्मचारी कारबाहीमा परेका छैनन ।’

भव्य व्यापार केन्द्रभित्र व्यवसायीका पीडा (फोटो फिचरसहित)

१८ मंसिर । राजधानीमा पछिल्लो समय व्यापारिक मलहरुको संख्या ह्वात्तै बढेको छ, त्यस्ता मलहरु थपिने क्रम पनि जारी छ । तर चलनचल्तीमै रहेका र ठूला कहलीएका व्यापारिक मलहरु नै यतिबेला चरम संकटको सामना गरिरहेका छन् । केही मलहरु सुनसान बनिरहेका छन् भने केही मलको भौतिक अवस्थासमेत नाजुक छ । कतिपय मलहरु भने तन्नेरीहरुको लागि घुम्ने बजार भएको छ । ठूलो लगानी गरेर व्यापारिक मलमा पसल चलाउने निकै निरास भएका छन् । व्यवसायी यतिबेला फुसर्दका दिन गुजारिरहेका छन् । कमलपोखरीको सिटी सेन्टर, सुन्धाराको काठमाडौं मल, बाघदरबार छेउको सिभिल मल, महानरपालिका अगाडीको सिटिसी मल, त्रिपुरेश्वरको युनाईटेड वल्र्ड टे«ड सेन्टर र चावहिल चुच्चेपाटीको केएल टावरका व्यापारीहरु ग्राहकको पर्खाईमा आँखा दुखाई रहेका छन् । एक सय भन्दा बढी पसलहरु तथा सुबिधा सम्पन्न बिग मुभिजसहितको सिटीसेन्टरमा चहलपहल कम देखिन्छ । कुनै बेला पैसावाल तथा युवायुवतीहरुको आकर्षक गन्तब्यका रुपमा रहेका सिटीसेन्टरमा सटर खाली हुन थालेका छन् । भवन प्रत्येक तलमा सटरहरुमा ‘टु लेट’ (भाडामा खाली छ) लेखेर कागज टाँसिएको देखिन्छ । सेन्टरको व्यवस्थापन गर्दै आईरहेको बिजनेश मेनेजमेन्ट कम्पनीका एसिसटेन्ट मेनेजर मनोज मिश्रले व्यापारमा कमी आएको बताए गरे । मिश्राले भने–‘भ्यालीमा हामी पहिलो मल्टिभेन्यु मल थियौं, त्यसैले सुरुका दिन राम्रंो थियो, अहिले मध्यम समय चल्दैछ ।’ उनले सिभिल मललाई प्रतिष्पर्धीका रुपमा अथ्र्याए । सिभिल मल खुलेपछि सिटी सेन्टरको क्रेज घटेको बताउँन उनी हिचकिचाएनन् । झापाबाट काठमाडौं आएका देवेन्द्र कार्कीले सीटी सेन्टरमै ‘ग्ल्यामरस् फेसन’ चलाएका छन् । ‘पहिलेको जस्तो व्यापार छैन्, दैनिक मुस्किलले १०–१५ हजारको व्यापार हुन्छ’ कार्कीले खिन्न हुँदै भन–‘व्यापारले भाडा तिर्न समेत मुस्किल भैरहेकोछ । जिर्ण बन्दैै काठमाडौं मल केही वर्ष पहिलेसम्म काठमाडौं मलको सपिङ धेरैका लागि सौखको बिषय बन्थ्यो । उक्त मलमा किनमेल गर्न आएका राजेश शाही काठमाडौं मल भूतघर जस्तो भएको टिप्पणी गरे । मलमा गत भेटिएका शाहीले भने–‘पहिलो पटक काठमाडौं मल आउँदा विदेशै पुगियो जस्तो लाथ्यो तर अहिले त भुत घर जस्तै भएछ ।’ मल त डम्पिङ साईट जस्तै भैसकेछ’ । मलमा त बत्ति पनि बल्न छाडेछ, दिउसँै अध्यारो पो देखियो नि ! प्रश्नको उत्तरमा व्यवस्थापनको एकाउन्ट शाखाकी कर्मचारीले भनिन्–‘अब बल्छ बत्ति ।’ यस मलमा व्यापारीहरु पनि धमिलो मन लिएर ग्राहकको प्रतिक्षामा छन् ‘कुनै समय थियो, यहाँ बेचेर फुसर्द हुन्नथ्यो तर आज मल आफैं जिर्ण बन्दै गैरहेको छ, व्यापारीले राम श्रेष्ठले भने । ‘व्यापार छैन्, फुर्सदमा छौं, मान्छे आउँदैनन्, आएपछि पल्लोतिर हेरेर हिड्छन्’ उनले श्रेष्ठले भने । लिफ्टले काम गर्न छाडेका छन् । पहिलो तल्लाको शौचालय प्रयोग गर्दा पैसा तिर्नुपर्छ । व्यापारिक कम्प्लेक्स भित्रको शौचालय महानगरपालिकाको सार्वजनिक शौचालयभन्दा फोहोर छ ।व्यापारिक मलमा राखिएको ट्वाईलेट प्रयोग गरेबाफत उपभोक्तसँग पैसा तिर्नुपर्छ । कुनै सयम यस मलको मुख्य द्धारमा राखिएको भिडियो डिस्प्ले बोर्डमा देखिने आकर्षक विज्ञापन हेर्नहरुको भिड हुन्थ्यो । सुन्धारमा सार्वजनिक सवारी पर्खने यात्रुदेखि सवारीका चालकहरु यस बोर्डको विज्ञापन हेरेर ट्वा पथ्र्ये । अहिले यो बोर्ड खाली छ । कुनै पनि कम्पनीले विज्ञापन राखेका छैनन् । सिभिल मलमा बिक्रि कम प्रचार ज्यादा सिभिल मल र काठमाडौं मलबीचको दुरी लगभग १५० मिटरको मात्रै छ । सिभिल मलमा दिनभर जसो भिजिटर्सहरुको घुइँचो लाग्छ । राजधानीको केन्द्र अर्थात पायक पर्ने ठाउँमा भएकाले सिभिल मलमा भिजिटर्सहरुको संख्या अन्यत्र भन्दा धेरै छ । तर भीड अनुसार व्यापार नभएको व्यवसायीहरु बताउँछन् । ‘मान्छेहरु ह्वारह्वार्ती आउँछन् तर व्यापार भने छैन्, यो क्रम निरन्तर बढिरहेको छ ।’ व्यापारी निरन्जन श्रेष्ठ भन्छन्–अधिकांश घुम्न र डेटिङका लागि आउने गरेका छन् ।’ यहाँ थियटरदेखि सबै खाले सपिङ र किड्स जोन छन् । पुरै खाली सिटिसी मल सिभिल मलभन्दा २० मिटर दक्षिणतर्फ सिटिसी मल छ । दुबै व्यापार केन्द्रको प्रवद्र्धक सिभिल ग्रुप हो । फाईभ स्टार मुभि थिएटरसहित सेवा सुरु गरेको सिटिसी मल भने अहिले सबै जसो खाली छ । पहिलो र दोश्रो तल्लामा गरि झण्डै डेढ दर्जन पसल मात्रै सञ्चालनमा रहेका छन् । बाँकी तीन दर्जन जति सटर खाली छन् । त्यस भन्दा माथील्लो तल्लाहरु पुर्णत खाली देखिन्छन् । सिमित पसल मात्रै सञ्चालनमा रहेको मलमा भिजिटर्स पनि सीमित मात्रामा नै पुग्ने गरेका छन् । ‘लालपुर्जा सहितको पसल भनेर हाम फालियो तर अहिले न मल चल्छ न व्यापार नै, छेउछाउका पसल खाली छन् !’ व्यवसायी माया अधिकारीले भनिन् । काठमाण्डौंको केन्द्रमा भएर पनि बिजनेश पोलिसी र मार्केटिङको चाँजोपाँचो नमिल्दा मल एक बर्ष भन्दा लामो समयदेखि खाली बन्न पुगेको छ भने लाखौ लगानी गरेर पसल खरिद गरेका व्यवसायीको लगानी फ्रिज भएको छ । त्रिपुरेश्वरमा युनाईटेड वल्र्ड ट्रेड सेन्टर सञ्चालनमा आउँदा राजधानीमा छुट्टै चर्चा थियो । त्यसलाई सपिङ हबका रुपमा चिन्नेहरुको कमि पनि थिएन् । तर पछिल्लो समय वल्र्ड टे«ड सेन्टर पनि ओरालो लाग्दै गएको छ । कहिले कर नतिरेको विवादमा फस्ने त कहिले भाटभटेनी सुपर मार्केटले लिने चर्चा चल्दै आएको छ । ‘आजकल व्यापार नभएर फुर्सदमा दिन बिताउनु परेको छ ।’ किड्स जोनकी व्यवसायी यमुना शर्माले भनिन् । उनका अनुसार हाल व्यापार स्वात्तै घटेको मात्रै छैन् पहिलेको तुलनामा शुन्य जस्तै भएको छ । यस्ता व्यापारिक भवनभित्रका व्यवसायीको पीडा व्यवसायी आफै पनि अभिव्यक्त गर्न सकिरहेका छन् । धरौटी, लामो समयको अग्रिम भुक्तानी, करार सम्झौताका कडा सर्तमा बाँधिएका उनीहरुसँग घाटा खाएर व्यापार बन्द गर्नुको विकल्प हुँदैन । चुच्चेपाटीको चुच्चे केएल टावर चावहिल चुच्चेपाटीको केएल टावरमा पनि व्यवसायी फुर्सदिला देखिन्छन् । ग्राहकको पखाईमा बसेका उनीहरु दिनभर ‘हाई’ गर्छन् । ‘नखाउ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार भन्या यहि हो जस्तो भा‘छ, के के न हुन्छ भनेर पैसा फसाएँ अहिले व्यापार नभएर यस्तो हालत छ ।’ व्यवसायी रबिन ओझाले भने । राजधानीका चोकचोकमा एउटै बिशेषता सहितका मलहरु सञ्चालन आउन थालेपछि व्यापारमा समस्या आएको अर्का व्यवसायी ओझाको ठम्याई छ । उपभोक्ताको क्रयशक्तिलाई ख्यालमा नराखी मलहरु निर्माण हुने र त्यहाँ धेरै कमाई हुने लोभमा व्यवसायी फस्ने गरेको निष्कर्ष उनले सुनाए । मनग्गै आम्दानी गर्ने सपना साँचेर राजधानीका व्यापारिक मलहरुमा व्यवसाय सुरु गरेकाहरु खस्कदो व्यापारले चिन्तामा डुब्दै गएका छन् । उपभोक्ताको क्रय शक्तिमा वृद्धि नभएको अवस्थामा धमाधम सञ्चालनमा आईरहेका मलहरुले लगानी कर्ता र व्यवसायी दुबैलाई नोक्सानी पु¥याईरहेका छ । यस्ता व्यापारिक भवनभित्रका व्यवसायीको पीडा व्यवसायी आफै पनि अभिव्यक्त गर्न सकिरहेका छन् । धरौटी, लामो समयको अग्रिम भुक्तानी, करार सम्झौताका कडा सर्तमा बाँधिएका उनीहरुसँग घाटा खाएर व्यापार बन्द गर्नुको विकल्प हुँदैन ।

शेरधन राईले भने, लोकमानलाई बोलाएर हिरो बन्न खोजे

१८ मंसिर । संसद्को सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राईले संसदीय समितिहरूले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई स्पष्टीकरणका लागि बोलाएर आफू हिरो बन्न खोजेको आरोप लगाएका छन् । अनुशासन समिति नै संसद्का अन्य समितिविरुद्ध उत्रिएपछि अहिले समस्या उत्पन्न भएको छ । बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा सभापति राईले समितिहरुबीचमै क्षेत्राधिकारलाई लिएर विवाद देखिएको भन्दै यसबारेमा सभामुख सुवासचन्द्र नेम्बाङले तत्काल संसदीय समितिका सभापतिहरुको बैठक बोलाएर क्षेत्राधिकारका सम्बन्धमा प्रस्ट पार्न माग पनि गरे । संसद्को कृषि तथा जलस्रोत समितिले पुनः अख्तियार प्रमुख कार्कीलाई बयानका लागि पत्र काटेपछि अहिले यसले ठूलो चर्चा पाएको छ । सो समितिका सभापति गगन थापा छन् । यसअघि कार्कीले अर्थ समितिमा बयान दिएका थिए । कार्कीले आफूल अनुशासन समितिबाहेक अन्य समितिमा उपस्थिति नहुने बताएका छन् । बारम्बार बोलाउँदा संसद्को अपमान गरेको ठहर हुने हो कि भन्ने डर कार्कीमा पनि देखिएको छ । त्यसैले उनले अनुशासन समितिलाई प्रयोग गरिरहेको सभासद्हरू बताउँछन् । कार्यक्रममा राईले आफ्नो मर्यादालाई ख्याल गरेर समितिहरू अघि बढ्नुपर्ने र अख्तियारले पनि संसद्को मर्यादा राख्नुपर्ने भन्दै उसले आफूलाई मन लागेको समितिमा जाने र नलागेको समितिमा जान्न भन्न नमिल्ने धारणा राखे । उनले भने, ‘‘संवैधानिक अंगका प्रमुखहरूलाई लगातार बोलाउँदा आयोगका कामकारबाहीहरू प्रभावित हुन्छन्, त्यसमा पनि हामीले ख्याल गर्नुपर्छ ।’’ राईले अख्तियारलाई प्रभाकारी, जवाफदेही, उत्तरदायी र कर्तव्यनिष्ठ बनाउन संसदीय समितिले सहयोग गर्नुपर्ने बताउँदै अख्तियारले सिमा नाघेमा उसलाई पनि समितिले नियन्त्रण गर्नसक्ने स्पष्ट पारेका छन् ।