निर्जीवन बीमाको नाफा ३९.२१ प्रतिशत घट्यो, प्रभु बाहेक सबैको घट्यो
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट आएको छ । गत भदौमा भएको जेनजी आन्दोलन तथा बाढीपहिरोका कारण आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ३९.२१ प्रतिशत अर्थात् १ अर्ब ८० करोड ६ लाख रुपैयाँले घटेको हो । गत आर्थिक वर्षमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यी कम्पनीहरूले ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्ष प्रभु इन्स्योरेन्सबाहेक अन्य सबै निर्जीवन बीमा कम्पनीहरूको नाफामा गिरावट आएको छ । प्रभु इन्स्योरेन्सको नाफा १९.७१ प्रतिशतले बढेर २४ करोड ६४ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले २० करोड ५८ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । राष्ट्रिय बीमा कम्पनीको नाफा १९.४५ प्रतिशतले घटेर ३४ करोड ४४ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को नाफा ३२.७४ प्रतिशतले घटेर ३७ करोड ५६ लाख ४६ हजार रुपैयाँ नाफा गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ३६.५२ प्रतिशतले घटेर ३३ करोड ७८ लाख ८५ हजार रुपैयाँमा झरेको छ भने नेको इन्स्योरेन्सको नाफा ५०.१९ प्रतिशतले घटेर २८ करोड ८३ लाख २१ हजार रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ५६.७५ प्रतिशतले घटेर ३२ करोड ६८ लाख ५२ हजार रुपैयाँ नाफा गरेको छ । नेपाल इन्स्योरेन्सको नाफा ५९.६९ प्रतिशतले घटेर १२ करोड ७५ लाख ५० हजार रुपैयाँमा झरेको छ भने सानिमा जिआईसी इन्स्योरेन्सको नाफा ६१.३८ प्रतिशतले घटेर १३ करोड ३९ हजार रुपैयाँमा सीमित भएको छ । एनएलजी इन्स्योरेन्सको नाफा ६२.३० प्रतिशतले घटेर ५ करोड ७८ लाख १२ हजार रुपैयाँ छ भने यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा ६४.५५ प्रतिशतले घटेर ६ करोड ३० लाख ९९ हजार रुपैयाँमा झरेको छ । शिखर इन्स्योरेन्सको नाफा ७१.२१ प्रतिशतले घटेर १३ करोड ८९ हजार रुपैयाँमा सीमित भएको छ भने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ९८.८९ प्रतिशतले घटेर ४० लाख ३८ हजार रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा ११ करोड ७६ लाख ४७ हजार रुपैयाँ नोक्सानीमा रहेको दि ओरियन्टल इन्स्योरेन्सले भने गत वर्ष ४९ करोड ४ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यता, नेशनल इन्स्योरेन्स गत आर्थिक वर्षमा १३ करोड १० लाख ७५ हजार रुपैयाँ नोक्सानीमा गएको छ ।
जीवन बीमाको नाफा साढे ५ अर्ब, आइएमईको धेरै, राष्ट्रिय जीवन बीमा घाटामा
काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा कुल ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १०.५२ प्रतिशत अर्थात् ६४ करोड ८ लाख रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षमा १४ वटा जीवन बीमा कम्पनीले ६ अर्ब ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनी आइएमई लाइफ इन्स्योरेन्स बनेको छ । कम्पनीले ५८ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.१६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको खुद नाफा ५८ करोड ३३ लाख रुपैयाँ थियो । नाफा वृद्धिको आधारमा भने सिटिजन लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीको खुद नाफा १०६.६२ प्रतिशतले बढेर ३९ करोड ८ लाख रुपैयाँ पुगेको छ । यस्तै, एलआईसी नेपालको नाफा २८.४५ प्रतिशतले बढेर ४० करोड ५७ लाख ७७ हजार रुपैयाँ पुगेको छ । सूर्यज्योति लाइफले ३८ करोड २ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.५४ प्रतिशतले बढी हो । रिलायबल नेपाल लाइफको नाफा २.१७ प्रतिशतले बढेर ५८ करोड २६ लाख २ हजार रुपैयाँ पुगेको छ भने सानिमा रिलायन्स लाइफको नाफा १.६८ प्रतिशतले वृद्धि भएर ३८ करोड ३८ लाख ६५ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, प्रभु महालक्ष्मी लाइफको नाफा १.३० प्रतिशतले बढेर ३७ करोड ५५ लाख ९३ हजार रुपैयाँ पुगेको छ भने एशियन लाइफको नाफा १.१८ प्रतिशतले वृद्धि भई ४१ करोड ४२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा पाँच वटा जीवन बीमा कम्पनीको नाफा घटेको छ भने एक कम्पनी घाटामा गएको छ । मेटलाइफ अमेरिकनको नाफा ५५.२८ प्रतिशतले घटेर ३७ करोड ९२ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ । हिमालयन लाइफको नाफा ४१.९० प्रतिशतले घटेर ३१ करोड ७७ लाख ७१ हजार रुपैयाँमा झरेको छ । यस्तै, सन नेपाल लाइफको नाफा २२.८३ प्रतिशतले घटेर ४१ करोड ८५ लाख ९९ हजार रुपैयाँ छ । नेपाल लाइफको नाफा १५ प्रतिशतले घटेर ४६ करोड ५४ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ भने नेसनल लाइफको नाफा १०.२२ प्रतिशतले घटेर ३७ करोड ६ लाख १६ हजार रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड १४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्रिय जीवन बीमा कम्पनी भने गत आर्थिक वर्षमा २ करोड ३८ लाख १ हजार रुपैयाँ नोक्सानीमा छ ।
बैंकहरूको नाफा ७० अर्ब, ४ को घट्दा एक घाटामा, नबिल नम्बर वान
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैंकले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.२७ प्रतिशत अर्थात् १७ अर्ब ४ करोड ८५ लाख रुपैयाँले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूले ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्ष सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने बैंक नबिल बैंक बनेको छ । बैंकले ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३.५० प्रतिशतले बढी हो । अघिल्लो वर्ष नबिलले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा वृद्धिदरका आधारमा भने हिमालयन बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकको खुद नाफा १ हजार ४१ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १२ करोड ९७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । कुमारी बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै ३०५.९५ प्रतिशतको वृद्धि हासिल गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ थियो । सिटिजन्स बैंकको ६३.०५ प्रतिशत बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यससँगै बैंकको खुद नाफा एक वर्षमा ८१ करोड १५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । राष्ट्रिय वाणिज्य बैंकको ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८३ करोड ६० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल बैंकको नाफा ४६.२० प्रतिशत बढेर ४ अर्ब ५० करोड १ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७ करोड ८० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एनएमबी बैंकको ४०.६० प्रतिशत बढेर ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सानिमा बैंकको ३८ प्रतिशत बढेर ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ५७ करोड २४ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । प्राइम कमर्सियल बैंकको २८.४८ प्रतिशत बढेर ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ग्लोबल आइएमई बैंकको २२.६७ प्रतिशत बढेर ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल एसबिआई १२.८८ प्रतिशत बढेर २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । माछापुच्छ्रे बैंकको १२.२४ प्रतिशत बढेर २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एभरेष्ट बैंकको ४.७५ प्रतिशत बढेर ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सिद्धार्थ बैंकको ४.५४ प्रतिशत बढेर ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष ३ अर्ब ८७ करोड २० लाख ४२ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको एनआईसी एशिया बैंक गत वर्ष १८ करोड १७ लाख रुपैयाँ नाफामा फर्किएको छ । यद्यपि, सबै बैंकको अवस्था सकारात्मक देखिएको छै न। गत वर्ष चार वटा बैंकको नाफा घटेको छ भने एउटा बैंक घाटामा गएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ५.३८ प्रतिशत घटेर २ अर्ब ८५ करोड २ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब १ करोड २५ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लक्ष्मी सनराइज बैंकको २३.२६ प्रतिशत घटेर ३ अर्ब ११ करोड ७१ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ६ करोड २० लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कृषि विकास बैंकको २९.५१ प्रतिशत घटेर २ अर्ब ६३ करोड ६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७३ करोड २४ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३६.५८ प्रतिशत घटेर २ अर्ब ७४ करोड ७२ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ३३ करोड २२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष प्रभु बैंक भने २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा छ । अघिल्लो वर्ष बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।