आइएमई रेमिट्यान्सको सीईओमा दिवाकर पौडेल नियुक्त

काठमाडौं । आइएमई रेमिट्यान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिवाकर पौडेल नियुक्त भएका छन् । जीएमई रेमिट्यान्ससँग मर्जरपछि आइएमई रेमिट्यान्सको सीईओमा पौडेल नियुक्त भएका हुन् । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेर आज (साउन ३० गते)देखि एकीकृत कारोबार सुरु गरेको हो । जीएमई प्राप्तिपछि आइएमई लिमिटेडको नामबाट कारोबार सुरु गरेको यस कम्पनीमा सीईओको जिम्मेवारी पौडेललाई दिइएको हो । पौडेल यसअघि साविक जीएमई रेमिट्यान्सका सीईओ थिए । ९० करोड रुपैयाँ पुँजी रहेको आइएमईले २५ करोड रुपैयाँ पुँजी भएको जीएमई गाभेपिछि चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । रेमिट्यान्स कारोबार रकमका आधारमा आइएमई नम्बर वान कम्पनी हो ।

चार बीमा कम्पनीको नाफा वृद्धिमा ‘सेञ्चुरी क्रस’, नेपाल इन्स्योरेन्सलाई पछ्याउँदै सिद्धार्थ प्रिमियर

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा अघिकांश निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा उल्लेख्य रूपमा बढेको छ । कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार १२ कम्पनीको नाफा बढ्दा २ कम्पनीको भने घटेको छ । समग्रमा ५२.६२ प्रतिशतले नाफा वृद्धि भएको छ । अघिल्लो आव २०७९/०८० मा ४ अर्ब ८६ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका कम्पनीहरूले गत आवमा भने ७ अर्ब ४२ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । ४ वटा कम्पनीहरूको नाफ शतप्रतिशतभन्दा धेरैले बढेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा वृद्धि उच्च रहेको छ । आईजीआईको खुद नाफा १५२.४५ प्रतिशतले बढ्दा शिखर, प्रभु र यूनाईटेड अजोड इन्स्योरेन्सको नाफा क्रमशः १२६.९९, ११८.१८ र १०८ प्रतिशतले बढेको हो । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर, प्रभु र युनाइटेड अजोडको नाफा सतप्रतिशतभन्दा बढी वृद्धि भएको छ । आईजीआईले नाफा २५१.४५ प्रतिशत वृद्धि गरेर ६० करोड ६१ लाख, शिखरले ५१ करोड ३० लाख, प्रभुले ४९ करोड ९ लाखर युनाइटेड अजोडले ३८ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । चार वटा कम्पनीको नाफा ८० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । नेपाल इन्योरेन्सको ८७.८३ प्रतिशत, सगरमाथा इन्स्यारेन्सको ८३.९६ प्रतिशत, ओरियन्टलको ८३.४२ प्रतिशत र सिद्धार्थ प्रिमियरको ८२.५२ प्रतिशत खुद नाफा बढेको छ । यस्तै, नेशनल र हिमालयन एभरेष्टको नाफा क्रमशः ५२.०२ प्रतिशत र ५०.०९ प्रतिशतले बढेको छ । एनएलजी र सानिमाको खुद नाफा क्रमशः २१.७८ प्रतिशत र २०.९१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष नेको र राष्ट्रिय बीमा कम्पनीको नाफा भने क्रमशः २.७८ र १८.८० प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।  

आइएमई लाइफको नाफा १४५.०४ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १४५.०४ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४ अर्ब ५२ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९५ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ८ करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीले ५ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गरी ५ अर्ब ३९ करोड १९ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ कुल आम्दानी गरेर ४ अर्ब ६३ करोड ९३ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ, सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोष १७ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब २ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटी ५५ करोड ६० लाख रुपैयाँ सञ्चित छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी १० रुपैयाँबाट बढेर १०.२९ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४४.०२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५.५९ रुपैयाँ रहेको छ । कम्पनीले १४ अर्ब ७ करोड १८ लाख रुपैयाँ दीर्घकालिन लगानी र १ अर्ब २७ करोड ५० लाख रुपैयाँ सर्टटर्म लगानी गरेको छ ।