लिबर्टी माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । लिबर्टी माइक्रो इन्स्योरेन्सले विभिन्न पदमा रोजगारीका लागि आवेदन खुला गरेको छ । कम्पनीले बिक्री तथा बजारीकरण (सेल्स एन्ड मार्केटिङ)का लागि आवेदन खुला गरेको हो। कोहलपुर, तुलसीपुर, गुलरिया, लम्की, टीकापुर, महेन्द्रनगर, बुटबल, भैरहवा, धादिङ, नारायणगढ, हेटौंडा, कुश्मा, पुतलीबजार, लहान, जनकपुर, इनरुवा, धरान, बिर्तामोड, दमक, बनेपा र तानसेनका लागि कम्पनीले आवेदन माग गरेको हो । स्नातक पूरा गरेका इच्छुकले  आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जेठ ३१ भित्र आवेदन दिइसक्नुपर्नेछ । विस्तृत विवरणका लागि कम्पनीमा सम्पर्क गर्न सकिने जनाइएको छ । 

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई केटीएसमा ५० प्रतिशतसम्म सहुलियत

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स र काठमाडौं टेक्निकल स्कुल (केटीएस) बीच सम्झौता भएको छ ।  सम्झौतापश्चात आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई काठमाडौं टेक्निकल स्कुलका रोजगारमुखी तालिममा २० देखि ५० प्रतिशतसम्म सहुलियत प्रदान हुनेछ । यसैगरी,स्कुलका प्रशिक्षार्थीहरूलाई प्रशीक्षण अवधिभरि आईएमई लाइफ इन्स्योरेन्सको दुर्घटनाबीमाको रक्षवरण प्रदान गरिएको छ ।  कम्पनी र स्कुलबीच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो ।  सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एप आईएमई लाइफ मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट(सुविधाको लाभ लिन सक्नेछन्। स्कुलले प्रदान गर्दै आएको केयरगिभर, कुकरी तथा बेकरी बरिस्ता, हाउसकिपिङ, बारटेन्डिङ लगायतका स्कुलले आयोजना गर्ने तालिम लिन सक्नेछन् ।  उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एपमार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।

कोष र भूमि विभागबीच सम्झौता, आवास कर्जाको प्रक्रिया अनलाइनमार्फत

काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का/फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन् ।  सम्झौतापछि काठमाडौं उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का, फुकुवा अनलाइनबाट सम्पन्न हुने छ । यसले आवास/सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।