प्रभु क्यापिटलको २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

काठमाडौं, २७ मंसिर । प्रभु क्यापिटलको गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न भएको कम्पनीको आठौं वार्षिक साधारणसभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको छ । सभामा संस्थाका शेयरधनी, संचालक, लेखापरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधि, कर्मचारी, पत्रकार एवं अन्य अतिथिहरुको बाक्लो उपस्थिती थियो । विगत ८ वर्ष देखि संचालनमा रहेको यस कम्पनीले ग्राहकहरु समक्ष आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको छ । साधारण सभाले संचालक समितिमा भएको परिवर्तनलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

एसबिआइ बैंकलाई एफपीओ जारी गर्न बोर्डको स्वीकृति, प्रतिकित्ता एफपीओको मूल्य ९७१ रुपैयाँ

काठमाडौं, २७ मंसिर । नेपाल धितोपत्र बोर्डले नेपाल एसबिआइ बैंकलाई थप साधारण सेयर (एफपीओ) जारी गर्न स्वीकृति दिएको छ । बैंकले प्रस्ताव गरेको एफपीओको मूल्यमा परिमार्जन गरेपछि बोर्डले एफपीओ जारी गर्न स्वीकृति दिएको हो । बैंकले एफ्पीओ जारी गर्नका लागि प्रतिकित्ता ९ सय ८४ रुपैंयामा प्रस्ताव गरेको थियो तर बोर्डले सो प्रस्ताव अस्वीकृत गरेपछि बैंकले बोर्डको निर्देशन अनुसार बजार मुल्यमा आधारित रही प्रतिकित्ता ९ सय ७१ रुपैंयामा एफपीओ निष्काशन गर्ने निर्णय गरेको थियो । बैंकले कार्तिक ९ गते संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७० र ३० कायम गर्न एफ्पीओ जारी गर्ने भन्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बैंकले ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्दैछ । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी प्रिमियम रकम जगेडा कोषमा रहनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

राष्ट्र बैंकका सञ्चालक विकेमान सिंह निलम्वित

काठमाडौँ, २४ मंसिर । नेपाल राष्ट्र बैंकका सञ्चालक बालकृष्ण (बिके) मान सिंह निलम्वनमा परेका छन् । मंगलबार उनीमाथि परेको रिटमा सर्बोच्च अदालका प्रधान न्यायाधिश शुशिला कार्की र न्यायाधिस प्रकाशमान सिंह राउतको संयुक्त इजलाजसले अन्तरमी आदेश जारी गरी सिंहलाई काम नगर्न नगराउन भनेको हो । नेपाल राष्ट्र बैंकको सञ्चालक हुन उनको योग्यता नपुगेको भन्दै अधिबक्ता शम्भु दुवाडीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । राष्ट्र बैंक ऐनमा सञ्चालक हुनको लागि अर्थशास्त्र, बाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन लगायत विषयमा स्नातकोत्तर हुनुपर्ने छ ।  सञ्चालक सिंह चार्टर्ड एकाउन्टेन हुन् ।