राधी विद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा सुनिता निरौला
काठमाडौं । राधी विद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा सुनिता निरौला नियुक्त भएकी छिन् । बिहीबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले निरौलालाई उक्त पदमा नियुक्ति गरेको हो । निरौलाले आजै(शुक्रबार)देखी आफ्नो पदको कार्यभार सम्हाल्नेछिन् ।
गुराँस लाइफ इन्स्योरेन्स ११ वर्षमा प्रवेश, ७० शाखाबाट १३ प्रकारका जीवन योजना बेच्दै
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १० वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको छ । ‘गुराँस लाइफसँग सुरक्षीत हाम्रो जिन्दगी’ भन्ने नाराका साथ सेवा सञ्चालन गर्दै आएको यस कम्पनीले वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जेठ १७ गते केन्द्रिय कार्यालय तीनुकुने काठमाडौं, क्षेत्रीय कार्यालय विर्तामोड, क्षेत्रीय कार्यालय बुटवल, शाखा कार्यालय धरानमा गरेको रक्तदान कार्यक्रममा २३१ जनाले रक्तदान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले जानकारी दिए । कम्पनीले १८ गते क्षेत्रीय कार्यालय बीरगंज र उपशाखा कार्यालय इटहरीमा रक्तदान कार्यक्रम गर्ने यस वर्ष नेपाल भरि प्रत्येक महिना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको जनाएको छ । यस १० वर्षको अवधिमा नेपालराज्यभरि १८ हजार प्रशिक्षित अभिकर्ता र ७० वटा कार्यालयहरु मार्फत बालबालिकाको लागि शिक्षा योजना, सावधिक, आजीवन र पेन्सन सहितको बीमा योजना तथा वार्षिक नगद फिर्ता योजना समेटिएको विभिन्न १३ वटा जीवन बीमा योजना ल्याएको छ । हालसम्म बोनस दर रु. ७६ सम्म दिइएको यस कम्पनीका दावी भुक्तानी प्रक्रिया छिटो, छरितो एवं सरल रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
रैराङ हाइड्रोपावरको सेयर रजिष्ट्रेशनको काम भिवोर क्यापिटलले गर्ने
काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रेशनको काम भिवोर क्यापिटल लिमिटेडले गर्ने भएकाे छ। उक्त कार्यकाे लागि बिहीबार(आज) कम्पनीका कार्यकारी संचालन गुरुप्रसाद न्यौपाने र भिवोर क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बद्रीबिक्रम थापाले हस्ताक्षर गरेका छन् । यस पश्चात हाइड्रोको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु भिवोर क्यापिटलले गर्ने भएको छ । क्यापिटलले असार १ गतेदेखि रैराङ हाइड्रोको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्ने कम्पनीले जनाएको छ ।