काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कामका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौता दुवै संस्थाबीच सम्पन्न भएको हो । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र तथा सेयरधनीसम्बन्धी अभिलेख व्यवस्थापन, सेयरको अभौतिकीकरण, सेयर प्रमाणपत्र वितरण, नामसारीलगायतका कामका लागि सिटिजन्स क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले २०८३ असोज २ गतेदेखि शिव श्री हाइड्रोपावरको सेयर रजिष्ट्रारका रूपमा सेवा प्रदान गर्नेछ ।
कम्पनीका सेयरधनीलाई सेयर रजिष्ट्रारसम्बन्धी आवश्यक सेवा, अभिलेख व्यवस्थापन तथा सेयर कारोबारसँग सम्बन्धित काममा आवश्यक सहजीकरण र सेवा उपलब्ध गराइने सिटिजन्स क्यापिटलले जनाएको छ ।
सिटिजन्स क्यापिटलले अनुभवी जनशक्ति तथा व्यावसायिक दक्षतामार्फत शिव श्री हाइड्रोपावरका सेयरधनीलाई प्रभावकारी, व्यवस्थित र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
यस सहकार्यबाट कम्पनीका सेयरधनीलाई सेयरसम्बन्धी सेवा थप सहज र व्यवस्थित हुने तथा दुवै संस्थाबीचको व्यावसायिक सहकार्य थप मजबुत हुने विश्वास लिइएको छ ।