कपडा सिलाउँदै पढेर पनि डाक्टर, दुःखले पढ्दा पनि एमबिबिएस टप

फाइल फाेटाे काठमाडौं । परिवारको नाममाा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो । त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र विदाको समय सिलाईमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो । जति नै दुःख गरे पनि लेटाङ मोरङ्का सुजितकुमार दर्नालको पढाईको भोक घटेन, बरु बढ्यो । त्यही भोकले विपन्न दलित परिवारमाा जन्मिएका उनी डाक्टर बने । त्रिविअन्र्तगत एक हजारभन्दा बढी डाक्टर विद्यार्थीलाई उछिन्दै उनी ८०. ८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए । नेपालमै सबैभन्दा महंगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्नवर्गीय परिवारमा जन्मिएको व्यक्तिको लागि कल्पनाभन्दा बाहिरको विषय थियो । डाक्टर बन्ने सोच त सोचेकै थिइन् । महेनतमात्रै गरे । सुजितले भने । समयले बाटो देखायो र डाक्टर बने । नागरिक दैनिकबाट ।

शैक्षिक परामर्श दिँदै द जेन्युइन एजुकेसन सर्भिस

काठमाडौं । पछिल्लो समय नेपाली विधार्थीहरुको आकर्षण अष्ट्रेलिया बनेको छ । अध्ययनसँगै काम र दाम पनि हुने हुँदा अष्टेलिया नेपाली विद्यार्थीकाे  पहिलो रोजाई बनेको हो । नेपाली विद्यार्थीकाे हरुको यही चाहनालाई सम्बोधन गर्दै विद्यार्थीहरुलाई अष्ट्रेलिया अध्ययनका लागि उपयुक्त शैक्षिक परामर्श उपलब्ध गराउने हेतुले काठमाडौंको सोह्रखुट्टे, लिंकरोडमा ‘द जेन्युइन एजुकेसन सर्भिस’ ले आफ्नो सेवा शुरु गरेको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि उचित परामर्श प्रदान गर्ने तथा उपयुक्त विश्वविद्याको छनौटमा सघाउने द जेन्युइन एजुकेसन सर्भिस’ का निर्देशक सनीरकुमार महर्जनले बताए । महर्जन आफैं करीब एक दशकदेखि अष्टे«लियामा रहेर अध्ययन तथा व्यवसायलाई अघि बढाइरहेका छन् । ‘अष्ट्रेलियामा रहेर हासिल गरेको अनुभव, सम्पर्क र ज्ञानलाई नेपालबाट अष्ट्रेलिया गएर अध्ययन गर्न चाहने विद्यार्थीकाे हितमा सघाउ पुर्याउने उद्देश्यले हामी अघि बढेका छौं,’ महर्जनले भने । महर्जनले द जेन्युइन एजुकेसन सर्भिस’मा आउने विद्यार्थीकाे अष्ट्रेलियाको जुनसुकै स्थानमा, जुनसुकै विषय तथा जुनसुकै विश्वविधालयमा अध्ययनका लागि बिना झञ्झट उचित र आवशयक परामर्श मात्र दिने बताए । ‘हामी विद्यार्थीकाे समय तथा पैसालाई बर्बाद नहुने गरि आवश्यक र उचित परामर्शमात्र दिन्छौं’, महर्जनले भने । द जेन्युइन एजुकेसन सर्भिस’ले विधार्थीको सहयोगका लागि आवश्यक डकुमेन्टसनमा सघाउने पनि उनले बताए । हाल परामर्श सेवामात्र शुरु गरेको भएपनि निकट भविष्यमै विद्यार्थीकाे लागि आइएलटीएसलगायतका कक्षाहरु पनि शुरु गर्ने तयारीमा रहेको पनि महर्जनले बताए ।

भूकम्प प्रभावित १०० जना विद्यार्थीलाई ब्रिजवाटर कलेजमार्फत शैक्षिक छात्रवृत्ति दिन समझदारी

काठमाडौं । नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका माध्यमिक तहको परिक्षामा सहभागी भएका विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्ने अवसर आएको छ । ब्रिजवाटर इन्टरनेशनल कलेज मार्फत १०० जना विद्यार्थीलाई छात्रावृत्ति दिने विषयमा कलेज, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २, लायन्स एण्ड लियो क्लब अफ काठमाडौं, कैलाश तथा टेक्नो कजेट नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी पत्र अनुसार कमजोर आर्थिक अवस्था भएका तथा पिछडिएका ग्रामीण क्षेत्रका विद्यार्थीहरु जो ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रबाट आएका छन्, उनीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ । यो समझदारी कोषको लागि नभए पनि अति पिछडिएका तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थहरुका लागि आवश्यक पर्ने रकम उठाउन सहकार्य गरिने प्रतिबद्धता हो । यो आवश्यकतामा आधारित छात्रवृत्ति कार्यक्रम एसईई सहभागी भएका विद्यार्थीहरुको लागि हो जसलाई वित्तिय सहयोग निकै आवश्यक रहेको देखिएको छ, ब्रिजवाटर इन्टरनेशनल कलेजका प्रिन्सिपल श्री संदिप खनालले भने । ‘क्रिएटिङ न्यू डाइमेन्सन टू एजुकेशन’ भन्ने मुल नाराका साथ ब्रिजवाटर इन्टरनेशनल कलेज आफूले चाहेको क्षेत्रमा भविश्य कोर्न सहयोग पुर्याउने माध्यमको रुपमा रहेको छ । यो छात्रवृत्ति १०० जना अति पिडछिएका तथा कमजोर आर्थिक अवस्था भएका नेपाली विद्यार्थीहरुका लागि अवसरको रुपमा आएको छ जसले प्रति विद्यार्थी ५० हजार रुपैयाँ प्राप्त गर्ने बताईएको छ ।