सीसीएमसीको निर्देशन विपरित परीक्षा लिँदै विद्यालय, प्याब्सन भन्छ- निर्देशन पालना नभए कारवाही
काठमाडौं। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आईतबार बसेको बैठकले विश्वविद्यालय, क्याम्पस र विद्यालयका सबै किसिमका परीक्षा स्थगित गर्न सरकार समक्ष सिफारिस गरेको छ । बैठकले कोरोनाभाइरस संक्रमणको जोखिम बढेकोले बैशाख १३ गते सोमबारदेखि नै सबै प्रकारका परीक्षा स्थगित गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सीसीएमसीको सिफारिस विपरित केही निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) तथा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन) मा आवद्ध केही विद्यालयले भने परीक्षा सञ्चालन गरिरहेका छन् । सरकारको निर्देशनको वेवास्ता गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा सञ्चालन भएका अधिकांश विद्यालयले परीक्षालाई निरन्तरता दिईरहेका छन् । धेरै विद्यालयले आईतबारदेखि परीक्षा सुरु भएको भन्दै परीक्षालाई निरन्तरता दिने निर्णय गरेको पाइएको छ । ‘सरकारले पुनः लकडाउन गर्ने तयारी गरेको छ भन्ने सुनिएको छ । आईतबारदेखि परीक्षा सुरु भएको छ । लकडाउन भएपछि के हो के, हुनभन्दा अगाडी परीक्षा सक्ने तयारी भएको छ । स्वास्थ्य सुरक्षा अपनाउँदै परीक्षा सञ्चालन भइरहेको छ’, एक विद्यालय सञ्चालक भन्छन । सरकारको निर्देशन विपरित परीक्षा सञ्चालन भएको विषयमा विकासन्युजले जिज्ञाशा राख्द प्याब्सनका अध्यक्ष टीकाराम पुरी सरकारको निर्णय पालना हुने बताउँछन् । उनले प्याब्सनले सबै विद्यालयलाई भौतिक उपस्थितिमा हुने सबै परीक्षा स्थगीत गरेर बैकल्पीक विधि अपनाउन निर्देशन दिसकेको भन्दै निर्देशनको पालना नगर्ने विद्यालयलाई कारवाही हुने बताउँछन् । ‘हामीले सरकारको निर्णय र निर्देशनको पालना गर्ने हो । सरकारको निर्णयको पालना नगरी आफूखुशी विद्यालय खोलेर परीक्षा सञ्चालन गर्ने विद्यालय कारवाहीको भागीदार हुन्छ’, उनले भने, ‘स्थानीय सरकारले सरकारको निर्णयको पालना नगरी विद्यालय सञ्चालन गर्ने विद्यालयलाई कानुनी दायरामा ल्याउनुपर्छ, हामीले कारवाही गर्न मिल्दैन ।’ यस्तै, एनप्याब्सनका अध्यक्ष रितुराज सापकोटा सबै विद्यालयलाई परीक्षा स्थगित गरी वैकल्पिक विधिबाट परीक्षा लिन निर्देशन दिईएको बताउँछन् । ‘हामीले सबै विद्यालयलाई अनलाइन मार्फत पठनपाठन गर्न तथा परीक्षा सञ्चालन गर्न निर्देशन दिएका छौँ । आईतबार साँझ ढिलो निर्णय आउनाले केही विद्यालयले आज परीक्षा लिएका छन । भोलीबाट भौतिक उपस्थितिमा हुने सबै परीक्षा स्थगित गरी अनलाईन मार्फत सञ्चालन हुन्छ’, उनले भने ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: ११० विद्यालयमा छानिए, छ अर्ब विनियाेजन
गलकोट । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङका १ सय १० सामुदायिक विद्यालय छानिएका छन् । जिल्लामा रहेका १० स्थानीय तहका ती विद्यालयलाई विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको छ । सरकारले सामुदायिक विद्यालयको स्तरोन्नति गर्न पहिलो पटक यो कार्यक्रम ल्याएको जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लाको ती विद्यालय सहित देशभरका सात हजार २ सय ७८ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समेटेर बजेट विनियोजन गरेको जनाएको छ । मन्त्रालयले यही चैत्र १९ गते गरेको निर्णय अनुसार जिल्लाको बागलुङ नगरपालिकामा १९ , गलकोट नगरपालिकामा ८ , जैमिनी नगपालिकामा ९ , ढोरपाटन नगरपालिकामा ८, काठेखोला गाउँपालिकामा १० , ताराखोला गाउँपालिकाम ९ , बरेङ गाउँपालिकामा ३ , बडिगाड गाउँपालिकामा २९ , निसीखोला गाउँपालिकामा ५ र तमानखोला गाउँपालिकामा १० विद्यालय छनोट गरिएको शिक्षा विभागले जनाएको छ । कार्यक्रम अन्तर्गत सबै भन्दा बढी २९ वटा बडिगाडमा र सबै भन्दा कम ३ विद्यालय बरेङमा छनोटमा परेको सांसद मन कुमारी केसीले जानकारी दिइन् । सो केन्द्रको सो कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनौट गरी मापदण्ड समेत सार्वजनिक गरिएको हो । छनौट भएका विद्यालयमा शैक्षिक सुधारका कार्यक्रम सम्बन्धित स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने जनाइएको छ । विभागका अनुसार कार्यक्रमका लागि संघीय सरकारले सम्बन्धित स्थानीय तहमा छिट्टै बजेट निकासा गर्नेछ । मन्त्रालयको गत चैत १९ गतेको निर्णय अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम अनुसार मुलुकका सात हजार २ सय ७८ सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम छानिएको जनाइएको छ । सरकारले पाँच अर्ब छ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश सदस्य थानेन्द्र गौतमले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सुरु हुनु शिक्षा क्षेत्रका लागि खुशीको खबर रहेको बताए । उनले विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारका लागि महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । ‘यो नयाँ कार्यक्रम हो कार्यान्वयन हुनै बाँकी छ, तर शिक्षा क्षेत्रको विकासका लागि बजेट बिनियोजन हुँदा केही राहतको अनुभुति भएको छ’ उनले भने ‘कार्यक्रमले निरन्तरता पाए सामुदायिक विद्यालयमा केही सुधार हुनेछ भने हामी जस्ता संगठनले उठाउँदै आएको प्रविधिमैत्री शिक्षाले सार्थकता पाउनेछ ।’ उहाँले विद्यालयद्वारा माग भए अनुसार कार्यक्रम र बजेट नआए पनि कार्यक्रमले निरन्तरता पाउन सक्नुपर्ने बताउनुभयो । कार्यक्रम अन्तर्गत छनौट भएका विद्यालयको भौतक पूर्वाधार विकास, हिमाली तथा उच्च पहाडी क्षेत्रमा आवासीय सुविधा सहित अति विपन्न, अभिभावक विहिन, विपद् प्रभावित, दुर्गम स्थान र अपाङ्गता भएका विद्यालय सञ्चालनको विषय समेटिएको थियो । यस्तै, शैक्षिक संस्थामा यातायातका साधनको व्यवस्थापन गर्न अनुदान, सुविधाजनक कक्षा कोठा निर्माण, स्वच्छ खानेपानी, प्रर्याप्त पानी सहित शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षण–सिकाइ तथा विभिन्न प्राविधिक विषयहरु पनि कार्यक्रममा राखिएको छ । कार्यक्रममा दुई कोठे भवन निर्माण गर्न १८ लाख, खानेपानी सहितको शौचालय निर्माण गर्न ७ लाख, कम्युटर प्रयोगशाला स्थापना गर्न ६ लाख ५० हजार, पुस्ताकालय र विज्ञान प्रयोशाला स्थापना गर्न ६ लाख ५० हजार, शिक्षामा नविन प्रविधिको प्रयोग गर्न ६ लाख ५० हजार, शिकाई सामाग्री तथा उपलव्धी अभिवृद्धि गर्न, विशेष विद्यालयमा १० लाख र भौतिक पूर्वाधार तथा पाँच लाख देखि दुई लाख ५० हजार सम्म बजेट विनियोजन गरेको छ । रासस
विद्यार्थीको नोबेल पुरस्कार हल्ट प्राइजको ‘इम्प्याक्ट समिट’ भोलिदेखि हुने
काठमाडौं । विद्यार्थीहरूको नोबेल पुरस्कारका रुपमा परिचित हल्ट प्राइजको ‘इम्प्याक्ट समिट’ वैशाख १० गतेदेखि हुने भएको छ । हल्ट प्राइजको इम्प्याक्ट समिट अप्रिल २३ देखि २५ सम्म (२०७८ वैशाख १०देखि १२ सम्म) आयोजना हुन लागेको हो । दुई दिनसम्म चल्ने यो कार्यक्रममा‘फुड फर गुड’थिममा आधारित रहेर व्यावसायिक विचारको प्रतिस्पर्धा हुनेछ । हल्ट प्राइजका कम्युनिटी बिल्डर सुसन डंगोलका अनुसार हरेक वर्ष हल्ट प्राइज फाउण्डेसनले हल्ट इन्टरनेशनल विजनेश स्कुल, क्लिन्टन ग्लोबल इनिसिएटिभ, संयुक्त राष्ट्रसंघ र एजुकेशन फस्र्टसँगको सहकार्यमाकार्यक्रमआयोजनागरिन्छ । कार्यक्रममा दिगो विकासको लक्ष्यलाई दृष्टिगत गर्दै विद्यार्थीमा ‘सोसल च्यालेन्जथिन्किङ’बारे प्रस्ट्याई एउटा विषय घोषणा गरिने आयोजकले जानकारी दिएको छ । जसमा रहेर विद्यार्थीहरुले आफ्नो व्यवसायको रुप देखाई १ मिलियन डलरको लागि प्रस्तुतिदिने गर्छन् । हल्ट प्राइजचार वटा चरण पुरा गरी सम्पन्न हुनेछ । कार्यक्रम अन क्याम्पसबाट शुरुहुने डंगोलले बताए । जसमा स्नातकवा सोभन्दा माथि अध्यनरत विद्यार्थीहरूले तीनदेखि चार जनाको समूह बनाइ प्रतिस्पर्धा गर्छन् । हरेक अन क्याम्पसको विजेताले इम्प्याक्ट समिटमा प्रतिस्पर्धा गर्ने गर्छन् । जय किशन पञ्जियार कोर्डिनेटर, महिमा पाण्डे स्पोन्सरशीपकोर्डिनेटर, कृतिक रावल मिडिया म्यानेजर, दीपकशाह जडेज कोअर्डिनेटर, अनिलपोखरेल टिम कोर्डिनेटर, रोहितअधिकारी सोसेल मिडिया म्यानेजर, अञ्जिलविश्वकर्मा ग्राफिक्स एण्ड भिडियो कोर्डिनेटर र सुशील बुढाथोकी एडभाइजर रहेका छन्। जुन विश्वकाकरिब ५० वटा शहरमा हुने गर्छ । इम्प्याक्टको बिजेताले एसिलियटरमा प्रतिस्पर्धा गर्नेछन् । जुनदुई चरणमा हुन्छ। पहिलो एसिलिएटर भर्चुअलहुने गर्छ। अर्को विश्व प्रसिद्ध चलिचत्र ह्यारी पोटरको निर्देशन भएको महल एस्ड्रिज क्यासलमा हुन्छ । हल्ट प्राइजको एसिलिएटरलाई विश्वकै उत्कृष्ट एसिलिएटर तथाइन्क्युबेसनको रुपमालिने गरिन्छ। एसिलियटरबाट उत्कृष्ट ६ टिमको छनोट हुने गर्छ । जो संयुक्त राष्ट्र संघको मुख्यालयन्यूयोर्कमाहुने फाइनलमाप्रतिस्पर्धा गर्ने गर्छन् । फाइनलमा विजेता हुने एक टिमले आफ्नो व्यवसायको स्तरबृद्धिको १ मिलियन अमेरिकी डलर बराबरको फन्डिङ प्राप्त गर्छन् । संसारकै सबैभन्दा ठूलो सामाजिक उद्यमशीलताको यस कार्यक्रममा विश्वका १ सय २१ भन्दा बढी मुलुकहरूबाट तीन हजार भन्दा बढी विश्व विद्यालयका विद्यार्थीहरूको सहभागिता हुने गर्छ । यसबाहेक हल्ट प्राइजले विद्यार्थीहरूलाई उद्यमशीलता, नेतृत्वविकास लगायतविभिन्नविषयमानिःशुल्कतालिमतथा प्रशिक्षण पनिप्रदानगर्दै आएको छ। र, साथै उदाउँदै गरेको व्यवसायीहरूलाई लगानिकर्तासँग तालमेल गराइदिने गरेको छ । नेपालमा हल्ट प्राइजको इतिहास पाँचवर्ष पुरानो रहेको छ। सन् २०१६ माइन्जिनिरिङ अध्ययन संस्थानपुल्चोक क्याम्पसले (आइओई) र काठमाडौं विश्व विद्यालयले भित्र्याएका थिए। यस वर्षको काठमाडौं इम्प्याक्ट समिट ललितपुर स्तिथ एआईटीएम कलेजमा हुनेछ । जसमा देशभरिबाट करिब ९० वटा अन्क्याम्पसकाविजेतासमूहले प्रतिसपर्धा गर्नेछन्। इम्प्याक्टको विजेता टोली लण्डनमा एसिलिएटर राउडमा छनोट हुनेछन् । यसपालिको इम्प्याक्ट समिटको नेतृत्व हल्ट प्राइज नेपालका कम्यूनिटी बिल्डर सुसन डंगोलले गर्दैछन्। हल्ट प्राइज नेपालमापहिलो पटक आयोजनाहुनलागेको भएपनि नेपाली विद्यार्थीहरुले यो कार्यक्रममा विगत पाँचवर्षदेखि सहभागिता जनाउँदै आएका छन् ।