भोजपुर क्यापसमा इसेवाले गर्यो सहयोग

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले भोजपुर बहुमुखि क्याम्पसमा सहयोग गरेको छ । इसेवा मनी ट्रान्स्फरले भोजपुरको भोजपुर बहुमुखि क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको हो । शुक्रबार कम्पनीले डिजिटल साक्षरताका इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले संस्थाका अध्यक्ष प्रमेश केसी साथै महा सचिव संकेत कोईरालालाई सिजि ६५ एइ फोके एन्रोइड टिभि र स्टेशनरी सामानहरू हस्तान्तरण गरेका हुन् । यसका साथै कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केएर्सलाई शनिबार आयोजित ओरेन्ज भ्इवान्स र्चोडर्स फर कज २०२३ कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ । लक्ष्मी केयर्स ग्रीन इनिटिएटिभ, गर्ल एजुकेसन र फाइनानसियल लिटरेसी क्षेत्रमा सक्रिय रहेको छ । स्थापनाको छोटो समयमै तिब्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएकाे छ ।

क्षितिज प्राइमरी स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न

काठमाडौं । काठमाडौंको लामपाटी, कलंकीमा सञ्चालनमा रहेको क्षितिज प्राइमरी स्कुलले सातौं वार्षिक अभिभावक दिवस सम्पन्न गरेको छ । आज काठमाडौंमा एक समारोहको आयोजना गर्दै स्कुलले अभिभावक दिवससँगै नयाँ विद्यार्थीलाई स्वागत र कक्षा तीनमा उत्तिर्ण भएका विद्यार्थीलाई विदाई गरेको छ । कार्यक्रममा बोल्दै स्कुलकी प्रिन्सिपल रमिला श्रेष्ठले ‘शिक्षा भनेको विश्वमा परिवर्तनका लागि सबैभन्दा शक्तिशाली हतियार भएको’ र आफ्नो स्कुलले राम्रो संस्कार सहितको शिक्षा दिन प्रयास गरिरहेको बताइन् । उनले एउटा बच्चालाई पूर्ण बनाउन उसको ‘होलिस्टिक’ विकासको लागि काम गरिरहेको बताइन् । प्रिन्सिपल श्रेष्ठका अनुसार यस वर्षबाट प्रभावकारी अध्ययनको लागि स्कुलले भिजुअल क्लासको पनि शुरु गरेको छ । उनले अभिभावकहरुले दिनमा एक घण्टा बच्चाहरुलाई राम्रो समय उपलब्ध गराउन आवश्यक रहेको समेत बताइन् । विद्यार्थीले राष्ट्रिय गान गाएर शुरु भएको कार्यक्रमको प्रमुख अतिथि सानु अमात्यले पानसमा बत्ती बालेर उद्घाटन गरेकी थिइन् । कार्यक्रममा प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी, कक्षा एक, कक्षा दुई र कक्षा तीनका विद्यार्थीहरुले विभिन्न प्रकारका नाच तथा प्रदर्शनी गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, अभिभावक प्रतिनिधि र विद्यार्थी प्रतिनिधिले आफ्नो तर्फबाट मन्तव्य राखेका थिए भने स्कुलले विद्यार्थीहरुलाई विभिन्न किसिमका मेडल तथा प्रमाणपत्र वितरण गरेको थियो । नयाँ शैक्षिक सत्रसँगै स्कुलले प्ले ग्रुप, नर्सरी, कक्षा एक, दुई र तीनमा नयाँ भर्ना पनि खुलाएको छ । ७ वर्षदेखि सञ्चालन हुँदै आएको सो स्कुलमा कक्षा तीन सम्म मात्रै अध्ययन हुने गर्छ । पछिल्लो समयमा अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको स्कुलले जनाएको छ ।

विद्यालयले किताब बेच्न पाउँदैन, बेचे प्रिन्सिपललाई कारवाही गर्छौं : काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरिपालिकाले विद्यालय आफैले किताब र स्टेशनरी बेच्न नपाउने बताएको छ । आइतबार एक सूचना जारी गर्दै महानगरले यस्तो बताएको हो । महानगरले विद्यालयहरु आफैले पाठ्यपुस्तक तथा स्टेशनरी विक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीहरुलाई बाध्य नगराउने भन्ने व्यवस्था रहेको जनाएको छ । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधन सहित) मा यस्तो व्यवस्था रहेपनि विद्यालयहरुले अभिभावक र विद्यार्थीलाई तोकिएको ठाउँबाट किताब, स्टेशनरीर ड्रेस किनाउन लगाइरहेमा आपत्ती जनाएको छ । महानगरले यस्ता गुनासो नगर कार्यपालिकाको कार्यालय शिक्षा ‍विभागमा बारम्बार आउने गरेको हुँदा सम्बन्धित सबै विद्यालयहरुले अनिवार्य रुपमा निर्देशिका पालन गर्न अुनरोध गरेको छ ।