स्वास्थ्य बीमा अन्तर्गत शान्ती काउचाले पाइन् ३५ हजार रुपैयाँ

काठमाडौं । सनराइज बैंक लिमिटेडको ग्राहक शान्ती काउचाले स्वास्थ्य बीमा अन्तर्गत पाइन् ३५ हजार ०९४ रुपैयाँ बराबरको रकम पाएकी छिन् । कलंंकी शाखाकी ग्राहक काउचाले बैंकको “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत उपचार खर्च बमोजिम सो मात्राको रकम पाएकी हुन् । बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले काउचालाई उक्त रकम प्रदान गरेकी हुन् । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ । साथै, बैंकले नारायणगढ शाखाका ग्राहक विक्रम अधिकारीलाई उपचार खर्च ७६ हजार ८२७ रुपैयाँ तथा राधा श्रेष्ठलाई उपचार खर्च ४ हजार ०२२ रुपैयाँ र राजबिराज शाखाका ग्राहक रामअवतार यादवलाई ४२ हजार १११ रुपैयाँ बराबरको रकम प्रदान गरेको छ । बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।

एलआईसी नेपाललाई अन्तर्राष्ट्रिय अवार्ड, बेष्ट सर्भिस प्रोभाइडर बन्न सफल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरशन (एलआईसी नेपाल)ले अन्तर्राष्ट्रिय अवार्ड पाएको छ । कम्पनीले ‘इमर्जिङ्ग एसिया इन्स्योरेन्स अवार्ड, २०१८’ अन्तर्गत बेष्ट सर्भिस प्रोभाइडर इन लाईफ इन्स्योरेन्स अवार्ड, बेष्ट कस्टुमर ओरेन्टेसन इन लाइफ इन्स्योरेन्स अर्वाड र वेष्ट ग्रोथ इन लाइफ इन्स्योरेन्स अर्वाड पाउन सफल भएको हो । थाईलैण्डको बैङ्ककमा सम्पन्न उक्त कार्यक्रममा थाई इन्स्योरेन्स बोर्डका महासचिवले एलआईसी नेपालका का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारलाई उक्त अवार्ड प्रदान गरेका हुन् । जेठ १४ गते सम्पन्न भएको उक्त कार्यक्रममा एसिया महादेशका इन्स्योरेन्स कम्पनीहरुले भाग लिएका थिए । कार्यकममा का.मु. प्रमुख कार्यकारी अधिकृत दस्तिदारले नेपालको बीमा कम्पनीले यो अवार्ड तथा सम्मान पाउनु नेपालको बीमा उद्योगको लागि नै सम्मान र प्रतिष्ठाको विषय भएको बताएका छन् ।

७० वर्ष नाघेका सबै नेपालीकाे स्वास्थ्य बीमा, १ लाखसम्मकाे बीमा शुल्क सरकारले बेहाेर्ने

काठमाडाैं । सरकारले ७० वर्ष उमेर नाघेका सबै नेपालीकाे स्वास्थ्य बीमा गरिदिने भएकाे छ । १ लाख रूपैयाँसम्मकाे उपचार खर्चमा लाग्ने सबै खर्च बीमाबाट गरिने भएकाे छ । एक लाख रूपैयाँसम्मकाे बीमाका लागि सबै बीमा शुल्क सरकारले बेहाेर्ने भएकाे छ । संसदमा बजेट पेस गर्दै अर्थमन्त्रीले साे घाेषणा गरेका हुन् । सरकारले कृषि  तथा बालीकाे बीमाकाे ७५ प्रतिशत अनुदानलार्इ  निरन्तरता दिएकाे छ ।