सानिमा लाईफले ल्यायो “शुभलक्ष्मी जीवन बीमा योजना”

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले “शुभलक्ष्मी(सावधिक) जीवन बीमा योजना” ल्याएको छ । यस योजनामा बीमा गर्दा कम्पनीको मुनाफामा भाग लिन पाइने र परिस्थिति अनुसार बीमा रकमको तीन गुणा सम्म बीमा सुविधा पाईने छ । यो योजना मध्यम तथा निम्न स्तरीय जन समुदायलाई लक्षित गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । सरल बीमा शुल्कमा १० लाख रुपैयाँसम्मको बीमा गर्न पाईने आकर्षक बीमा सुबिधा भएको नविनतम बीमा योजना भएकोले जीवन बीमाको क्षेत्रमा उत्कृष्ट सावित हुने कम्पनीकाे  विश्वास छ ।

अब सिभिल बैंकबाटै यूनियन लाईफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले यूनियन नेपाल लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र यूनियन नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । अब यूनियन नेपाल लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवा सिभिल बैंकका जुनसुकै शाखाबाट पाइने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

नेशनल लाईफको हकप्रद सेयर लिलामीमा, कात्तिक २८ गते अन्तिम दिन

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिक्री नभएको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीको २ लाख ७८ हजार ११९ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । हकप्रद सेयर लिलामीका लागि बोलपत्र पेश कात्तिक १५ देखि सुरु भई २८ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । बोलपत्रदाताले न्युनतम १०० कित्ता हकप्रदका लागि प्रस्ताव पेश गर्नुपर्ने छ ।