नेपाल बीमा प्राधिकरणको सञ्चालकमा सुमन दाहाल नियुक्त
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा डा. सुमन दाहाल नियुक्त भएका छन् । अर्थ मन्त्रालयका सहसचिव दाहाललाई मन्त्रालयले प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो । प्राधिकरणको सञ्चालक समितिमा अध्यक्षसँगै अर्थमन्त्रालयको सहसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिव, जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिमध्येबाट एक जना र निर्जीवन बीमा व्यवसायमा ज्ञान भएका मध्येबाट एक जना गरी कुल पाँच जनाको सञ्चालक समिति गठन हुने व्यवस्था छ। तर प्राधिकरणको सञ्चालक समितिमा पनि सरकारी अधिकारीकै रजगज छ । बीमा ऐनअनुसार सञ्चालक समितिमा महिला सदस्य अनिवार्य छ । यसअघि महिला सदस्य राधा पोखरेलले राजीनामा दिएपछि सो पद खाली हुँदै आएको छ ।
सन नेपालको नाफा सामान्य बढ्यो, महाविपत्ति कोषमा २३ करोड ६१ लाख
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासमा खुद नाफा सामान्य रूपमा बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमासमा २८ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले २२ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.११ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.१२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, कम्पनीले दोस्रो त्रैमाससम्ममा २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३.६४ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा २३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २० करोड ४६ लाख रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा ८४ करोड ८५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ५४ करोड ८५ लाख रुपैयाँ थियो भने सोभन्दा अघिल्लो वर्ष १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । कम्पनीको अन्य इक्विटी २९ करोड २० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको अन्य इक्विटी ३० करोड ४९ लाख रुपैयाँ थियो । ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ सेयरपुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.३० रुपैयाँ रहेको छ । कम्पनीको पीई रेसियो ४१.९५ गुणा र प्रतिशेयर नेटवर्थ १४७.२८ रुपैयाँ रहेको छ ।
सूर्यज्योति लाइफको खुद बीमा शुल्क आर्जन १४ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार ६ महिनामा कम्पनीले ५ अर्ब ७१ करोड २ लाख लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४ दशमलव ६२ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमासमा कम्पनीको नाफा २० करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीले १९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २.९० प्रतिशतले बढेको छ । ६ महिनामा कम्पनीले ५ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.४९ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५ अर्ब ६ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, दोस्रो त्रैमाससम्ममा कम्पनीको महाविपत्ति कोषमा ४४ करोड २ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ४२ करोड रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा ४५ करोड २९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ९२ करोड ३६ लाख रुपैयाँ थियो । यसैगरी, समीक्षा अवधिका कम्पनीको अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको अन्य इक्विटीमा ३१ करोड ८४ लाख रुपैयाँ थियो । ६ महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४६ अर्ब १७ करोड १० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ थियो । ५ अर्ब १ करोड रुपैयाँ सेयर पूँजी रहेको कम्पनीको सेयरपुँजी वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ०६ पैसा, पीई रेसियो ५५.६९ गुणा, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा रहेको छ रहेको छ ।