आईएमई लाइफ इन्स्योरेन्सले गर्यो वृक्षारोपण

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा इन्स्योरेन्सले देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न ७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । जस अन्तर्गत २७ गते आईतबार देखि १ गते शनिबार सम्म वृक्षारोपण कार्यक्रम, बीमा साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण कार्यक्रम, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, सेनिटरी प्याड मसिन हस्तान्तरण, प्रभातफेरी कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ । आईतबार कम्पनीले पोखरा महानगरपालिका स्थित ग्रीन पार्क,  कञ्चनपुर जिल्ला, शुक्लाफाटस्थित बृन्दाबन सामुदायिक वन, सल्यान जिल्ला छाँपडाडा तथा बाँके जिल्ला स्थित सितल छायासामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

सूर्यज्योति लाइफको नाफामा १४६ प्रतिशत छलाङ, १० अर्ब गर्याे दाबी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १४६ प्रतिशत बढेर ३९ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म कम्पनीको खुद बीमाशुल्क २७.४६ प्रतिशत बढेर ९ अर्ब १० करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब १४ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३६.६३ प्रतिशत बढेर १० अर्ब १ करोड ७२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी १०.२६ प्रतिशत बढेर ५ अर्ब १ करोड १९ लाख रुपैयाँ, जीवन बीमा कोष २३.२२ प्रतिशत बढेर ३३ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ, महाविपत्ति कोष ३४ करोड ६८ लाख रुपैयाँ, रिटन्ड अर्निङ्ग ५६ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीले १० लाख ९ हजार ७२ वटा बीमलेख जारी गरेको छ । कम्पनीको दीर्घकालिन लगानी ३२ अर्ब ३ करोड ९४ लाख रुपैयाँ र सर्टटम लगानी २ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ गरेको छ ।

आईजीआई प्रुडेन्सियलको नाफामा १५६.६७ प्रतिशत उछाल, ईपीएस २०.२१ रुपैयाँ

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष १५६.६७ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म कम्पनीको खुद बीमाशुल्क ९०.५६ प्रतिशत बढेर १ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७४ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद दाबी भुक्तानी ६४.१२ प्रतिशत बढेर ७४ करोड ८१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ५८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानी ८९.६३ प्रतिशत बढेर २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँ र कुल खर्च ६४.४३ प्रतिशत बढेर १ अर्ब ४९ करोड ९ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ, विशेष जगेडा कोष २७.२४ प्रतिशत बढेर १ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ, महाविपत्ती कोष २९.४२ प्रतिशत बढेर ८ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटी १४.२२ प्रतिशत बढेर ५० करोड ३३ लाख रुपैयाँ रहेको छ । नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी (ईपीएस)१२.३३ रुपैयाँ बढेर २०.२१ रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १८७.७० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६१ गुणा रहेको छ । गत वर्ष कम्पनीले २ लाख ३२ हजार ५२३ वटा बीमालेख बिक्री गरेको छ भने ५१ हजार ७३२ वटा बीमालेख नवीकरण भएको जनाएको छ । गत असारसम्म कम्पनीले १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ दीर्घकालिन लगानी र ४ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ सर्टटर्म लगानी गरेको छ ।