प्रतिस्पर्धीभन्दा कमजोर छैन, विश्वस्त छु- म विजयी हुन्छुः भरत आचार्यसँगको कुराकानी
यतिखेर मंसिर ११ देखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा र निर्वाचनले नेपाली उद्योग व्यवसाय क्षेत्रमा निकै रौनक छाएको छ । महासंघको नयाँ कार्यसमितिमा आफ्नो बलियो उपस्थिती जनाउनको लागि उम्मेदवारहरु यतिखेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । महासंघको कार्यकारिणी सदस्यमा एशोसिएटतर्फ भरतराज आचार्यले पनि उम्मेदवारी दिनु भएको छ । टीएनएस ग्रुपमा अध्यक्ष आचार्यले फर्माप्याक प्रा.लिबाट उम्मेदवारी दिनु भएको छ । आचार्यसँग हामीले उहाँका चुनावी एजेण्डा र महासंघको चुनावी रौनकका बारेमा कुराकानी गरेका छौं । प्रस्तुत छ उक्त कुराकानीको अंश । महासंघमा एसोसिएटतर्फबाट तपाईले सदस्यमा उम्मेदवारी दिनु भएको छ । तपाईका चुनावी एजेण्डा के-के हुन् ? अहिले उद्योगी व्यवसायीहरु कोरोना भाइरसको संकटमा छन् । आशिंक रुपमा उद्योग व्यवसायहरु सञ्चालन भइहरेको भएपनि खासै राम्रो प्रतिफल दिइरहेको अवस्था छैन । अहिले स्थिती एकदमै गाह्रो छ । हाम्रो उपभोगमुखी अर्थतन्त्र हो । हाम्रा जति उद्योग प्रतिष्ठान छन् ति उद्योग प्रतिष्ठानलाई कसरी पुनरजागरण गर्ने भन्ने कूरा महत्वपूर्ण हो । यसको पुनरुत्थान हाम्रो प्रमुख विषय हो र हुनु पनि पर्छ । महासंघ निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था भएकाले हामीले व्यवसाय गर्दा आउने समस्यालाई कसरी नीतिगत रुपमा सुधार गर्न सकिन्छ भन्नेअर्को महत्वपूर्ण पक्ष हो । यी विभिन्न समस्याहरुलाई कसरी व्यवहारिक रुपमा सुधार गर्न सकिन्छ ? कसरी व्यवसायलाई लयमा फर्काउन सुकिन्छ भनने विषय पनि प्रमुख हो । यी विविधि विषयहरुलाई धयानमा राखेर हामी अगाििड बढ्छौं । अहिले वस्तुनिष्ठ र वर्तमान यर्थाथमा आधारित नीतिगत, व्यवहारिक र कार्यगत व्यवस्थाको आवश्यकता छ भनेर हामीले सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने हो । यो संस्थागत विषय हो । संस्थामा संस्थागत रुपमा सहभागी तथा संलग्न हुने हाम्रो एजेण्डा हो । अर्को, यो भन्दा अगाडि पनि म कार्यसमितिमा सदस्यको रुपमा थिएँ । रोजगारदाता परिषद्को उपसभापतिको जिम्मेवारीमा थिएँ । अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको रोजगारी गुम्ने र नयाँ रोजगार पनि सिर्जना नहुने हो कि भन्ने पनि हो । महासंघ रोजगारीको सबैभन्दा ठूलो संस्था पनि हो । हामी लामो समयदेखि काम गर्दै आएका श्रमिकहरुलाई हामी गुमाउन चाहन्नौं । तर, अहिले परिस्थिती त्यस्तो छैन । अहिले श्रमिक कटौतीको समस्या पनि आइहरेको छ । रोजगारी कटौती नगर्ने वातावरण सिर्जना गर्नको लागि राज्य स्तरमा हाम्रो एजेण्डालाई कसरी सार्थकता दिने भन्ने हाम्रो प्राथमिकताको विषय हो । अर्को यो समयमा औद्योगिक वातावरण खलबलिन सक्छ । उद्योगले कटौती गर्ने र श्रमिकले लामो समयदेखि काम गर्दै आएको हुनाले पनि वातावरण असहज बन्न सक्छ । खर्च कटौती दवावमा छ । निजी क्षेत्र पनि खर्च कटौतीको दवावमा छ । यसमा सरकार निजी क्षेत्र र श्रमिकहरुबिच त्रिपक्षिय रुपले कसरी सहज वातवारण बनाउन सकिन्छ भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुन्छ । मेरो ३÷४ वर्षको अनुभवलाई पनि सेयर गर्ने मेरो भूमीका हुन्छ । एजेण्डा सेट गर्ने काम अध्यक्ष र उपाध्यक्षले हुन्छ । तर उनीहरुले गरेको ऐजेण्डाहरुमा सक्रियता सहभागिता र आफ्नो योगदानका मैले सदस्यमा उम्मेदारी दिएको हो । मेरो व्यक्तिगत एजेण्डाहरु हुने त भएन तर हामी सबै मिलेर व्यवसायिक हितका लागि काम गर्छौं । अहिले कोरोना भाइरसको महामारी छ । तर, तपाइहरुले चुनावी प्रचारप्रसार बढाइरहनु भएको छ । समस्यामा परेका व्यवसायीहरुलाई राहत चाहिएको समयमा तपाईहरु भोट माग्न जानु कत्तिको उपयुक्त हो ? हामी सबै कोरोनाबाट ग्रसित भएको करिब १ वर्ष भइसकेको छ । यो लामो समयसम्म उद्योगी व्यवसायी मात्र होइन सबैलाई समस्या नै भयो । महासंघको चुनाव पनि धेरै लामो समयदेखि सार्दा सार्दै मंसिरमा आइपुगेका हौं । हाम्रो पनि आफ्नो बाध्यता थियो । किनकि संस्थागत जीवन पनि दिइरहनु पर्यो । सहमति हुन सकेको भए एकदमै राम्रो हुन्थ्यो । तर, यति ठूलो संस्था छ । यसमा प्रजातान्त्रिक प्रक्रिया हुनु स्वभाविक नै हो । यसमा अन्यथा लिनु पर्ने कूरा पनि भएन । अहिले विभिन्न उद्योगी वयवसायीहरुसँग प्रत्यक्ष भेटेर आफ्ना समस्या तथा धारणाहरु सेयर पनि गरिरहेका छौं । कतिपय उद्योग व्यवसायहरु चैतदेखि सञ्चालन नै हुन सकेका छैनन् । कतिपय आंशिक सञ्चालन भएका छन् भने धेरै त सञ्चालन पनि भएका छन् । कतिपय नयाँ उद्यमशिलता पनि विकास भएको छ । अहिले सबैसँग अन्र्तक्रिया पनि गरिरहेका छौं । यो एउटा सकरात्मक विषय पनि हो । समस्याहरु बुझ्ने अवसरकार रुपमा सिर्जना भएको छ । अर्को, निर्वाचन प्रक्रिया हो यसलाई पूरा गरेर नयाँ नेतृत्व सहित नयाँ तरिकाले अगाडि बढ्ने हाम्रो योजना छ । तपाइँले चन्द्र ढकाल पक्षबाट एसोसिएट सदस्यका रुपमा उम्मेदवारी दिनु भएको छ । ढकालमा के सवल पक्ष छ जसले तपाइँलाई उहाँकै प्यानलबाट उम्मेदवारी दिने उर्जा मिल्यो र प्रधानमा के कमजोरी छ र उहाँलाई रोज्नु भएन ? हामी सबैको पक्ष व्यवसायिक नै हो । हाम्रो राजनीतिक दल जस्तो पार्टी छैन । हामी सबैको एउटै उद्धेश्य छ । हामीले जुनसुकै पक्षको समर्थन गरेपनि हामी त्यहाँ गएर एउटै उद्धेश्यका लागि काम गर्ने हो । फरक टिमबाट जाने र फरक उद्धेश्य भन्ने छैन । प्रक्रिया मात्र फरक हो । फरक भनेको आइडियोलोजी मात्र हो । हामी समग्र व्यवसायिक हितका लागि काम गर्ने हो । ढकाल पक्षले ल्याउने पनि व्यवसायिक पक्षका एजेण्डा हुन् भने प्रधानले ल्याउने पनि व्यवसायिक हितका एजेण्डा हुन् । तर, मलाई ढकाल पक्षबाट चुनाव लड्न उपयुक्त लाग्यो म उहाँकै पक्षबाट लडेँ । तपाईका अन्य ३२ जना प्रतिष्पर्धी हुनुहुन्छ । तपाईँ अन्यभन्दा के फरक ? तपाईँलाई मतदाताले मतदान किन गर्ने ? जति म आफुलाई उत्कृष्ट मान्छु त्यति नै सबै जना उत्कृष्ट नै हुनुहुन्छ । किनभने उहाँहरु भन्दा म थप उत्कृष्ट छु जस्तो मलाई लाग्दैन । तर, म साथीहरुभन्दा कमजोर चाहिँ छैन । उत्कृष्ट सबै हुनुहुन्छ । तर, म पनि अरुभन्दा कमजोर छैन । यो भन्दा अगाडि २ वर्ष उद्योग संघको सभापति भएर काम गरिसकेको छु । अहिले रोजगारदाता परिसंघको उपसभापति भएर पनि काम गरिसकेको छु । मेरो अनुभव पनि यस क्षेत्रमा छ । संस्था भनेको संस्थागत अनुभव पनि लिएर जानु पर्ने हुन्छ । नयाँ साथीहरु आएर नयाँ आइडिया र भिजन सँगै लिएर जाने र पूराना साथीहरुका अनुभव लिएर अगाडि बढ्यो भने त्यो टीम उत्कृट हुन्छ भन्ने हो । मैले काम गरेको र मेरो योगदानको हिसावले मूल्याकंन गर्ने कूरा भयो अर्को सक्रियताको हिसावले पनि मूल्याकंन गर्ने कूरा भयो । तसर्थ मेरो बिचारमा सबै उत्कृष्ट हुनुहुन्छ सबै उत्कृष्टको बिचमा म पनि कमजोर उम्मेदवार होइन भन्ने जस्तो मलाई लाग्छ । अन्त्यमा, आफु विजयी हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? यो भन्दा अगाडि पनि म निर्वाचित नै भएर आएको हुँ । अझै पनि निर्वाचित हुने भएकोले हाम्रा मतदाता उनीहरु नै छन् । केही थप मतदाता भएपनि अधिकांश पूरानै हुन् । मेरो तीन वर्षे कार्यकाल सबै उद्योगी व्यवसायीको मुद्दा र विषयमा केन्द्रित रह्यो । आर्थिक विषयमा जुन भूमिका मेरो थियो । सबै साथीहरुले राम्रै भूमिका गर्नु भयो भन्नुहुन्छ । त्यसैले म अझै पनि विश्वस्त छु कि म जित्छु । मेरो काम गरेको आधारमा मलाई सबैले भोट दिन्छन् जस्तो मलाई लाग्छ ।
निर्वाचन र परिणामको औपचारिक घोषणा मात्र बाँकी हो, हाम्रो जीत सुनिश्चित छ-चन्द्रप्रसाद ढकाल
चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्षका प्रत्याशी, नेपाल उद्योग वाणिज्य महासंघ यसै साता हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले सबैको ध्यान आकर्षित गरेको छ । बरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानको नेतृत्वमा दुई वटा चुनावी प्यानल प्रतिस्पर्धामा उत्रेका छन् । ६४ पदमा हुने निर्वाचनमा लागि १२७ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये दुई पदमा निर्विरोध भएको छ । निर्विरोध भएका प्रदेश एकबाट राजेन्द्र राउत र द्विराष्ट्रिय समूहबाट सन्दीप अग्रवाल दुबै ढकालका समर्थक हुन् । यसलाई ढकालको प्यानलको विजयी यात्राको शुरुवात भनेको छ । चुनावको तयारी कस्तो छ ? चुनाव चित्ने आधार के छन् ? प्रस्तुत छ बरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालसँग गरिएको चुनावी वहस । उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको प्रत्याशी हुनुहुन्छ । चुनावी अभियानमा देशभर भेटघाट र अन्तरक्रिया गरिरहनु भएको छ । मतदाताको अपेक्षा के छन् ? नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं साधारणसभा तथा निर्वाचनको हामी संघारमा छौं । अहिले पनि म देशै भरिका व्यवसायी साथीहरुसँग कुराकानी तथा छलफल÷भेटघाट गर्न सक्रिय छु । उद्योगी, व्यवसायी साथिहरुकै सक्रियतामा देशका विभिन्न स्थानहरुमा चुनाव लक्षित कार्यक्रमहरु भैरहेका छन् । हामीले हाम्रो एजेण्डाहरु प्रष्टसँग राखेका छौँ, सँगसँगै ती एजेण्डाहरु कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छौं । देशैभरीका उद्योगी, व्यवसायीले महासंघका काम कारवाहीलाई प्रभावकारी बनाउन महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनुपर्दछ भन्ने आवाज उठाइरहनुभएको छ । देशमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउनु पर्ने छ । नयाँ नेतृत्वले निजी क्षेत्रका समस्या नजिकबाट बुझोस् र समस्याको सम्बोधन गर्नसक्ने होस् भन्ने आम मतदाताको अपेक्षा रहेको छ । उहाँहरुको अपेक्षा र हाम्रा उद्देश्य साझा छन् । विधानतः अहिले निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष स्वतः अर्कोपटक महासंघको अध्यक्ष हुने व्यवस्था छ । यस सन्दर्भमा आम उद्योगी÷व्यवसायी माझ के सन्देश लिएर पुग्नुभएको छ ? महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । देशभरीका उद्योगी व्यवसायी साथीहरुलाई मैले नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले नेपालको समग्र निजी क्षेत्र र महासंघको उज्जवल भविष्य निर्माणमा सहयोग गर्नेछ भन्दै आएको छु । सबै व्यवसायीको समस्या बुझेको र समाधानका लागि पहल गर्न सक्ने नेतृत्व हामीले चुन्नुपर्ने छ । यसलाई व्यवसायी साथीहरुले पनि राम्रोसँग बुझ्नुभएको छ । मैले सबै उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्वाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छु । सहमतिबाटै वरिष्ठ उपाध्यक्ष चयन गरिने चर्चा पनि चलेको थियो । तर तपाईसँगै किशोर प्रधान पनि वरिष्ठ उपाध्यक्षको प्रत्याशी हुनुहुन्छ । सहमतिको सम्भावना छ कि छैन ? विशेषतः पूर्व अध्यक्षज्यूहरु चुनाव गर्नु भन्दा अहिलेको अवस्थामा महासंघलाई प्रभावकारी बनाउन सहमतिबाटै जानुपर्छ भनेर प्रयास गरिरहनु भएको भन्ने सुनेको छु । यस्तो बेला सर्वसम्मत नेतृत्व चयन हुनुपर्दथ्यो र त्यो सर्वसम्मतिको पहल समयमै गरिनुपथ्र्याे । मेरो पनि यसमा समर्थन थियो । तर, त्यो हुन सकेन । भर्खरै निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । अहिले चुनावी प्रतिष्पर्धाबाटै नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ । महासंघका सबै पूर्वअध्यक्षहरू, अग्रजहरुप्रति मेरो सधैँ सम्मान छ । रह्यो कुरो समर्थनको । कुनै एउटा समूह विशेषप्रति उहाँहरुले जनाउनुभएको समर्थनले मलाई दबाब सिर्जना गरेको छैन । बरु देशैभरिका उद्योगी व्यवसायी साथीहरुबाट प्राप्त उल्लासपूर्ण साथ, समर्थन र सद्भावले मलाई बलियो ढाडस र उर्जा दिएको छ । आगामी अध्यक्ष र केही पूर्व अध्यक्षहरुको समर्थन खुलेरै किशोर प्रधानलाई गएको छ, यसले तपाईलाई कत्तिको दवाबको अनुभूति भएको छ ? महासंघका सबै पूर्वअध्यक्षहरू, अग्रजहरुप्रति मेरो सधैँ सम्मान छ । रह्यो कुरो समर्थनको । कुनै एउटा समूह विशेषप्रति उहाँहरुले जनाउनुभएको समर्थनले मलाई दबाब सिर्जना गरेको छैन । बरु देशैभरिका उद्योगी व्यवसायी साथीहरुबाट प्राप्त उल्लासपूर्ण साथ, समर्थन र सद्भावले मलाई बलियो ढाडस र उर्जा दिएको छ । अर्को कुरा उहाँहरुले कुन समूहलाई समर्थन गर्दै हुनुहुन्छ भन्नेभन्दा पनि उहाँहरूले छाडेको विरासत धान्न सक्ने नेतृत्व क्षमता कुन व्यक्तिमा छ र अहिलेको अवस्थामा महासंघको संस्थागत क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्रलाई वास्तविक छाता संगठनका रुपमा महासंघलाई अगाडी बढाउनका लागि उपयुक्त व्यक्ति को हुन सक्छ भन्ने विषयमा इमानदारीपूर्वक आत्मसमीक्षा उहाँहरूले गर्नुभयो भने त्यहाँ अवश्य पनि म र हाम्रो टिम मात्र रहनेछ । यसमा उहाँहरुले पनि विचार गर्नुहुन्छ होला । तपाईले वरिष्ठ उपाध्यक्ष पद दाबी गर्नुपर्ने आधारहरु के के हुन् ? महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनु पर्दछ भन्ने आम व्यवसायीहरुको आवाज हो । मेरो उमेद्वारीमा सानादेखि ठूला उद्योगी, व्यवसायी एवम् पेशागत लगानीकर्ताहरूले अपनत्व महशुस गर्नुभएको छ र उत्साहित हुनुहुन्छ । म सधंै व्यवसायीका हक, हित र अधिकारका पक्षमा लाग्ने हुनाले सबै व्यवसायी साथीहरुले मलाई नेतृत्वमा आउन आग्रह नै गर्नुभएको हो । उहाँहरुले मलाई साझा उमेद्वारका रुपमा हेर्नुभएको छ । म साना मझौला व्यवसायीको पीडादेखि ठूला उद्योगी व्यवसायीसम्मका समस्या तथा पीडालाई सहजै बुझ्न सक्छु र तिनको समाधानका लागि नीति निर्माताका तहसम्म पुर्याउने क्षमता राख्दछु । यति मात्र नभई अन्तर्राष्ट्रिय अनुभवका आधारमा मैले राज्य र निजीक्षेत्रको साझेदारीमा आर्थिक विकास गर्न सकिन्छ भनेर राज्यलाई ठोस, वस्तुपरक र व्यावहारिक सुझाव दिने क्षमता राख्दछु । हाम्रो टिम पनि उस्तै सक्षम र सबल छ । महासंघमा म दुईदुई पटक कार्यसमितिमा सर्वसम्मत वा लोकप्रिय मतका साथ आएको छु । म उपाध्यक्ष पनि सहमतिबाटै भएको हो । पूर्वअध्यक्षज्यूहरु, अग्रज उद्योगी व्यवसायीहरु लगायत अन्य पदाधिकारी सहकर्मी साथीहरुले मैले महासंघको नेतृत्व तहमा रहेर विगतमा खेलेको भूमिकाको उचित मूल्याङ्कन गर्नुभएको छ । मलाई लाग्छ यी आधारहरु वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीका लागि प्रयाप्त छन् । तपाईंलाई सबैभन्दा बढी सहयोग र सपोर्ट कुन कुन क्षेत्रबाट आएको छ ? देशैभरीका जिल्ला नगर उद्योग वाणिज्य संघ, एशोसियट तथा वस्तुगत संघबाट मलाई उत्साहपूर्ण समर्थन प्राप्त भईरहको छ । मेरो सबै जिल्ला तथा नगर, एशोसियट तथा बस्तुगतका सबै क्षेत्रमा निकै राम्रो अवस्था छ । यसले मेरो जीतलाई सुनिश्चत गरेको छ । सधैँ ओझेलमा पर्ने गरेका साना व्यवसायीहरुका लागि तपाईं नेतृत्वमा आएपछि के–के गर्नुहुन्छ ? उद्योग वाणिज्य महासंघ यस्तो संस्था हो जसमा जिल्लामा भएका सानासाना व्यवसाय पनि सहभागी छन् । हरेक क्षेत्र छन् । यसमा वस्तुगत संघको पनि सहभागिता छ । यसमा साना व्यवसायीको पनि सहभागिता हुन्छ । महासंघकै नेतृत्वमा पुग्नसक्ने साना व्यवसायीलाई पनि अधिकार हुन्छ । महासंघलाई निजी क्षेत्रको वास्तविक छाता संगठनका रुपमा समावेशी तवरले अगाडि बढाउनु आवश्यक छ । मलाई जिल्लास्तरमा व्यवसायीहरुले भोग्ने समस्या तथा चुनौतिको पूर्ण जानकारी छ । साना मझौला उद्योग भनेको दिगो विकासको आधार भएकाले संसारभर यस्ता क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड पनि भन्ने गरिन्छ । नेपालमै पनि लकडाउनको अवस्थामा अर्थतन्त्र धान्ने आधार यस्तै उद्यम व्यवसाय भएको तथ्य हामीले भुल्नु हुँदैन । त्यसैले साना तथा मझौला उद्योग व्यवसायको संरक्षणका लागि हामी कुनै सम्झौता गर्दैनौं । समग्र साना, मझौला तथा ठूला उद्योगी, व्यवसायीहरुको साझा संगठनका रुपमा महासंघको पुर्नसंचना गर्ने कुरामा हामी प्रतिबद्घ छौं । महासंघलाई सबै उद्यमी व्यवसायीको साझा चौतारीका रुपमा विकास गर्ने र सबैको आवाज सुनिने बनाउने छौं । कोरोनाका कारण मुलुकको अर्थतन्त्र अस्तव्यस्त छ । महासंघमा आएपछि अर्थतन्त्रलाई माथि उठाउन तपाईंले कसरी योगदान गर्ने योजना बनाउनुभएको छ ? कोभिडभन्दा अगाडि नेपालको अर्थतन्त्र सुधारोन्मुख थियो । निकै लामो समयपछि नयाँ संविधानसँगै हामीले राजनीतिक स्थीरता प्राप्त गरेका थियौँ । लामो लकडाउनका कारण नेपालको आर्थिक क्षेत्रले निकै ठूलो र दीर्घकालीन क्षति व्यहोरिसकेको छ । तत्कालका लागि कोभिडबाट सिर्जित समस्याको सम्बोधन गर्नुपर्ने छ । यो मेरो प्राथमिकताको बिषय बस्तु पनि हो । कोभिडले क्षत्विक्षत् पारेको अर्थतन्त्रलाई माथि उकास्न राज्य र निजीक्षेत्रको संयुक्त प्रयास अपरिहार्य छ । कोभिडले नेपालभरिका उद्योग–व्यवसायमा के कस्तो प्रभाव पारेको छ भन्ने विषयमा महासंघमार्फत अध्ययन गराई उद्योग व्यवसायको उद्धारका लागि सरकारलगायत सम्बद्ध सबै सरोकारवाला निकायहरूमा हामीले ठोस पहल गर्नेछौ । यी र यस्तै केही महत्वपूर्ण कार्यक्रमहरु समेटेर एफएनसीसीआई भिजन २०२५ मा काम गरिरहेका छौं । यसले समग्र व्यवसायीले भोग्ने समस्याहरुको समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने देखि निजी क्षेत्रको विकास, महासंघको सबलीकरण तथा मुलुकको आर्थिक उन्नतिलाई योजना वद्धरुपमा अगाडि बढाउन सहयोग पुग्ने छ । यससँगै, देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तसर्थ, राज्यसँग अर्थपूर्ण साझेदारी एवम् नीति निर्माणमा पैरवीका लागि महत्वपूर्ण पहलकदमी लिनुपर्ने छ । नेपालमा एफडीआई भित्र्याउनका लागि लगानी मैत्री वातावरण सिर्जना गर्ने र नेपाली उद्योगी व्यापारी साथीहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन योजनाबद्ध रुपमा अगाडी बढ्नुपर्ने छ । यी र यस्तै केही महत्वपूर्ण कार्यक्रमहरु समेटेर एफएनसीसीआई भिजन २०२५ मा काम गरिरहेका छौं । यसले समग्र व्यवसायीले भोग्ने समस्याहरुको समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने देखि निजी क्षेत्रको विकास, महासंघको सबलीकरण तथा मुलुकको आर्थिक उन्नतिलाई योजना वद्धरुपमा अगाडि बढाउन सहयोग पुग्ने छ । तपाईको चुनावी एजेन्डाहरु केके हुन ? सानादेखि ठूला सबै व्यवसायिले दिनानुदिन भोग्ने प्रशासनिक, श्रमसम्बन्धी, नीतिगत समस्याहरुको समाधान गर्दै देशमा औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी छ । निजी क्षेत्रका तर्फबाट महासंघले राज्यसँग साझेदारी गर्दै यसको नेतृत्व लिनुपर्दछ । यसको साथसाथै अहिले कोभिड–१९ को माहामारीले नेपालको आर्थिक क्षेत्रमा निकै गम्भीर असर पारेको छ । हामी महासंघका तर्फबाट नेपालको उद्योग, व्यवसायमा के असर पा¥यो र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस योजना ल्याउने छौं । अर्को महत्वपूर्ण विषय भनेको निजी क्षेत्रलाई शसक्त बनाउदै राज्यसँगको अर्थपूर्ण साझेदारी र सहकार्यमा समृद्धिको यात्रा तय गर्नका लागि धेरै कामहरु गर्नुपर्ने छ । किनभने निजी क्षेत्रको दरिलो उपस्थिति बिना राज्यमात्रको पहलमा समृद्ध देशको परिकल्पना गर्न सकिदैन । हामीले लगानीका लागि सहजीकरण गर्ने, व्यवसायीका हक अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने तथा राज्यका लागि महत्वपूर्ण सारथीका रुपमा भूमिका निर्वाह गर्ने छौं । नेपालमा लामो समयपछि देखिएको राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण पनि बन्दै गएको छ । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी बृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ । यसका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग लबिङ गर्नुपर्ने हुन्छ । यसमा हामीले पहलकदमी लिनेछौ । त्यसैगरी, उद्योगी व्यापारीसँग राज्यका निकायले जबर्जस्ती होइन, पारदर्शी ढंगबाट, सहज र वैज्ञानिक रुपमा कर उठाउने वातावरण बनाउनुपर्नेछ । उद्योग व्यापार दर्ता, नवीकरण र खारेजी प्रक्रियालाई सहज बनाउनुपर्नेछ । आवश्यक पूर्वाधारको विकास गर्दै हाम्रो निर्यात व्यापार बढाउनका लागि पहल गर्नुपर्नेछ । तीन तहका सरकारबीचका आपसी समन्वयमा देखिएको अभावका कारण सिर्जना भएका करका दुविधाहरुलाई समयानुसार परिमार्जन गर्नुपर्नेछ । साना, मझौला तथा ठूला उद्योगका धेरै विषयहरुमा हामीले अहिले अगाडि बढाएका कामहरुलाई पूर्णता दिनुपर्ने छ । आफ्नो जितप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ? महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु; प्रदेश १ का तर्फबाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवालजी सर्वसम्मत चयन भैसक्नु भएको छ । वहाँहरु दुवैजना हाम्रो प्यानलबाट हुनुहुन्छ । यसबाट हामी प्रारम्भिक अनुमान लगाउन सक्छौं ।सबै क्षेत्रका साथीहरुले आफ्नो साझा उमेद्वारका रुपमा मलाई हेर्नुभएको छ । तसर्थ, महासंघको आसन्न निर्वाचनको परिणाम हाम्रो पक्षमा आउनेछ भन्नेमा म विश्वस्त छु । मात्र औपचारिक घोषणाको प्रतिक्षामा बसेका छौं । हाम्रो जीत सुनिश्चित भई नै सकेको छ । महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु; प्रदेश १ का तर्फबाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवालजी सर्वसम्मत चयन भैसक्नु भएको छ । वहाँहरु दुवैजना हाम्रो प्यानलबाट हुनुहुन्छ । यसबाट हामी प्रारम्भिक अनुमान लगाउन सक्छौं । अर्को महत्वपूर्ण कुरा, गाउँ जिल्ला, नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म र नीतिगत तहसम्म पहुँच पुर्याउन सक्ने हाम्रो सक्षम र सबल टिम छ । म लगाएत हाम्रो टिमप्रति आम उद्योगी व्यवसायी मतदाताहरुको दरिलो साथ रहेको छ । म चुनाव वा कुनै विशेष समय परिस्थितिमा मात्र महासंघका कार्यक्रमहरु र देश दौडाहामा लाग्ने व्यक्ति होइन । हाम्रो व्यावसायिक नेटवर्क हरेक जिल्ला, नगर तथा टोलसम्म छ । मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट सबै जिल्ला तथा नगर, एशोसियट तथा बस्तुगतका सबै क्षेत्रका साथीहरुसँग निकै राम्रो सम्बन्ध रहेको छ । उहाँहरुको विश्वास जित्न सफल भएको छु । सबै क्षेत्रका साथीहरुले आफ्नो साझा उमेद्वारका रुपमा मलाई हेर्नुभएको छ । तसर्थ, महासंघको आसन्न निर्वाचनको परिणाम हाम्रो पक्षमा आउनेछ भन्नेमा म विश्वस्त छु । मात्र औपचारिक घोषणाको प्रतिक्षामा बसेका छौं । हाम्रो जीत सुनिश्चित भई नै सकेको छ । महासंघको साधारणसभाको पटक पटक मिति तोकिदै स्थगित हुँदै आएको छ । यसपटक त सधारणसभा सम्पन्न होला नि ? गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा र निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । बीचमा पटकपटक मिति तोकिए पनि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन । तर यसपटक भने महासंघको निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरिसकेको अवस्था छ । नेपाल सरकार गृह मन्त्रालयले पनि साधारणसभाका लागि स्वीकृति प्रदान गरिसकेको अवस्था छ । तसर्थ स्वास्थ्यसम्बन्धी सबै प्रोटोकलहरु पूरा गरेर हामीले साधारणसभा सम्पन्न गर्छौं ।
अपी पावर कम्पनीले सेयरधनीलाई आउँदो वर्ष डबल डिजिटको लाभांश दिन्छ: डाइरेक्टर त्रितालसँगकाे कुराकानी
अपी पावर कम्पनीका डाइरेक्टर हुन् इन्द्रमणि त्रिताल । विगत ७ वर्षदेखि हाइड्रो व्यवसायीका रुपमा काम गरिरहेका त्रितालले सुरुमा अर्थात २०७० सालमा अपी पावर कम्पनीको कम्पनी सचिवको रुपमा काम गरे । त्यसपछि कम्पनीले दार्चुलामा निर्माण गरेको साढे ८ मेगावाटको नौगाढ जलविद्युत आयेजनामा परियोजना म्यानेजरका रुपमा काम गरे । अहिले उनी अपी पावर कम्पनीमा डाइरेक्टरको भूमिकामा छन् । उनै त्रितालसँग हामीले कम्पनीको वर्तमान वित्तीय अवस्था, कम्पनीले हालै जारी गरेको हकप्रद सेयर, कम्पनीले निर्माण गरिरहेका र आगामी दिनमा निर्माण गर्ने आयोजना र आगामी योजनाको बारेमा कूराकानी गरेका छौं । प्रस्तुत छ उक्त कुराकानीको अंशः अपी पावर कम्पनीले जारी गरेको हकप्रद सेयरमा लगानीकर्ताको आकर्षण कस्तो रह्यो ? सेयर कति बिक्री भयाे ? विगत ३/४ वषदेखि अपी पावर कम्पनीको हकप्रद सेयर आउने–आउने भन्ने धेरै हल्ला भयो । हामीले १ः२ भनेर नेपाल धितो पत्र बोर्डसमक्ष अनुमति मागेका थियौं । तर बोर्डले १ः०.४७ को मात्र स्वीकृती दियो । त्यसपछि हामीले हकप्रद सेयर जारी गर्यौं । सेयर जारी गर्दा यसमा सेयरधनीको सहभागिता उल्लेख्य मात्रामा भयो । अहिले सेयर मार्केट पनि बढेको कारण पनि हुन सक्छ । अर्को, हामीले लगातार विद्युत उत्पादन गरिसकेपछि दिने लाभांश पनि हुन सक्छ । हामीले सोचेको भन्दा राम्रैसँग सेयर उठ्यो भन्ने हाम्रो बुझाई छ । हालसम्म कति बिक्री भयो ? हामीले कुल ५६ करोड ७० लाख हकप्रद सेयर जारी गरेका हौं । मंसिर ३ गतेको समयसम्म ३५ करोड बराबर उठिसकेको छ । ४ गते १० करोड उठ्यो भन्ने हाम्रो अनुमान छ । यो हिसावले कूरा गर्दा करिब ४५ करोड उठ्छ । १० करोड जति बाँकी रहन्छ । त्यो भनेको १० लाख कित्ता सेयर हो । त्यसपछि हामी यसलाई अप्सनमा लिएर जान्छौं । सबैलाई थाहा नभएर पनि हुन सक्छ । धेरै देश बाहिर पनि हुनुहुन्छ । बाँकी रहेको सेयर मानिसहरुले जानकारी नपाएर बाँकी रहेको हो भन्ने हाम्रो बुझाई छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले सम्पूर्ण क्षेत्रलाई ठूलै असर गरेको छ । यो महामारीले अपी पावर कम्पनीलाई के कस्तो असर गर्यो ? कम्पनी वित्तीय रुपमा कसरी अगाडि बढ्दैछ ? अपी पावर कम्पनी वि.स२०६० सालमा स्थापना भएको कम्पनी हो । २०७० सालमा यो पब्लिक लिमिटेड कम्पनीमा परिणत भयो । त्यसपछि हामीले साढे ८ मेगावाटको नौगाढ जलविद्युत आयोजना निर्माण गर्यौं । नेपालको इतिहासमा साढे ८ मेगावाटको आयोजना १७ महिनामा सम्पन्न गर्ने पहिलो कम्पनी अपी पावर हो । त्यसले निरन्तर वदुत उत्पादन गर्न थाल्यो । विदुत उतपादन गर्न थालेको एकै वर्षमा हामीले बोनस दिन थाल्यौं । त्यसपछि हामी पूराना सेयरधनीलाई फेरि इक्वीटी नमागेर पूरानै इक्वीटीले फेरि ८ मेगावाटको आयोजना निर्माण गर्यौं । त्यो आयोजना पनि गर्त वर्षको कात्तिकदेखि सञ्चालनमा ल्याएका छौं । साढे ८ मेगावाटको इक्वीटीले साढे १६ मेगावाट विद्युत उत्पादन गरेर हामीले प्रत्येक वर्ष लाभांश दिइरहेका छौं । कोरोना भाइरसले धेरै क्षेत्रलाई असर गरेको छ । हाइड्रोलाई पनि असर गरेको छ । तर, उत्पादन गरिसकेका हाइड्रोलाई त्यति असर गरेको छैन । तर निर्माणाधीन आयोजनालाई भने असर गरेको छ । यसले अपी पावरको साढे १६ मेगावाटको आयोजनालाई असर गरेन । किनकि ती आयोजनाहरुको विद्युत उत्पादन शुरु भइसकेको थियो । अर्को हामीले ४० मेगावाटको अपर चमेलिया आयोजना निर्माण गर्दैछौं त्यसमा असर गरेको छ । हामीले माघमा सुरु गर्नु पर्ने हो । त्यो हामीले सुरु गर्न सकेनौं । त्यसको भौतिक पूर्वाधारहरु हामीले निर्माण गर्न सकेनौं । त्यसैको लागि हामीले यो हकप्रद सेयर जारी गरेको हो । यो आयोजनाको इक्वीटीको लागि नै हामीले हकप्रद सेयर जारी गरेका हौं । कम्पनीको वित्तीय अवस्था कस्तो छ ? हामीले सुरुमै नेपाल विद्युत प्राधिकरणसँग यतिमा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरौं, यतिमा परियोजना बनाउँछौं भनेर जुन सम्झौता गरेका हुन्छौं तर पछि अनेक कारणले भनेको समयमा र भनेको कष्टमा आयोजना नबन्ने अवस्था आउँछ । त्यस बेला कम्पनी जिर्ण अवस्थामा जान्छ । तर, हाम्रो विश्लेषण भने अहिले सम्म सही नै छ । त्यही कारणले पनि हामी रुग्णमा परेनौं । हामीले प्रत्येक वर्ष भनेकै समयमा लाभांश पनि दिँदै आएका छौं । भनेकै समयमा विद्युत उत्पादन गरेका छौं र भनेकै समयमा निर्माण कार्य सम्पन्न गरेका छौं । त्यही हिसावले पनि हाम्रो वित्तीय अवस्था अहिलेसम्म खराव अवस्थामा छैन । हामी सस्टेन हुने किसिमले अगाडि बढिरहेका छौं । बजारमा अपी पावर कम्पनीको हैसियत के हो ? अपी पावर कम्पनीले सुदूरपश्चिमलाई फोकस गरेर आयोजना निर्माण गरिरहेको छ । हामीले अहिले ४ मेगावाटको सोलार पावरको आयोजना पनि निर्माण गरिरहेका छौं । अपी पावर कम्पनी भनेको सेल्फ सस्टेन हुने कम्पनी हो । यो रुग्णमा नगनिने कम्पनी हो । साढे १६ मेगावाटका आयोजना अहिले चलिरहेका छन् । ४ मेगावाटको सोलारको आयोजना अब आउँदैछ । हाम्रो अब २० मेगावाट हुन्छ । त्यसपछि ४० मेगावाटको प्रोजेक्ट बनाउन खोजिरहेका छौं । काम सुरु पनि भइसकेको छ । यो पनि निर्माण भइसकेपछि ६० मेगावाटको परियोजनाहरु हामीले निर्माण गरेकै हुन्छ । अपी नेपाली जलविद्युतको निजी क्षेत्रबाट ठूलो कम्पनी भनेर पनि चिनिन्छ । हामी त्यही हिसावले अगाडि बढ्दैछौं । आगामी दुई वर्षभित्र त्यो ४० मेगावाटको आयोजनाको विद्युत पनि उत्पादन गर्न सुरु गर्ने हाम्रो योजना छ । अपी पावर कम्पनीले आगामी दिनमा के कस्ता परियोजनाहरु बनाउने सोच बनाएको छ ? कसरी अगाडि बढ्दैछ ? हामीले दुई आयोजना निर्माण गरिसकेका छौं । अहिले सुरु गरेको ४० मेगावाटको छ । त्यसपछि सोलारका परियोजनाहरु पनि छन् । त्यस्तै अन्य परियोजनाहरु पनि आइडण्टिफाई गर्दै अगाडि जाने भन्ने हाम्रो योजना छ । वैकल्पिक रुपमा हामी सोलारमा पनि गइरहेका छौं । तर, हाम्रो ग्रुप अफ कम्पनीले निर्माण गरिसकेका साढे ५७ मेगावाटको परियोजनाहरु छन् । अरुणभ्यालीले पनि आफ्नै परियोजनाहरु बनाइरहेको छ । अबको दुई तीन वर्षमा आम्रो ग्रुप अफ कम्पनीले करिब १ सय ५० मेगावाट जति विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । अपि पावर कम्पनीको अबको प्राथमिकता सोलार पावरमा हो ? सोलार मात्र होइन । सोलार त एउटा व्यवसाययिक पार्ट हो । मिक्स इनर्जी उत्पादन गर्ने ध्येयका साथ हामी अगाडि बढ्छौं । मुख्य त हाम्रो प्राथमिकता जलविद्युत नै हो । मिल्यो भने विन इनर्जीमा पनि जाऔं । यो मिक्स इनर्जीको रुपमा काम गरेर अगाडि बढौं भन्ने हाम्रो योजना हो । यी विभिन्न आयोजनाहरु निर्माण गर्दै हुनुहुन्छ , स्रोत कसरी जुटाउँदै हुनुहुन्छ ? अहिले ४० मेगावाटको आयोजना निर्माणका लागि नै हामीले अहिलेको हकप्रद सेयर जारी गरेका हौं । पूराना सेयरधनीहरुले नै यसमा सेयर थप्नुहुन्छ । यस्तै, हामीले सोलारका आयोजनाहरु निर्माण गरिरहेका छौं । त्यसका लागि पूराना निर्माण गरिसकेका आयोजनाहरुबाट आएको आम्दानीबाट नयाँ आयोजना बनाउँदै जाने भन्ने हाम्रो योजना छ । धेरै आयोजना तथा जलविद्युत कम्पनीहरु हामी रुग्ण भयौं भनेर सरकारसँग गुहार पनि मागिरेको अवस्था छ । तपाई अब नेपालमा जलविद्युतको भविश्य कस्तो देख्नुहुन्छ ? अहिले नेपालमा जति विद्युत उत्पादन भइरहेको छ । यो विद्युतले नेपाललाई पुग्दैन । अहिले जति बनिरहेका छन् । यी सबै आए भने नेपाललाई पुग्न सक्ला । ठूला आयोजनाहरु निर्माण भइसकेपछि भारत बंगलादेशमा पनि पठाउन सकिन्छ । नेपालमा ८४ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने अनुमान छ । अहिले २/३ हजार मात्र उत्पादन गर्न थालिएको छ । त्यो पनि भइसकेको छैन । नेपालमा विद्युतको सम्भावना धेरै छ । अन्तरदेशिय प्रशारण लाइनको निर्माण गरेर विदेशमा निर्यात गर्न सक्यो भने नेपालको अर्थतन्त्रको एउटा हिस्सा जलविद्युत बन्छ । जलविद्युतमा हुने लगानीको प्रतिफलको अवस्था कस्तो छ ? हाइड्रो पावर निर्माण शुरु गर्दा त्यसको सम्पूर्ण अवस्था राम्रोसँग अध्ययन गर्नुपर्छ । त्यसको ट्रान्समिसन लाइनको अवस्था के कस्तो छ भनेर अध्ययन गर्न जरुरी छ । कतिपय आयोजनाहरु ट्रान्समिसन लाइन नै नबनेर समस्यामा परेका हुन्छन् । हचुवाको भरमा यति मेगावाट भने निर्माण गर्यो भने रुग्ण हुने अनेक समस्या आउने हुन्छ । ट्रान्समिसन लाइन भएको डिस्चार्ज राम्रो भएको ठाउँमा जलविद्युतको आयोजना निर्माण गर्यो भने कुनै समस्या हुँदैन । प्रतिफल पनि राम्रै पाइन्छ । कष्ट पनि महँगो हुँदैन । समयमै बन्छ । र आयोजना सस्टेनेवल पनि हुन्छ । पछिल्लो समय प्रमोटरहरुले आर्थिक गतिविधीहरु पारदर्शी नबनाउने र यसले गर्दा उनीहरुप्रति आम जनमानस अर्थात पब्लिक सेयरधनीहरुको विश्वास गुम्दै गएको छ । आफु मोटाउने तर सर्वसाधारणलाई फसाउने प्रवृति बढ्दै गएको भन्ने गुनासो छ । यसमा तपाईको धारणा के छ ? त्यस्तो प्रवृति हाम्रो ग्रुप अफ कम्पनीमा छैन । हाम्रो ग्रुप अफ कम्पनीमा जति आयोजनाहरु निर्माण भएका छन् ती आयोजनाहरुले धेरै थोरै लाभांश दिइरहेका छौं । आज बत्ती बल्यो भने त्यसको एक बर्षपछि हामीले बोनस वितरण गरेको अवस्था छ । तपाईँले भने जस्तो हल्ला बजारमा हामीले पनि सुनेका छौं । हाम्रो कम्पनीमा त्यस्तो समस्या छैन । हाम्रो पब्लिक लिमिटेड कम्पनी हो । हाम्रो पूरा अडिट भएर आउँछ । तर, प्राइभेट लिमिटेड कम्पनीहरुले त्यस्तो गर्छन् कि भन्ने अलिकति हल्ला सनिएको छ । हामीले जति नै सेयरधनीबाट पैसा उठाएका छौं सोही अनुसार काम पनि गरेका छौं । साढे ८ मेगावाटको लागि उठाएको पैसा साढे १६ मेगावाटको आयोजना निर्माण गर्यौं । सेयरधनीले त्यही अनुसार इनकम पनि पाएका छन् । यसमा धेरैको निगरानी छ । विद्युत नियमन आयोग, नेपाल धितो पत्र बोर्डले नै निगरानी गरिरहेको छ । यस्तै खालका विकृति आउँछन् भनेको कारणले हामीले जुन १ः२ को हकप्रद सेयर माग गरेका थियौं । त्यो नदिएर बोर्डले हामीलाई १ः०.४७ अनुपातको स्वीकृती दियो । त्यो बाट तपाईको काम देखाउनुस् भनेर धितोपत्र बोर्डले भनेपछि हामीले त्यति नै स्वीकृृती पाएका हौं । त्यसो भए धितो पत्र बोर्डले अपी पावरकोको विश्वास नगरेरै १ः०.४७ अनुपातको मात्रै स्वीकृती दिएको हो ? त्यस्तो होइन । तपाईले भने जस्तै हल्ला उहाँहरुले पनि सुन्नु भयो होला । भोलि यहाँ पनि त्यस्तो भयदियो भने तपाइँहरुले के हेर्नु भयो भन्ने प्रश्न आउन सक्छ । हाइड्रो पावरमा यस्तो हुँदैछ भनेर कसैले भनेको पनि हुन सक्छ । त्यस्तो नहोस् भनेर उहाँहरुले कुन परियोजना बनाउँदै हुनुहुन्छ । त्यसको निर्माण गर्नुस् । भोलि अर्को निर्माण गर्नु हुन्छ भने फेरि त्यसको छुट्टै लिएर आउनुस् भनेपछि १ः०४७ अनुपातको स्वीकृती दिएको हो । तर, हाम्रो कम्पनीमा त्यस्तो कुनै समस्या छैन । यसको मतलब अपी पावर कम्पनी फाइनानसिअल्ली ट्रान्सप्यारेन्ट छ ? हो, एकदमै हामी एकदमै पारदर्शी छौं । तपाइँहरुले सोलार पावरको आयोजना पनि निर्माण गर्दै हुनुहुन्छ । काम के कसरी भइरहेको छ ? वैकल्पिक उर्जाका रुपमा सोलार पावरलाई पनि बढाउनु पर्छ भनेर नेपाल विद्युत प्राधिकरणले एउटा टेण्डर आह्वान गरेको थियो । त्यसमा हामीले पनि अप्लाई गर्यौं । त्यो टेण्डरमा हामी २८ मेगावाट पारेका थियौं । तर, प्राधिकरणले त्यति दिन सकिँदैन भनेर पीपीएको रेट कम गर्यो । हामी बुटवलको मनिग्राममा साढे ८ मेगावाटको सोलार पावर निर्माण गरेर त्यो राष्ट्रिय ग्रिड लाइनमा जोडिएको छ । जुन नेपालकै पहिलो हो । त्यस्तै, रौतहटको चन्द्रनिगाहपुरमा पनि ४ मेगावाटको आयोजना निर्माण गर्न लागेका छौं । यसको फाइनानसियल क्लोजर छिट्टै हुँदैछ । ६ महिनामा त्यसको काम पनि सम्पन्न हुन्छ । तपाइँले अपी पावर कम्पनी आर्थिक रुपमा राम्रो छ । लाभांश पनि वर्षेनी दिँदै आएको छ भन्नुभयो । तर, कम्पनीले निर्माण गर्ने भनेको सिद्धकाली जलविद्युत आयोजनामा लगानी गर्ने सपर्वसाधारण त निकै डुबे नी । धेरैको रिफण्ड नै भएन भन्ने पनि गुनासो पनि छ नी ? हुन त हिड्ने मान्छे नि लड्छ भन्छन् । मानिसले काम गर्दा गर्दै सबै कूरा सफल नै गर्छ भन्ने कूरा पनि हुँदैन । हामीले ७५ मेगावाटको त्रिशुली गल्छि भनेर शुरु गरेका थियौं । यो ठूलो आयोजना पनि भयो । १ हजार करोड लगानी बैंकहरुले नै गर्न नसक्ने अवस्था देखियो । यसमा लगानी नै गर्न सक्ने अवस्था पनि देखिएन । फाइनानसियल क्लोजर पनि भइसकेको अवस्था थियो । टनेल धेरै ठूलो भयो । त्यो टनेल रिक्स भयो । फिजिवल भएन भन्ने कूरा पनि भयो । त्यसपछि हामीले लगानी जुटाउनको लागि चिनीयाँहरुसँग पनि सम्झौता गर्यौं । काम पनि शुरु गरियो । तयहाँ खर्च पनि थुप्रै गरियो । पछि तयसलाई ७५ मेगावाट नै बनाउन नसकिने अवस्था आयो । अहिले त्यसलाई संशोधन गरेर २८ वा ३० मेगावाट बनाउने भनेर हामी अहिले पनि लागि रहेका छौं । काम भइरहेको छ । ७५ मेगावाट बनाउनबाट पछि हटेपछि लगानीकर्ता पनि बाहिरिए । तर, ३० मेगावाटमा लगानी गर्ने चाहनेहरु बस्नुस् ७५ कै लागि लगानी गर्नेहरु तर ३० मेगावाटका लागि इच्छुक नभएकाहरु जानुस् भनेर हामीले भनेपछि त्यही अनुरुप काम भइरहेको छ । अहिले रिफण्डको काम पनि भइरहेको छ । तर, हामीलाई पनि समय दिनु पर्छ । त्यसमा करोडौंको खर्च भएको छ । त्यो पैसा त गयो । त्यो पैसा म्यानेज गर्नको लागि हामीसँग केही समय त चाहियो नी । हामीसँग बैंकमा भएर नदिउको चाहिँ होइन । अन्तिममा, अपी पावर कम्पनीले निर्माण गर्ने अबका आयोजनाहरुमा लगानीकर्तालहरुलाई आकर्षिक गर्नको लागि अर्थात उनीहरुको लगानी सुरक्षित सँगै लगानीको प्रतिफलका लागि तपाईँ कसरी विश्वस्त पार्नु हुन्छ ? मानिसले केही फाइदाकै लागि लगानी गर्छन् । अपी पावर कम्पनीले परियोजना निर्माण गरेर बत्ती बलेको एक वर्षपछि नै लाभांश दिँदै आएका छौं । हरेक वर्ष दिँदै आएका छां । दिन्छौं पनि । लाभांशको दर पनि वर्षेनी बढ्दै जान्छ । पहिले ५ दियौं । त्यसपछि ८÷९ हुँदै हामी बढाउँछौं । अर्को वर्ष डबल डिजिटमा दिन्छौं । हामी यो क्षेत्रबाट भागेर कहिँ पनि गएका छैनौं । तपाईँहरुलाई प्रत्येक वर्ष प्रतिफल दिइरहेका छौं । सेयरधनीहरुको हामीप्रतिको विश्वास हामी टुट्न दिने छैनौं । हामी काम गरेर देखाउँछौं ।