भिबोर सोसाइटी डेभलपमेन्ट बैंक अन्तर्राष्ट्रिय ‘बेष्ट इन्टरप्राइजेज’ अर्वाडबाट सम्मानित

काठमाडौं, १९ पुस । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक अन्तर्राष्ट्रिय ‘बेष्ट इन्टरप्राइजेज’ अर्वाडबाट सम्मानित भएको छ । यूरोप विजनेस एसेम्ब्लि(इबिए)द्वारा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । साथै इबिएले उक्त डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई म्यानेजर अफ द इअर समेत घोषणा गरेको छ । भिबोर सोसाइटीलाई बैंक तथा वित्तीय क्षेत्रमा कुशल व्यवस्थापनबाट राष्ट्रका पहाडदेखि तराई र पूर्वदेखि पश्चिमसम्म शाखा संजाल मार्फत सर्वसाधारण जनता सम्म वित्तीय पहुँच पुर्याउन विशेष योगदान पुर्याउन सफल भएकोमा उत्कृष्ट घोषित गरिएको हो । साथै, बैंकले साथै सफल बजार रणनीतिद्वारा आफूलाई बलियो रुपमा उभ्याउन सफल भै आजको ठूलो डेभलपमेन्ट बैंकको रुपमा स्थापित हुन सफल रहेको छ । यूरोप विजनेस एसेम्ब्लि एक ६० भन्दा बढी देशहरु सदस्य र साझेदार रहेको यूरोपियन संस्था हो । उक्त पुरस्कार ग्रहण गर्न लण्डनको अक्सफोर्डमा बैंकका अध्यक्ष सुशील राज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालको उपस्थिति रहेको थियो । हाल बैंकको ४२ वटा शाखा तथा १ एक्स्टेन्सन काउण्टर सहित बृहत संजाल रहेको छ । हाल बैंकको चुक्ता पूँजी १ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमईको दशौँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । बैंकले “रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले यस कार्यक्रमको आयोजना गरेको जनाएको छ । हाल ९१ शाखा, १०३ एटिएम, ६ वटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको यस बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ । ग्लोबल आइएमई बैंकले स्थापनाको एक दशकमा बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ ।

एनसीसी बैंक डुबे ८७ हजार सेयरधनी जिम्मेवार, गभर्नर भन्छन्- सानो ढुंगाले हान्दा घक्क्रक्क ढल्ने बैंक के काम ?

काठमाडौं, १७ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बैंक चलाउने काम सेयरधनीको भएको बताएका छन् । विगत तीन वर्षदेखि राष्ट्र बैंकले चलाउँदै आएको एनसीसी बैंक आजदेखि लगानीकर्तालाई सुम्पेको छ । एनसीसी बैंकमा चार वटा विकास बैंक मर्जपछि एकिकृत कारोबारको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै गभर्नरले भने– ‘बैंक सेयरधनीले चलाउने हो, बैंक राम्रो बनाउने पनि सेयरधनीले हो, विगार्ने पनि सेयरधनीले हो । वाहिरको मान्छे आएर बैंक विगार्न पनि सक्दैन, तपाईहरुको बैंक बाहिरको मान्छे आएर चलाउन पनि सक्दैन ।’ राष्ट्र बैंकले छोडेर गएपछि पनि बैंकको संस्थागत सुशासन राम्रो हुने, सञ्चालक समितिले व्यवस्थापकिय काममा हस्तक्षेप नगर्ने, राष्ट्र बैंकको निर्देशन पूर्ण रुपमा पालाना हुने र सीमित कर्मचारीमा मात्र संस्था हावी नहुने आफूले विश्वास गरेको उनले बताए । ‘व्यस्थापकिय काम नियन्त्रणभन्दा वाहिर नजाओस्, मैले सिईओ सावलाई भनि सकेको छु । जथाभावी कर्जा लगानी हुँदैन भन्ने विश्वास लिएको छु । अबको दिनमा धितोको अधिक मूल्याङकन हुने छैन’ उनले भने । ‘फेरी पनि यो बैंक राष्ट्र बैंकले समाल्ने स्थिति नआओस’ गभर्नर नेपालले भने–‘राष्ट्र बैंक अब विग्रेको संस्था समाल्ने पक्षमा छैन । नेपाल राष्ट्र बैंक सम्बन्धि नयाँ ऐनले बिग्रेको संस्था सोझै खारेज गर्न सक्छ । कसैले अदालतमा गएर राष्ट्र बैंकको निर्णय रोक्छु वा उल्ट्याउँछु भनेर नसोचे हुन्छ । त्यस्तो सपना नदेखे हुन्छ ।’ संस्थागत सुशासनमा चरम लापरवाही भएकोले १६ वटा बैंक तथा वित्तीय संस्था समस्यामा परेको इतिहास कोल्ट्याउँदै उनले भने ‘अब एनसीसी बैंकमा त्यस्तो हुने छैन ।’ यो बैंक फेरी पनि समस्यामा परेमा यस बैंकका सेयरधनी जिम्मेवार हुने उनले बताए । ‘बैंक तलमाथि भए ८७ हजार सेयरधनी जिम्मेवार हुनेछन्’ गभर्नर नेपालले भने । सानो बैंकको काम नभएको बताउँदै उनले बैंकलाई ठूलो बनाउन पुँजी वृद्धिको निर्णय भएको बताए । २०६३ असारमा बैकिङ क्षेत्रको कुल निक्षेप २८४ अर्ब रुपैयाँ थियो । २०७३ असार मसान्तमा निक्षेप २०९६ अर्ब र कर्जा लगानी २०३५ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै बैैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि गरेको बताए । त्यतिबेला जीडीपी ६५४ अर्बको थियो । ७३ असारमा २२४९ अर्बको छ । यति ठूलो अर्थतन्त्र भएको देशमा २ अर्बको बैंकले के गर्न सक्छ ? अहिले पनि ६० प्रतिशत नेपाली बैकिङ प्रणाली भित्र आएका छैनन् । उनीहरुको उद्दार गर्नुछ । एउटा सानो हाइड्रोपावरमा कर्जा लगानीगर्दा ६ वटा बैंकले कन्सोर्टिएममा कर्जा लगानी गर्नु पर्ने अवस्था छ । ‘एउटा सानो ढुंगाले हान्दा घक्क्रक्क ढल्ने बैंक तथा वित्तीय संस्था राखेर के काम ?’ उनले प्रश्न गरे । एनसीसी बैंकले असार मसान्तसम्ममा ८ अर्ब पुँजी पुर्याउने विश्वास गर्दै अब यस बैंकका सेयरधनी सुरक्षित भएको र उनीहरुलाई राती आनन्दले निन्द्रा लाग्ने बताए ।