एनसीसी बैंक सामाखुशीमा
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले राजधानीको सामाखुसीमा शाखा विस्तार गरेको छ । सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरेका छन् । डेपुटी गभर्नर श्रेष्ठले एनसीसीले संस्थागत सुशासन र आफ्नो व्यवसायिक गतिविधि अगाडी बढाउनु पर्नेमा जोड दिए ।राष्ट्र बैंकका बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले आगामी दिनहरुमा बैंक केन्द्रीय बैंकको निर्देशनमा रहेर अघि बढदै जाने विश्वास व्यक्त गरे । बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले एक आपसमा मर्ज भएका पाँच वटै संस्थाका तर्फबाट एनसीसीले अझ बढी सरल र सुलभ सेवा दिदै जाने जानकारी दिए । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रमेशराज अर्यालले शाखा स्थापनाबाट सामाखुशी क्षेत्र र त्यहाँका बासिन्दाको आर्थिक सम्बृद्धिमा टेवा दिने बताए । बैंकले निकट भविष्यमा काठमाडौं उपत्यका बाहिरका विभिन्न स्थानहरुमा ४३ वटा शाखा स्थापना गर्ने तयारी गरेको सो अवसरमा जानकारी दिइएको थियो । ४३ वटा शाखा स्थापना र एउटै स्थानमा रहेका शाखाहरुको स्थानान्तरण पश्चात एनसीसीको शाखा संख्या ११२ पुग्ने जनाएको छ ।
बैंक अफ काठमाण्डको शाखा गल्छी र मिर्चैयामा
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले दुई शाखा विस्तार गरेको छ । बैंकले धादिङको गल्छी र सिरहाको मिर्चैयामा दुई शाखाबाट बैंकिङ कारोबार सुरु गरेको छ । गल्छी शाखाको बैंकका संचालक राधेश पन्त तथा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् । त्यस्तैगरी मिर्चैया शाखाको बैंकका संचालक गोविन्दप्रसाद शर्मा रेग्मी, मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकर साहले उद्घाटन गरेका थिए । बैंकले ७७ शाखा, ६७ एटीएम र ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
ज्योति विकास बैंकले ल्यायो भिसा डेविट कार्ड, १० वटा नयाँ शाखा विस्तार गर्दै
काठमाडौं । ज्योति विकास बैंकले ल्यायो भिसा डेविट कार्ड, १० वटा नयाँ शाखा विस्तार गर्दैकाठमाडौं । ज्योति विकास बैंकले भिसा डेविट कार्ड ल्याएको छ । बैंकले एसीटी डेविट काटर्डलाई विस्थापित गरेर भिसा डेविट कार्ड ल्याएको हो । ज्योति विकास बैंकले भिसा डेविट कार्ड सम्बन्धीत शाखाहरुबाट निःशुल्क उपलब्ध गराउने मसेत जनाएको छ । बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबिबिएस सेवा समेत उपलब्ध गराउँदै आएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम काउण्टर सञ्चालनमा छन् । बैंकले निकट भविष्यमै १० वटा नयाँ शाखा संचालनमा ल्याउने तयारी गरिरहेको छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढि खाताबाट १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्व ४३ करोड ऋण लगानी गरेको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी २ अर्व ५९ करोड पुग्नेछ ।