माछापुछ्रे बैकको सि-आस्बा प्रणाली सुरु
काठमाडौं । माछापुछ्रे बैंकले सि आस्बा रजिस्ट्रेशन नम्बर लिने व्यवस्था सुरु गरेको छ । बैंकले धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली आवश्यक हुने भएकाले यो प्रणाली सुरु गरेको हो ।बैंकले सबै शाखाहरुमा बिहिबार बाटै यो प्रणालीको सुरुवात गरेको जनाएको छ । यदि ग्राहकले अनलाईन आवेदन दिन चाहेमा सिडिएस् एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा प्रदानगरिएको मेरो शेयर सेवाआफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमा गई उक्त सेवा लिन बैंकले अनुरोध गरेको छ । बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकको प्रयोजनमा सिंह ऐरी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह एरीलाई प्रयोजन गरेको छ । बैंकको ११ औं बार्षिक उत्सवमा ऐरीलाई १ वर्षसम्म प्रयोजन गर्ने सहमति गरेको हो । अन्डर १९ राष्ट्रिय क्रिकेटका कप्तान समेत रहेका ऐरीले बैंकसँग १ वर्षसम्म ४ लाख रुपैंया लिने गरी सम्झौता गरेका हुन् । यसमा उनले मासिक २० हजार र बाँकी रकमको खेलकुद सामाग्री प्रदान गर्ने जनाएको छ । बैंकले आयोजना गरेका कार्यक्रममा बोल्दै बैंकका कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपाली क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह एरीलाई सम्मान गरेको बताए ।ो । बैंकले राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई सम्मान समेत गरेको छ ।
एनसीसी बैंकको संस्थापक सेयर १७० मा पनि बिक्री भएन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा रहको संस्थापक (प्रमोटर) सेयर बिक्री भएन् । संस्थापक सेयर बिक्रीका लागि मंगलबारसम्म म्याद थप गर्दा जम्मा ५ हजार ६ सय कित्ताका लागि मात्र आवेदन परेको छ । नेपाल इन्स्योरेन्सले एनसीसीमा रहेको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्युनतम मूल्य राखेर लिलामी गर्न लागेको हो । प्रतिकित्ता २५१ रुपैयाँसम्ममा किन्नका लागि आवेदन परेको बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । नेपाल इन्स्योरेन्सको निर्णय पर्खेको एनआईबीएलले जनाएको छ । सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन माघ २८ गतेसम्म पर्याप्त आवेदन नपरेपछि नेपाल इन्स्योरेन्सले फागुन ८ गतेसम्मलाई म्याद थप गरेको हो । सेयर खरिद गर्नेले बैंकले यसअघि घोषणा गरेको हकप्रद सेयर र अघिल्ला आर्थिक बर्षहरुको नाफाबाट दिने बोनस सेयर समेत पाउने व्यवस्था गर्दा पनि संस्थापक सेयर बिक्री भएन । प्रतिकित्ता न्युनतम १७० रुपैयाँ राखेर बोलपत्र आब्हान गर्दा पनि बिक्री नभएपछि एनबी समूहको २१० रुपैयाँको संस्थापक सेयर पनि बिक्री नहुने संभावना देखिएको छ । एनबीको संस्थापक सेयर नेपाल इन्स्योरेन्सको भन्दा ४० रुपैयाँ महंगो छ । एनबी समूहले न्युनतम मूल्य २१० रुपैयाँ राखेर ७० लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको भोलिपल्ट नेपाल इन्स्योरेन्सले पनि कम मूल्यमा बैंकमा रहेको संस्थापक सेयर लिलामी गर्ने सूचना प्रकाशित गरेको थियो ।