सन्जिव मानन्धर प्राइम बैंकको निमित्त सिईओमा नियुक्त

काठमाडौं । राष्ट्र बैंकले लगाएको उमेर हदका कारण प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर पदमुक्त भएपछि बैंक संचालक समितिको बैठकले जनरल म्यानेजर सन्जिब मानन्धरलाई निमित्त सीईओमा नियुक्त गरेको छ । मानन्धरलाई यसअघि नै उक्त बैंकको सिईओ बनाउने प्रक्रिया अघि बढाइएको थियो । वहालवाला सिईओ पदमुक्त भएपछि अहिले निमित्त सिईओको कार्यभार दिइएको छ । मंगलबार साँझ बसेको संचालक समितिको बैठकले सन्जिब मानन्धरलाई निमित्त सीईओको जिम्मेवारी दिएको बैंकका सञ्चालक गजेन्द्र बुढाथोकीले जानकारी दिए । नव नियुक्त मानन्धर यसअघि प्राइम बैंकमै जनरल म्यानेजरको भूमिकामा रहेका थिए । नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गरी बैंकका संचालक तथा सीईओहरुलाई उमेर हद लागू गरेको थियो । सो निर्देशन पश्चात नारायणदास मानन्धर सीईओबाट पदमुक्त भए र मानन्धरलाई निमित्त सिईओको कार्यभार दिइएको हो । सीईओ र सञ्चालक हुन उमेर हद तोकियो, सीईओको ६५ वर्ष र सञ्चालकको ७० वर्ष

सनराइज बैंकका अध्यक्ष दुगडलाई पदबाट हटाउन चलखेल शुरु, मंगलबार नै राष्ट्र बैंक पुर्याए नागरिकता

काठमाडौं । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडलाई पदबाट हटाउने चलखेल शुरु भएको छ । दुगड विदेश गएको बेलामा सनराइज बैंकका असन्तुष्ट पक्षका सञ्चालकहरु आफ्ना स्वार्थ बोकेर सलबलाउन थालेका छन् । मंगलबार दुगड बैंङ्लोर उडेकै दिन असन्तुष्टहरुले उनी विरुद्ध राष्ट्र बैंकमा चुक्ली लगाउन भ्याएका छन् । नियमन विभाग प्रमुख तथा कार्यकारी निर्देशन देवकुमार ढकालको भाइवरमा दुगडको नागरिकताको फोटोकपी पठाएका छन् । यसरी भाइवर गर्ने व्यक्ति को हुन् भन्ने कुरा स्रोतले खुलाउन मानेन् । तर, दुगडलाई अध्यक्षबाट बिदा गर्दा आफू अध्यक्ष बन्न सकिन्छ भन्ने आकांक्षीहरुको पहलमा यस्तो भएको अनुमान गरिएको छ । नागरिकता अनुसार २०७६ जेठमा दुगडको उमेर ७४ वर्ष पूरा भएको जनाउँदै अब उनी पदमा बस्न पाउँछन् कि पाउँदैनन् भनेर प्रश्न  समेत गरिएको स्रोतले बतायो । मोतिलाल दुगडले २०२१ फागुन १३ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट नगरिकता लिएको देखिन्छ । नागरिकता लिँदा उनको उमेर १९ वर्ष ८ महिना भएको जनाईएको छ । सोही आधारमा उनी दुई महिनाअघि नै ७४ वर्ष पूरा भएका छन् । गत सोमबार राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार ७४ वर्ष नाघेको व्यक्ति बैंकको सञ्चालक पदमा वहाल रहन सक्ने छैन । बैंकको सञ्चालक पदमा वहाल रहन नसक्ने व्यक्ति अध्यक्ष पदमा पनि रहन नसक्ने केन्द्रीय बैंकका अधिकारीहरु बताउँछन् । मोतिलाल दुगड यस बैंकको प्रमुख लगानीकर्ता हुन् । उनी बैंक स्थापनादेखि सञ्चालक छन् भने दुई कार्यकाल अध्यक्ष भएका छन् । उमेर हदका कारण बैंक छोड्नु परेपनि उनले इच्छाएको व्यक्तिलार्इ सञ्चालक बनाउन सक्ने बताइएको छ । जानकारहरुका अनुसार दुगड बैंकका अरु प्रमोटरभन्दा केही उदार छन् । बैंकभित्र आएका फरक मतलाई सकेसम्म समेटेर अगाडि बढ्ने उनको कार्यशैलीलाई धेरैले रुचाउने गरेको जानकारहरु बताउँछन् ।

राष्ट्र बैंकको निर्देशनपछि आज बैंकर्स संघको बैठक बस्दै, आक्रोशित बैंकरहरुले कस्तो निर्णय गर्लान ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशिकाप्रति बैंकरहरु आक्रोशित भएका छन् । नयाँ निर्देशिकाले बैंकिङ क्षेत्रमा गम्भीर असर देखा पर्ने बैंकरहरुको ठहर छ । राष्ट्र बैंकको पछिल्लो निर्देशनले उत्पन्न परिस्थितिको सामना कसरी गर्ने भन्ने बारेमा छलफल गर्न नेपाल बैंकर्स संघले आज बिहान ९ बजे पूर्ण बैठक बोलाएको छ । बैंकर्स संघको कार्यालयमा बस्ने बैंठकमा २८ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ)हरुको उपस्थिति रहने छ । राष्ट्र बैंकको निर्देशनमा उल्लेख भएको स्प्रेडको गणनाविधिले पार्ने असर, काउण्टर साइकल बफर, बैंकास्योरेन्स, अन्तरबैंक सापटीलाई सीसीडीमा गणना गर्न नपाइने, सीईओ र सञ्चालकको उमेर हदका बारेमा गम्भीर ढंगले छलफल गर्दै अब के गर्ने भन्ने ठोस् निर्णय हुने एक सिईओले बताए । बैंठकले राष्ट्र बैंकलाई निर्देशन सच्चाउन अनुरोध गर्न सक्ने र सच्चिने अवस्था सिर्जना नभए बैंक चलाउन नसक्ने ठहर सहित सबै बैंकहरुले सामुहिक रुपमा राष्ट्र बैंकमा साँचो बुझाउने निर्णय गर्न सक्ने बुझिएको छ । ‘निर्दयी’ निर्देशिकाले बैंकको नाफा ३५% सम्म घट्न सक्ने, राष्ट्र बैंकलाई साँचो बुझाउनेबारे छलफल बफर बढ्दा बैंकहरूको कर्जा दिने क्षमता घट्ने, पुँजी कोष वृद्धिको असर ‘सेयर रिर्टन अन इक्विटी’मा