१९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा माछापुछ्रे बैंकमा १९ प्रकारकै छुट

काठमाडौँ । माछापुच्छ्रे बैंक लि.ले १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न १९ प्रकारका छुट योजनाहरु ल्याएको छ । बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ । यसवर्षपनि बैंकले बैंकिङ्ग कारोबार शुरु गरेकोे १९ वर्ष पूरा गरी २० औं बर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको हो । बैंकले ग्राहकलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्नेछ भने डिम्याट खाता तथा मेरो सेयर खाता निस्शुल्क रुपमा खोलिदिने जनाएको छ । त्यस्तै माछापुच्छ्रे महोत्सव अन्र्तगत देशभरका भाटभटेनी सुपरमार्केटहरुमा माछापुच्छ«े बैंक लि. को डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरु खरीद गर्दा १० प्रतिशत सम्मको क्यास व्याक अफर सुविधा प्रदान गर्ने जनाएको छ । योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा बढीको समूहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बागलुङ्ग मालपोत कार्यालयमा

काठमाडौँ । प्रभु बैंकले बागलुङ्ग नगरपालिका स्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बागलुङ्गस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको असोज ०१ गते बागलुङ्ग मालपोत कार्यालयका कार्यालय प्रमुख केशबराज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णुप्रसाद शर्माले एक समारोहबीच संयूक्त रुपमा उद्घाटन गरेका हुन् । बागलुङ्ग जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब बिना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्ने बताइएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा नेपाल रेडक्रसलाई ५ लाखको चेक हस्तान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) र नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस)बीच (सीएसआर) अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रबद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सो सहमतिपत्र हस्ताक्षर गर्नुका साथै बैंकका प्रतिनिधीहरुद्घारा नेपाल रेडक्रस व्यवस्थापनलाई रु ५ लाखको चेक हस्तान्तरण गरिएको थियो । रक्तदान संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रबर्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्ने शिक्षामूलक प्रेरणादायी कार्यक्रमहरू सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले नेपाल रेडक्रसलाई यो आर्थिक सहयोग गरिएको हो । एनआईबीएलले विगतदेखि नै यस्ता किसिमका स्वास्थ्य हेरचाहका गतिविधिहरूमा पहल गर्दै आएको छ र सामाजिक विकासका साथसाथै त्यसमा व्यक्तिगत रुपमा सचेत र स्वस्थ्य व्यवहार सामेल गराउन आफ्नो भूमिका निर्वाह गर्ने यसको उद्देश्य रहेको हाे । यसरी, नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।