मुक्तिनाथ बैंकद्वारा व्यवसायिक साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दाङको तुलसीपुरमा आफ्ना कार्यक्षेत्रका स्थानीय उद्योगी, व्यवसायीहरुलाई व्यवसायीक साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा व्यवसायको खोजी तथा व्यवस्थापन, व्यवसाय दर्ता, बजार व्यवस्थापन, बजार प्रबद्र्धनका लागि आवश्यक कानुनी कागजात तथा कार्यविधी, दोहोरो लेखा प्रणाली, आय कर, मुल्य अभिबृद्धि कर ऐनमा भएका संसोधनहरुबारे जानकारी गराइएको थियो । साथै, वित्तीय कारोबार बारे चेतना जगाउने, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, व्यवसायमा जोखिम तथा न्युनिकरण लगायतको विषयमा चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । व्यवसायिक साक्षरता कार्यक्रममा ४० जना स्थानीय उद्योगी, व्यवसायीहरुको सहभागीता रहेको थियो भने उपस्थित सहभागीहरुले व्यवसायिक साक्षरता कार्यक्रम मार्फत व्यवसायीहरुको सम्बन्धित ज्ञानमा अभिबृद्धि भएको छ ।

सुर्खेतको छिञ्चुमा लक्ष्मी बैंकको ११७औं शाखा विस्तार

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११७औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएको छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझवित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ । यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११७ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

ससुराले ज्वाइलाई दिएकाे कराेडाैं कर्जा दक्षिणामा परिणत हुँदै, यसरी भयाे शक्ति दुरुपयोग

काठमाडौं । ससुरा बैंकको कार्यकारी अध्यक्ष । ज्वाई गार्मेन्ट कम्पनीको मालिक । ससुराले ज्वाईलाई व्यवसाय गर्न करोडौं रुपैयाँ कर्जा दिन्छन् । ज्वाईले बैंकबाट लिएको कर्जालाई ससुराले टिका लगाएर दिएको दक्षिणा झै प्रयोग गर्छन् । अर्थात बैंकबाट लिएको कर्जाको सावा व्याज केही पनि भुक्तानी गर्दैनन् । सुन्दा कथा जस्तो लाग्छ तर यो वास्तविक घट्ना हो । त्यो पनि पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक भित्रको घट्ना हो । जहाँ एउटै कर्जाको फाइलमा ३ अर्ब ८५ करोड मिनाहा गरिदैछ । बहुदल आएपछि नेपाली काँग्रेसको बहुमतको सरकार बन्यो । पञ्चायत ढलेर २०४७ सालको नयाँ संविधान बनेपछि निर्वाचित शक्तिशाली सरकार । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री । महेश आचार्य अर्थ राज्यमन्त्री । राज्यमन्त्री आचार्यले आफ्ना दाई राजेश्वर आचार्यलाई राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव गरे । प्रधानमन्त्री कोइरालाले सहमति दिए । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी अध्यक्षमा राजनीतिक नियुक्ती भयो । शुरु भयो बैंकमा राजनीतिक कार्यकर्तालाई कर्मचारीमा नियुक्त गर्ने र पार्टी निकट व्यक्तिलाई मागेजति कर्जा स्वीकृति । सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकको अधोगति यहिबाट शुरु भयो । खोलाको वगर र भीरपाखा धितो राखेर सरकारी बैंकबाट कर्जा लिने अभ्यास मौलाउँदै गयो । मौकामा चौका हान्नेहरुको लागि सुवर्ण अवसर थियो । त्यहिबेला चण्डिराज ढकालले राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिएका हुन् । उनले मोमेन्टो एपरल्स नामक गार्मेन्ट कम्पनी खाेलेका थिए । बैंकका कार्यकारी अध्यक्ष राजश्वेर आचार्य सुसुरा । मोमेन्टो एपरल्सका मालिक चण्डिराज ढकाल ज्वाई । ज्वाई सुसुराको मिलिभगतमा कमजोर धितो राखेर करोडौं रुपैयाँ कर्जा प्रवाह भयो । २०५० देखि २०५५ सम्म गार्मेन्ट उद्योग मौलाए । अमेरिकाको बजारमा नेपाली गार्मेन्टले पाउँदै आएको सुविधा अन्त्यपछि गार्मेन्ट उद्योगहरु थला परे । मोमेन्टो पनि थला पर्यो । कम्पनीले बैंकको ऋण भुक्तानी गरेन । वाणिज्य बैंकमा अनुसार २०५० सालमा शुरु कर्जा ३१ करोड ५६ लाख रुपैयाँ थियो । त्यसका नियमित व्याज ८६ करोड ४० लाख रुपैयाँ, पेलान व्याज ९ करोड २७ लाख रुपैयाँ, व्याज पुँजीकरण ३ अर्ब ५ करोड १८ लाख रुपैयाँ गरी असोज मसान्तसम्ममा कूल ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नु पर्ने हिसाब देखिएको छ । चण्डिराज ढकालले नियतबश कर्जा भुक्तानी नगरेको भन्दैं बैंकको सिफारिसमा कर्जा सूचना केन्द्रले उनको नाम र उनको कम्पनी मोमेन्टो एपरेल्सलाई कालोसूचिमा राखेको छ । कालोसूचीमा राख्नेबाहेक बैंकले कर्जा असुलीतर्फ अरु काम गरेन । २६ वर्ष पुरानो कर्जा असुलीमा बैंकले ठोस प्रयास किन गरेन ? बैंकका उच्च अधिकारी भन्छन् – ‘धितो कम छ । कर्जा धेरै छ । धितो बिक्रीबाट असुल हुनुपर्ने कर्जाको १० प्रतिशत पनि उठ्दैन ।’ मोमेन्टो एपिरियन्स र कृष्ण गार्मेट रेडियन्ट फन वेयर फेसन परियोजनाको नाममा ढकालले ९ करोड ३२ लाखको जग्गा र मेशिनरी उपकरण सहित धितो राखेर कर्जा लिएका थिए । कर्जा लिनका लागि त्यतिबेला धितोमा राखिएको मेशिनरी उपकरणको मूल्य घटेको छ भने जग्गाको मूल्य बढेको छ । २०७३ कात्तिकमा धितोमा राखिएको जग्गाको पुर्नमूल्यांकन गर्दा २० करोड १६ लाख रुपैयाँ धितोबाट असुली गर्न सक्ने देखिएको छ । ढकालले कर्जा धितोमा काठमाडौं सिनामंगलको २ रोपनी र झापाको भद्रपुरमा रहेको २ विगा १६ कट्ठा ८ धूर जग्गा राखेका छन् । ‘शुरुको अवस्थाबारे मलाई धेरै ज्ञान भएन । चण्डिराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएपछि शक्तिको दुरुपयोग गर्दै बैंकको कर्जा मिनाहा गर्न निरन्तर लागि परेका छन्’ एक जना पूर्व प्रमुख कार्यकारी अधिकृतले नाम नखुलाउने सर्तमा भने-‘माओवादी द्वन्द्वको बेलामा एसएलआर लिएर तपाई सिध्याइदिन्छु भन्ने धम्की पनि दिए । कर्जा मिनाह गर्न प्रधानमन्त्री तहबाट फोन समेत गराए । तर हामीले कर्जा मिनाह गर्न मानेनौं ।’ नेपाली काँग्रेसको राजनीतिक संरक्षण र ज्वाई ससुराको मिलिभगतमा प्रवाह भएको कर्जा यतिबेला नेपाल कम्यूनिष्ट पार्टीको संरक्षरण तथा ऋणी चण्डिराज ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठको मिलोमत्तोमा मिनाह गरिदैछ । राजनीतिक हस्तक्षेपले डुबेका सरकारी बैंकहरु विदेशीबाट करिब ८ अर्ब रुपैयाँ ऋण लिएर २०६० को दशकमा सुधार गरिएको थियो । २०७० को दशकमा फेरी यी बैंक जोखिमपूर्ण बाटोमा अगाडि बढेको जानकारहरु बताउँछन् । चण्डिराज ढकाललाई ३ अर्ब ८५ करोड ऋण मिनाह गरिदै, राजनीतिक संरक्षणमा बैंकलाई नोक्सानी