ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय पोखरामा
काठमाडौं । ग्रीन डेभलपमेण्ट वैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं ८, सभागृहचोक स्थित केन्द्रीय कार्यालयको औपचारिक रुपमा शुरुवात गरेको छ । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रममा नेपाल राष्ट्र वैंक पोखराका निर्देशक, विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न वडा कार्यालयका वडाध्यक्षका साथै विभिन्न निकायका व्यक्तिहरुको उपस्थिति रहेको वैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए । उक्तसमारोहमा वोल्दै मुख्य मन्त्री गुरुङले प्रदेश सरकारका निती तथा कार्यक्रममा ग्रीन डेभलपमेण्ट वैंकले योगदान गर्ने विश्वास व्यक्त गरे । राज्यको संघिय सरकार अन्र्तगत पर्ने वैंक तथा वित्तीय संस्थाले प्रदेश सरकारका कार्यक्रमहरुलाई पनी प्राथमिकता दिनुपर्नेमा जोड दिए । वैंकलाई गण्डकी प्रदेशको एकमात्र विकास वैंकको रुपमा विकास हुन शुभकामना दिदै गण्डकी प्रदेश सरकार र ग्रीन डेभलपमेण्ट वैंक विच मित मितको सम्वन्ध कायम भएको समेत वताए । उक्त कार्यक्रममा वोल्दै नेपाल राष्ट्र वैंक पोखराका निर्देशक डिल्लीराम पोख्रेलले कुल ग्राहस्थ उत्पादनमा योगदान पुर्याउन प्रदेश स्तरका वैंकको उल्लेख्य भुमिका रहने हुँदा स्थानिय पर्यटन र उत्पादनलाई जोड दिनुपर्ने वताए । वैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले वैंकले वागलुङ जिल्लावाट कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय स्थानान्तरण गरि वैंकको व्यवसाय वृद्धी सँगै स्थानिय पर्यटन, कृषी तथा स्थानिय उत्पादनसँग सम्वन्धित क्षेत्रमा कर्जा प्रवाह गर्नुका साथै वैंकले अत्याधुनिक वैकिङ सेवाहरु प्रदान गरिरहेको वताए । सो कार्यक्रममा डेभलपमेण्ट वैंकर्स एसोसियसनका उपाध्यक्ष तथा गण्डकी विकास वैंकका प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वलराम ढकाल लगायतले वैंकलाई शुभकामना प्रदान गरेका थिए । वैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक प्रकाश कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । वैंकले हाल कास्की, वाग्लुङ्ग र म्याग्दी जिल्लामा रहेका ११ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटिएम सेवा, कनेक्ट आईपिएस जस्ता सुविधाका साथ साथै वचत तथा मुद्यती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ । वैंकले छिट्टैनै नवलपुरको कावासोती र गैंडाकोटमा समेत शाखा विस्तार गर्न लागेको छ ।
एनआईसी एशिया र युनाईटेड इन्स्योरेन्सबीच प्रिमियम भुक्तानी सम्बन्धि सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच प्रिमियम भुक्तानी सम्बन्धि सम्झौता भएको छ । एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका हुन् । सम्झौतामा बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछ । सम्झौतासँगै ग्राहकवर्गहरुले छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सक्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ । बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल १९ लाख ग्राहक रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको जानकारी दिएकाे छ ।
सिद्धार्थ बैंकको नयाँ शाखा चितवनको दुई स्थानमा, संख्या १७५ पुग्यो
काठमाडौं । सिद्धार्थ बैंकले चितवनको मंगलपुर र पदमपुरमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७५(४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९२ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथाकर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।