प्रभु बैंकको १९८औं शाखा रसुवाको टिमुरेमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबारदेखि रसुवा जिल्लाको टिमुरेमा १९८ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गोसाईकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले गरेका हुन् । यस बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ । बैंकको टिमुरे शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । उक्त शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने र सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ ।
जाली फटाहाहरूसँग मिल्नै पर्ने बैंकर्सकाे बाध्यता र बैकिङ क्षेत्रमा बढ्दाे असुरक्षा- मनाेज ज्ञवाली
हो, गएकाे ३/४ वर्षमा बैंकिङले ऐतिहासिक फड्को मारेको छ। ८ दशकको बैंकिङ ईतिहासमा यो ३/४ वर्षको पूँजी वृद्धि, व्यापार वृद्धि, शाखा वृद्धि हेर्यो भने विगत ३/४ वर्ष एकातिर अनि बाँकी पुरै अबधि अर्कोतर्फ राख्दा पनि यो ३/४ वर्ष भारी हुन्छ। तर हामीले बिर्सिनु नहुने कुरा भनेको व्यवसाय वृद्धि तथा नाफा वृद्धिसंगै बैकिङ जोखिम पनि त्यहि अनुपातमा वृद्धि हुने सम्भावना रहन्छन्। बेलैमा चनाखो हुन सकियो भने नोक्सानी कम हुन्छ। जुन हिसाबले विगत ३/४ वर्षमा बैंकिङको व्यवसाय र शाखा संजाल विस्तार भयो यसले बैंक तथा वित्तीय संस्थाहरुमा बेग्लै होडबाजी ल्यायो। यो अबधिमा धेरै कुरा नौला भएर आए । केहि संस्था र कर्मचारीहरु अपबादका रुपमा रहे पनि समग्रमा र बुँदागत रूपमा बैकिङ क्षेत्रको चित्र तल उल्लेख गरिए जस्ताे रह्याे । १. कति बैंकमा बर्ष मै एउटा शाखामा ३/४ जना शाखा प्रबन्धक परिवर्तन भए। अलि स्थापित भईनसकेका र नयाँ बैंकका कर्मचारीहरु ६/६ महिनामा पदोन्नति लिँदै अरु संस्थाहरु तिर भागदौडमा लागे। अनुभव कम पद ठूलोसँगै जिम्मेवारी बढि हुने स्थिति रह्यो। २. राष्ट्र बैंकका निर्दैशन र आन्तरिक नीति नियम राम्ररी नबुझेरै कति बैकर शाखा प्रबन्धक त कति विभागीय प्रमुख भैसके । ३. २/३ बर्ष पनि बैकिङ अनुभब नभएका बैंकरलाई शाखा प्रबन्धक बनाएर धेरै शाखाहरु चले । ४. कर्मचारी तानातान गर्ने बैकिङको नीतिले ६/६ महिनामा जागिर परिवर्तन गर्ने कर्मचारी बढे । बैंक व्यवस्थापनले यसलाइ नै प्रोत्साहित गर्याे। ५. बैंक व्यवस्थापनलाई सबैभन्दा बढि चाप व्यवसाय बिस्तारको पर्यो अनी क्वालिटीमा कम्पर्माइज गरेर क्वान्टीटी बढाउने तर्फ व्यवस्थापन अग्रसर भयो। ६. दीर्घकालीन रणनीति भन्दा चौमासिक व्यवसायको प्रतिस्पर्धी होड नै बैंकिङको मुल लक्ष्य बन्यो। दीर्घकालीन लक्ष्य लिई अघि बढ्नुपर्छ, कम्प्लायन्स र क्वालिटीलाई फाेकस गर्नुपर्छ भन्ने सीईओहरुलाई बैंकिङमा टिक्न हम्मे हम्ने पर्यो भने कतिपय राम्रै छवी रहेका सीईओहरुले बीच मै छोड्नु पर्यो। ७. बैंकिङको पर्फर्मेन्स इन्डिकेटर नै व्यवसाय र नाफा बृद्धिलाई लिईयो। सफलताको मापन गर्ने कुरा त्यही मात्रै भयो चाहे व्यवस्थापन होस, संचालक समितिमा होस् या पत्रकारका लागि । ८. शाखा खोल्ने होडबाजी चलिरह्यो। बैंकका कुनै शाखामा ३/४ महिनापछि ग्राहक जाँदा सबै कर्मचारी नयाँ हुनेसम्म भयो। जेनतेन २/४ वर्ष बैकिङ गरेको बैंकर खोजेर बीएमको जिम्मेवारी सुम्पेपछि अरु सबै जुनियर असिस्टेन्ट लेभलका नौसिखिया बैंकरहरु राखी कति शाखा चले कति । ९. कर्जा ग्राहकहरुलाई ८/९ प्रतिशतको ब्याज १४/१५ प्रतिशत पुर्याउदा पनि उनी चुप लागिरहे। बैंकरहरुले ब्याज बढाईरहे। पुगेन भनेर अलि ब्याज घटाएर सर्भिस चार्जको रुपमा सहकारीको भन्दा बढि दरमा बैकिङले असुली रह्यो, कर्जा ग्राहकहरु निरिह भई तिरिरहे। १०. व्यवसाय बृद्धि र नाफाको यो प्रतिस्पर्धाले बैकिङले ग्राहक हित कतै बिर्सियो त कतै बैकिङ इथिक्स त कतै नीति निर्दैशनका लुपहाेल्सहरुलाई प्रयोग गर्यो। बैंकिङ साँच्चिकै आर्थिक समृद्धिको संवाहकको रुपमा भन्दा आफ्नै संस्था मुखी मात्रै हुँदै गयो धेरै संस्थाहरुको हकमा। ११. बैकले प्रविधिमा कति फड्को मार्यो? आन्तरिक नियन्त्रण प्रणालीमा कति सुधार गर्यो ? नीति विधि र अनुपालनलाई कति महत्व दियो भन्नु भन्दा पनि अर्को बैंकले यति गर्यो हामीले किन सकेनौँ भन्ने चर्चा मै बिते कैयौँ मिटिङहरु। १२. अर्को बैंक तथा बित्तीय संस्थाले जे प्रडक्ट ल्यायो, हामीले किन नल्याउने? उसले यो टेक्नाेलाेजिलाई एडप्ट गर्यो हामी किन नगर्ने ? बस देखासिकी र प्रतिस्पर्धा मै धेरै काम भयो । आफ्नो जरुरत र सम्बन्धित रिक्स एनालाईसिस्स ख्याल नै गरिएन । १३. तरलता अभाव कायम रहिरह्यो। नियमनकारी निकाएका अधिकारीको मौखिक निर्दैशनमा सहमति गरेका नयाँ बैंकहरुलाई आफ्नो निक्षेप बचाउन हम्मेहम्मे भैरह्यो। पुराना र स्थापित बैंकहरुको निक्षेपमा ब्याजदर र नयाँ बैंकहरुको एउटै हुँदा पनि नयाँ बैंकहरु भद्र बनिरहे। ब्यापार नबढ्ने, स्प्रेड घटाउनु पर्ने, संचालन खर्च बढ्नेसंगै कर्जा अलिकति बिग्रिदा साथ मुनाफा घट्यो अनि अर्को किचकिच शुरु। १४. बैकिङ कसुरले आफ्नो असर नराम्रैसँग देखायो। जाली धितोमा गएको कर्जामा हस्ताक्षर गर्ने जतिको कि त भागाभाग कि त जेल बसाई हुने नियम बनाई कार्यान्वयन गर्दा जालीहरु भाग्ने, ठगिने बैंकर जेल जाने अवस्था भयो। यसै डरले कति जालसाजलाई त बैंकरहरुले कारबाहि गर्न छोडी आफै मिलेर हिसाब मिलानसम्म गर्नु पर्ने अवस्था आयो। १५. क्षेत्रीय स्तरका संस्थाहरुलाई स्थापित हुन अझै गाह्रो भयो। ‘बिग मर्जर’ को असर खासै नदेखियता पनि ‘स्मल मर्जर’ हरु भईरहे। संस्थाहरु घटिरहे। १६. शाखा बिस्तारले गर्दा स्टाफ ट्रनओभर एकदमै बढ्यो। चाहिने भन्दा कम कर्मचारीले चलेका शाखाहरुमा नजानेर या नसकेर काेर बैंकिङ सफ्टवेरकाे यूजरनेम र पासवर्ड सेयर गरी कारोबार कति भए कति। ‘डुयल कि’मा रहनु पर्ने ‘भ्यालुट’ को दुईटै चाबी एउटै स्टाफले बोकेर चलाउनु पर्ने स्थिति रह्यो कति शाखामा। १७. व्यवसायिक कर्जाहरु रिन्युअल हम्मेहम्मे भयो। वित्तीय विवरणमा एकरुपता र कर तिरेको विवरणसँग मिलानको कारण। १८. नियमनकारी निकायका निर्देशन र फर्मुलाहरु हेरफेर छिटो छिटो भईरहे। १९. ट्रेनिङ एण्ड डेभलेपमेण्टमा खर्च राम्रै बढ्यो तर खर्च अनुसारको क्षमता र दक्षता बृद्धि कर्मचारीहरुमा बढेको देखिएन। २०. एनएफआरएस अनुसार तयार पारिएका वित्तीय विवरणहरु यूजरहरुलाई बुझ्न हम्मे हम्मे पर्यो। अहिलेसम्म भएका छुटफुट घटना बैकिङको लागी त्यति चिन्ताको बिषय नहोलान् तर यी घटनाहरुलाई हामी ठूलो संभावित जोखिमका पूर्व जनाउ घण्टिका रुपमा लिनुपर्छ। नियमनकारी निकायले निर्दैशन गरे भन्दा पनि माथि सोचेर आफ्नो संस्थाको जोखिम मूल्याङ्कन गरी समय मै तथोचित जोखिम व्यवस्थापनका विधिहरु अबलम्बन गर्न सकिएन भने बैकिङमा जालसाजी अझै बढ्ने, सम्पत्तिको गुणस्तर घट्दै जाने हुनसक्छ। यसैले बैंकिङको साख बचाईराख्ने कुरामा बेलैमा चिन्तनशील हुनु पर्ने देखिन्छ। (ज्ञवाली ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकत हुन् र उनकाे विचार फेसबुकबाट लिएकाे हाे )
कावासोती र धादिङ्गवेशीमा देवः विकास बैंकको शाखा विस्तार
काठमाडौं । देवः विकास बैंकको कावासोती नगरपालिका, वडा नं २ स्थित कावासोतीमा र नीलकण्ठ नगरपालिका, वडा नं ३ स्थित धादिङ्गवेशीमा संचालनमा आएका छ । कावासोतीमा एक औपचारिक समारोहबीच बैंक संचालक समितिका सदस्य सुदनरत्न बज्राचार्यले उद्घाटन गरेका हुन् । धादिङ्गवेशी शाखा कार्यालयका एक औपचारिक समारोहबीच बैंक संचालक समितिका सदस्य विजयराज शर्मा भूसालले उद्घाटन गरेका हुन् । सुदनरत्न बज्राचार्यले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको आर्थिक विकासमा हातेमालो गरी स्थानीयसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस क्षेत्रमा थप शाखा संचालनमा ल्याएको जनाए । यस शाखा कार्यालयको स्थापनाबाट अझ सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न बैंक अग्रसर रहेकोले सेवाग्राहीहरु थप लाभान्वित हुनेमा बैंक विश्वस्त रहेको बताए । कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्नु हुँदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुषालले बैंक साना तथा मझौला व्यवसायमा केन्द्रित रहने जानकारी दिए । कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष, डासुराम पोखरेलले देवः विकास बैंक लि., नवलपुर जिल्लामा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढाएकोमा शुभकामना व्यक्त गर्नु हँुदै उद्योगी व्यवसायीलाई कर्जा कारोवार गर्न उत्प्रेरित दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन बैकिङ्ग सेवालाई गाउँ तथा ग्रामिण क्षेत्रमा विकेन्दिकृत गरी स्थानीयस्तरमा उद्यमशीलताको विकास र आर्थिक अभिबृद्धि गर्नका लागि सहकार्य गरिने प्रतिवद्धता सहित सम्पूर्ण अतिथिहरुलाई स्वागत गरेका हुन् ।