दिपल इभीको ‘अनमिसेबल प्रि-बजेट अफर’ सार्वजनिक,  निःशुल्क बीमा र चार्जर पाइने

काठमाडौं । दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले 'अनमिसेबल प्रि-बजेट अफर' सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकले आकर्षक नगद छुट, पुरानो गाडीमा एक्सचेञ्ज बोनस, आगामी आर्थिक वर्षको निःशुल्क रोड ट्याक्स, कम्प्रिहेन्सिभ अटो प्लस बीमा, र ८.९९ प्रतिशत ब्याजदरमा २० प्रतिशत डाउनपेमेन्टमा कर्जा सुविधा पाउनेछन् । अफर वैशाख १० बाट सुरु भई ४५ दिनसम्म लागू हुनेछ । अफरमा निःशुल्क ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पनि दिइनेछ । नेपालमा एक वर्षमै ८ सयभन्दा बढी बिक्रीसहित शीर्ष लक्जरी इभी ब्रान्डको रूपमा स्थापित दिपल इभीमा ‘जेस्चर कन्ट्रोल’, ‘सनफ्लावर टचस्क्रिन’, ‘एआर–एचयूडी’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री फस्ट’ फिचरहरू छन् । एमएडब्लु वृद्धिले १०० भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालन गरेर दिपल इभी प्रयोगकर्ताका लागि सुलभ र भरपर्दो सेवा उपलब्ध गराएको छ । यस अफरमार्फत दिपल इभी खरिद गर्ने यो समयलाई कम्पनीले 'छुटाउनै नमिल्ने मौका' भनेको छ।

मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्‍यो कमाल

काठमाडौं । नयाँ कारको बिक्री युरोपमा २.८ प्रतिशतले बढेको देखिएको छ ।  उद्योगसम्बन्धी तथ्याङ्कअनुसार मार्च महिनामा विद्युतीय सवारीसाधन (ईभी) को दर्ता बढ्दा पेट्रोल र डिजेल कारको घट्दो दर्तालाई पूर्ति गरेको छ । युरोपेली अटोमोबाइल उत्पादक संघ (एसीईए) का अनुसार पूर्ण रूपमा ईभीको बिक्री मार्चमा २३.६ प्रतिशतले बढेको थियो। यसको महत्त्व किन ? युरोपेली कार उत्पादकहरूले घरेलु बजारमा उच्च लागत नियन्त्रण गर्ने र चीनबाट आएका गाडीहरूसँग प्रतिस्पर्धासँग जुधिरहँदा अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका २५ प्रतिशत आयात करहरूको असर खेपिरहेका छन्, जसले उद्योगको भविष्यमा अनिश्चितता ल्याएको छ । ट्रम्पको १४५ प्रतिशत चिनियाँ आयातमा कर र चीनको जवाफी करहरूले विश्वव्यापी आर्थिक वृद्धिको अनुमानलाई पनि तल झारेको छ, जसले अटोमोबाइल कम्पनीहरूलाई थप जोखिममा पारेको छ । मार्चमा युरोपेली संघ, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) मा बिक्री १४ लाख २० हजार कारमा पुगेको थियो, जुन अघिल्ला दुई महिनाको घट्दो प्रवृत्तिपछि आएको वृद्धि हो । फक्सवागन र रिनल्टको दर्ता क्रमशः १०.३ प्रतिशत र १३.० प्रतिशतले बढ्यो भने स्टेलान्टिसको बिक्री ५.९ प्रतिशतले घट्यो । टेस्लाको बिक्री लगातार तेस्रो महिनासम्म घट्दै २८.२ प्रतिशतले कम भयो र यसको बजार हिस्सेदारी २.९ प्रतिशतबाट घटेर २ प्रतिशतमा झर्‍यो । युरोपेली आयोगमा समग्र कार बिक्री वर्षको तुलनामा ०.२ प्रतिशतले घट्यो, लगातार तेस्रो महिनामा गिरावट देखियो । यद्यपि ब्याट्री इलेक्ट्रिक (बीईभी), हाइब्रिड इलेक्ट्रिक (एचईभी) र प्लग–इन हाइब्रिड (पीएचईभी) सवारीहरूको दर्ता क्रमशः १७.१ प्रतिशत, २३.९ प्रतिशत र १२.४ प्रतिशतले बढेको थियो । बीईभी, एचईभी वा पीएचईभीमध्ये कुनै पनि प्रकारका विद्युतीकरण सवारीहरूले मार्चमा युरोपेली संघमा ५९.२ प्रतिशत यात्रु कार दर्ताको हिस्सा ओगटेका थिए, जुन अघिल्लो वर्षको ४९.१ प्रतिशतबाट उल्लेखनीय वृद्धि हो । सबैभन्दा ठूला युरोपेली बजारहरूमा स्पेन र इटालीमा बिक्री क्रमशः २३.२ प्रतिशत र ६.३ प्रतिशतले बढेको थियो भने फ्रान्स र जर्मनीमा बिक्री १४.५ प्रतिशत र ३.९ प्रतिशतले घटेको थियो । बेलायतमा दर्ता १२.४ प्रतिशतले बढेको थियो । विश्वको दोस्रो ठूलो विद्युतीय सवारी बजार यूरोपमा विद्युतीय कारप्रति बढ्दो रुचि देखिनु नयाँ युरोपेली उत्सर्जन लक्ष्यहरू र सस्ता विद्युतीय मोडेलहरूको प्रक्षेपणसँग जोडिएको छ । यद्यपि, हालै ईयूले ती लक्ष्यहरू केही सहज बनाउने प्रस्ताव ल्याएको छ । भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा

'कांग्रेसको नीतिका कारण गाउँगाउँमा मोटरबाटो र यातायात पुग्यो'

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यातायात व्यवसायी र मजदुरको समस्या कांग्रेसले समाधान गर्ने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा पार्टी लाग्ने बताए । ‘यातायात क्षेत्रको लगानी देशको विकाससँग जोडिएको छ, यसको संरक्षण गर्ने जिम्मा सरकारको यो, तीनै तहसँग जोडिएको यातायात क्षेत्रको मुद्दालाई पार्टीले समन्वय गरेर समाधान निकाल्छ,’ उनले भने । उनले मुलुकको राजनीतिक अस्थिरता चिर्नका लागि कांग्रेस र एमालेबीच गठबन्धन भएको भन्दै गठबन्धनको मर्म र भावनाअनुसार सरकार अगाडि बढ्नुपर्ने बताए । सबै राजनीतिक दलसँग छलफल गरेर संविधान संशोधनमा सरकार लाग्नुपर्ने उनको भनाइ छ । कांग्रेस उपसभापति धनराज गुरूङले नेपालको रोजगारी सिर्जना गर्ने ठूलो सेवामूलक क्षेत्र यातायात क्षेत्र भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्नुपर्ने बताए । यातायात क्षेत्रले मुलुकले राम्रो राजस्व सङ्कलन गरिरहेको उनको भनाइ छ । उनले यातायात व्यवसायीले राखेको मागप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै माग सम्बोधनका लागि पार्टी लाग्ने विश्वास व्यक्त गरे । कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विसं २०४६ पछि कांग्रेस नेतृत्वमा बनेको सरकारले लिएको नीतिका कारण गाउँगाउँमा मोटरबाटो र यातायात पुग्न थालेको स्मरण गरे । मोटरबाटो र यातायातको विकासविना देशको विकास हुन नसक्ने उनको भनाइ छ ।  कांग्रेस नेता अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनको मारमा नेपालको यातायात क्षेत्र परेको बताए । उनले शिक्षकसँग यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताए । कृषिमन्त्री रामनाथ अधिकारीले सुरक्षित यात्राका लागि यातायात व्यवसायीले नागरिकमा विश्वास दिलाउन सक्नुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य सीता गुरूङ, शिवप्रसाद हुमागाईं बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँ, ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठलगायतले यातायात क्षेत्रमा गरिएको लगानी सुनिश्चित गर्नुपर्ने बताए ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले १२ खर्ब रुपैयाँ लगानी र १५ लाख श्रमिकलाई रोजगारी प्रदान गरेको यातायात क्षेत्रको पुँजी र श्रमको संरक्षण हुनुपर्ने बताए । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका अध्यक्ष योगेन्द्रनाथ कमाचार्य, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतम, नेपाल यातायात व्यवसायी सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालगायतले व्यवसायीको मुद्दामा एकजुट भएर अगाडि बढेमात्र आफ्नो माग सम्बोधन हुने बताए ।  उनीरूले सर्वोच्च अदालतले यातायात समितिलाई कायम राख्ने फैसला गरिसकेको भन्दै यसलाई कार्यान्वयनका लागि सरकारले काम गर्नुपर्ने बताए ।