अमेरिकी नीतिले यूरोपका कार कम्पनीहरूको मुनाफामा भारी धक्का

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल आयातमा २५ प्रतिशत महसुल लगाउने निर्णयपछि युरोपेली अटोमोबाइल कम्पनीहरूले पहिलो त्रैमासिक मुनाफामा तीव्र गिरावट भोगेका छन् । यससँगै धेरै कम्पनीहरूले आगामी वर्षको वित्तीय पूर्वानुमान फिर्ता लिएका छन् । ट्रम्पले अप्रिलको सुरुवातमा अमेरिकी बजारमा प्रवेश गर्ने अटोमोबाइलहरूमा उच्च महसुल लगाउने घोषणा गरेका थिए । त्यसको केही दिनमै उनले कार्यकारी आदेशमार्फत अन्य महसुलहरूसँग दोहोरो असर नपरोस् भनेर समायोजन गर्ने प्रयास गरे । उद्योग विश्लेषकहरू यस्तो अनिश्चित व्यापार नीति दीर्घकालीन लगानीका लागि बाधक बनिरहेको बताउँछन् । स्टेलान्टिसले फिर्ता गर्‍यो पूर्वानुमान जीप, डोज, फिएट, क्राइसलर र प्यूजोजस्ता ब्रान्ड सञ्चालन गर्ने स्टेलान्टिसले महसुलसँग सम्बन्धित अनिश्चितताका कारण आफ्नो २०२५ वर्षको वित्तीय मार्गनिर्देशन फिर्ता लिएको छ । कम्पनीले पहिलो त्रैमासिकमा ३५.८ अर्ब युरो आम्दानी गर्दै गत वर्षको तुलनामा १४ प्रतिशत गिरावट देखाएको छ । मर्सिडिजको मुनाफामा भारी गिरावट जर्मनीको मर्सिडिजले पनि २०२५ को आम्दानी अनुमान हटाएको छ । कम्पनीका अनुसार अहिलेको व्यापारिक अनिश्चितता, महसुल र क्षतिपूर्ति उपायहरूको कारण पूर्ण वर्षको नाफा अनुमान गर्न असम्भव छ । फक्सवागनले पनि दबाब महसुस गर्‍यो युरोपको सबैभन्दा ठूलो कार निर्माता फक्सवागनले पहिलो त्रैमासिकमा २.९ अर्ब युरो मुनाफा कमायो, जुन अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशत कम हो । कम्पनीले राजनीतिक अनिश्चितता र उत्सर्जन नीतिलाई मुनाफा घट्नुको कारण बताएको छ । भोल्भोले १८ अर्ब स्विडिश क्रोनर खर्च कटौती गर्ने स्विडेनस्थित भोल्भो कार्सले पनि २०२५ र २०२६ दुबै वर्षको वित्तीय मार्गनिर्देशन फिर्ता लिएको  छ। चीनको जीली होल्डिङको स्वामित्वमा रहेको कम्पनीले लागत कटौती योजना अन्तर्गत १.८७ अर्ब डलर बराबरको खर्च कटौती गर्ने जनाएको छ । पोर्शेले पनि बिक्री अनुमान घटायो फक्सवागन समूहअन्तर्गतको पोर्शेले २०२५ का लागि बिक्री राजस्वको अनुमान घटाउँदै ३७–३८ अर्ब युरो रहने जनाएको छ । कम्पनीका अनुसार अमेरिकी आयात महसुलको असर आगामी महिनामा अझ देखिनेछ । विश्लेषकहरूको चेतावनी मर्निङस्टारकी विश्लेषक रेल्ला सुस्किनका अनुसार ट्रम्पको पछिल्लो समायोजनले युरोपेली अटो कम्पनीहरूलाई केही राहत दिएको भए पनि दीर्घकालीन निर्णय लिन अझै अन्योल छ । उनले भनिन्, 'जबसम्म महसुल स्थायी हुने वा कति लाग्ने भन्ने स्पष्ट हुँदैन, कम्पनीहरूले दीर्घकालीन लगानी गर्न सक्दैनन् ।' नयाँ सीईओको खोजीमा टेस्ला  

नयाँ सीईओ खोज्न थालेको रिपोर्ट आएसँगै टेस्लाका सेयरमा गिरावट

काठमाडौं । टेस्लाका सेयरहरूमा रातभरको कारोबारमा करिब ३ प्रतिशतको गिरावट आएको छ । यो गिरावट लोकप्रिय ट्रेडिङ प्लेटफर्म रोबिनहुडमा देखिएको हो । कम्पनीको बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको स्थानमा नयाँ नेतृत्व खोज्न थालेको समाचार बाहिरिएसँगै गिरावट आएको हो । वाल स्ट्रिट जर्नलले स्रोतहरूलाई उद्दृत गर्दै रिपोर्ट गरेअनुसार टेस्लाका बोर्ड सदस्यहरूले विभिन्न कार्यकारी खोज कम्पनीहरूलाई सम्पर्क गरेर नयाँ सीईओ नियुक्तिको प्रक्रिया सुरु गरेका छन् । यो निर्णय टेस्लाको व्यापारिक अवस्थासँग पनि जोडिएको देखिन्छ । कम्पनीको बिक्री तथा नाफा दुबैमा तीव्र गिरावट आएको छ । पहिलो त्रैमासिकको नतिजा विश्लेषकहरूको अनुमानभन्दा कमजोर देखिएको छ । कम्पनीका चर्चित संस्थापक एलन मस्कको गतिविधिले पनि टेस्लाको प्रतिष्ठामा असर पारेको बताइएको छ । मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सहकार्यमा संघीय सरकारलाई सानो बनाउने योजनामा व्यस्त देखिएका छन् ।  उनले गत साता आयोजित टेस्लाको आम्दानी घोषणा कार्यक्रममा आगामी मे महिनादेखि हप्तामा एक–दुई दिन मात्र टेस्लामा समय दिने बताएका थिए । बाँकी समय उनी ‘सरकारी दक्षता विभाग’ (डोज) सञ्चालन गर्न खर्च गर्नेछन् । आर्थिक विवरण अनुसार टेस्लाको कुल आम्दानी यो वर्षको पहिलो त्रैमासिक (जनवरी–मार्च) मा वार्षिक रूपमा ९ प्रतिशत घटेर १९.३४ अर्ब डलरमा सीमित भयो । यो संख्या विश्लेषकहरूले अनुमान गरेको २१.११ अर्ब डलरभन्दा कम हो । टेस्लाको शुद्ध नाफा ७१ प्रतिशतले घटेर ४०९ मिलियन डलर (प्रति सेयर १२ सेन्ट) मा सीमित भएको छ, जुन अघिल्लो वर्षको १.३९ अर्ब डलर (प्रति सेयर ४१ सेन्ट) भन्दा निकै कम हो । यो वर्षको सुरुवातदेखि नै कम्पनीका सेयरहरू ३०.१३ प्रतिशतले घटिसकेका छन् । नयाँ सीईओको खोजीमा टेस्ला  

नयाँ सीईओको खोजीमा टेस्ला

काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लाको बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको उत्तराधिकारी खोज्न थालेको छ । वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार करिब एक महिनाअघि टेस्ला बोर्डका सदस्यहरूले विभिन्न कार्यकारी खोज कम्पनीहरूलाई सम्पर्क गरेका थिए । यस प्रयासको पछाडि मस्कको ट्रम्प प्रशासनमा बढ्दो संलग्नता मुख्य कारण भएको बताइएको छ । मस्कले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डोज) मा संघीय रोजगारी कटौती गर्ने अभियानको नेतृत्व गरिरहेका छन् । यसले गर्दा टेस्ला कम्पनीमा समय कम दिन थालेको भन्दै लगानीकर्ताहरू चिन्तित बनेका हुन् । मस्कले अतिदक्षिणपन्थी विचारप्रति झुकाव देखाउँदै आएका छन् । यसको असरस्वरूप अमेरिका र युरोपभर टेस्लाको सोरुम तथा चार्जिङ स्टेसनहरूमा विरोध प्रदर्शन र तोडफोडका घटनाहरूसमेत बढेका छन् । साथै टेस्लाको विक्री पनि निकै घटेको छ । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार टेस्ला बोर्डका सदस्यहरूले मस्कसँग भेट गरी उनले टेस्लामा बढी समय दिने सार्वजनिक प्रतिबद्धता जाहेर गर्न आग्रह गरेका थिए । तर मस्क स्वयं पनि बोर्ड सदस्य रहेकाले उत्तराधिकारी छनोटको योजनासम्बन्धी जानकारी उनीसँग थियो वा थिएन भन्ने अझै स्पष्ट भएको छैन । मस्कले भने हालै आफू ट्रम्प प्रशासनमा समय कटौती गरी टेस्लामा केन्द्रित हुने बताएका थिए । विश्वव्यापी प्रतिस्पर्धा बढिरहेको बेला टेस्ला अहिले गम्भीर मोडमा पुगेको छ । किफायती ईभी निर्माणको घोषणा गरे पनि मस्कले अब चालकविहीन ट्याक्सी र ह्युमानोइट रोबोटहरूमा कम्पनीको भविष्य देखिरहेका छन् । यस दृष्टिकोणकै आधारमा कम्पनीको मूल्य निर्धारण भइरहेको छ । यसैबीच टेस्लाका केही बोर्ड सदस्यहरू जस्तै सह–संस्थापक जेबी स्ट्राउबेल, प्रमुख लगानीकर्ताहरूसँग भेट गरी कम्पनी सुरक्षित हातमा रहेको सन्देश दिन जुटेका छन् । तर बोर्डले स्वतन्त्रता गुमाएको र मस्कलाई नियन्त्रण गर्न नसकेको आरोप पनि उठ्दै आएको छ । बोर्ड अध्यक्ष रोबिन डेनहोम स्वयं मस्कको विवादास्पद पारिश्रमिक प्याकेज समर्थन गरेकी छन्, जसका कारण उनको तलब र भूमिका पनि आलोचनाको केन्द्रमा परेका छन् । रिपोर्टअनुसार आठ सदस्यीय बोर्ड जसमा मस्कका भाई किम्बल मस्क र सञ्चारधनी रूपर्ट मर्डोकका छोरा जेम्स मर्डोक पनि छन्, अहिले एउटा स्वतन्त्र निर्देशक थप्ने प्रयासमा लागेको छ । संकटमा पोर्शेः अमेरिकी कर र चीनको बजार खुम्चिएपछि राजस्व लक्ष्य घटायो लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्‍यो कमाल भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा