लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा 'केई एक्सचेन्ज कार्निभल २०८२’ हुँदै

काठमाडौं । नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले 'केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन् । काठमाडौंस्थित थापाथली (केई शोरुम/हुन्डाई शोरुमको विपरित दिशा)मा आगामी बैशाख २६ देखि २८ गतेसम्म यो कार्निभल हुन लागेको हो ।  'केई एक्सचेन्ज कार्निभल २०८२’ मा केईका विद्युतीय सवारी साधनमा आकर्षक अफरहरू ल्याएको छ । सो कार्निभलमा पुराना गाडीसँग ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रो गरी केई ईभीका तीन मोडल विशेष अफरका साथ एक्सचेन्ज गर्न सकिने छ ।  कार्निभलका मुख्य आकर्षण ग्राहकहरूले यस एक्सचेन्ज योजना अन्तर्गत विशेष अन–द–स्पट सवारी साधन मूल्याङ्कन, उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट र प्रत्येक मूल्याङ्कनमा दुई जनाको लागि क्यूएफएक्स हलमा फिल्मका टिकटहरू प्राप्त गर्न सक्छन् । बीमा, सडक कर कभरेज र चयन गरिएका मोडेलहरूमा एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने जनाइएको छ । यसैगरी, प्रत्येक बुकिङको साथ रोमाञ्चक रिवार्ड प्राप्त गर्न सकिने छ । ई–क्युट सवारीसाधन सँग बोस्च जेट कार वासर र एक्स थ्री प्रो सवारीसाधनको साथ बोस्च वासिङ मेसिन प्राप्त गर्न सकिने छ । कार्निभलमा मनोरञ्जन र संगीत, रमाइला खेलहरू र सम्पूर्ण परिवारलाई संलग्न गराउने मनोरञ्जनात्मक गतिविधिहरू पनि हुने जनाइएको छ ।   चीनको सिचुआन प्रान्तको यिबिन शहरमा मुख्यालय रहेको केई अटो विश्वव्यापी रूपमा मान्यता प्राप्त सवारी साधन निर्माण कम्पनी हो । केई अटोले इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारी साधन उत्पादन गरिरहेको छ, जुन पूर्वी युरोप, मध्य पूर्व, अफ्रिका र दक्षिणपूर्व एशिया लगायत देश र क्षेत्रहरूमा निर्यात गरिन्छ ।  नेपालमा केईलाई जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटी प्रालिले वितरण गर्छ ।  

ल्यान्ड रोभरको अमेरिका गाडी निर्यात पुनः सुरु

काठमाडौं । ज्यागुआर ल्यान्ड रोभरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको २५ प्रतिशत ट्यारिफका कारण रोकिएको गाडी निर्यात पुनः सुरु गरेको छ । लन्डनस्थित टाइम्स पत्रिकाले यो जानकारी दिएको हो । प्रायः एक महिनापछि अमेरिकी बजारका लागि जेएलआरका गाडीहरू बुधबार बेलायतबाट पठाइएको रिपोर्टमा उल्लेख गरिएको छ । जेएलआरका प्रवक्ताले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा अमेरिका कम्पनीका लागि एक प्रमुख लक्जरी बजार रहेको जनाएको छ । 'हामी हाम्रा व्यवसायिक साझेदारहरूसँग नयाँ अमेरिकी व्यापार सर्तहरूलाई सम्बोधन गर्दैछौं । छोटो अवधिका योजनाहरू कार्यान्वयन भइरहेका छन् र मध्यमदेखि दीर्घकालीन रणनीतिहरू निर्माण गर्दैछौं । मे महिनामा वार्षिक नतिजासँगै थप विवरण दिनेछौं,’ विज्ञप्तिमा भनिएको छ । भारतको टाटा मोटर्स स्वामित्वमा रहेको जेएलआरले अप्रिलमा बेलायतमा उत्पादित गाडीहरूको अमेरिका निर्यात एक महिनाका लागि रोक्ने निर्णय गरेको थियो । यो निर्णय ट्रम्प प्रशासनद्वारा लागू गरिएको २५ प्रतिशत ट्यारिफको आर्थिक असरलाई मूल्याङ्कन गर्न गरिएको थियो । उक्त ट्यारिफ अप्रिल ३ देखि लागू भएको हो । अमेरिकी ट्यारिफका असरलाई कम गर्न राष्ट्रपति ट्रम्पले बिहीबार एक कार्यकारी आदेशमार्फत नयाँ योजना ल्याउने घोषणा गरेका छन् । उक्त आदेशमा आयातित गाडी तथा पार्टपूर्जामा लगाइने अन्य करहरूमा छुट दिइने र केही क्रेडिटहरू उपलब्ध गराइनेछ । यसैबीच, बेलायती लक्जरी कार निर्माता एस्टन मार्टिनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एड्रियन हेलमार्कले अमेरिकामा ट्यारिफका कारण उत्पन्न खर्च कम्पनी र ग्राहकबीच बाँड्ने योजना बनाइएको बताएका छन् । साथै अमेरिकी स्टक कम गर्दै नयाँ गाडीको निर्यात सीमित बनाइने उनको भनाइ छ । बेलायतको गाडी उद्योगमा करिब २ लाख मानिस प्रत्यक्ष रूपमा संलग्न छन् । युरोपेली आयोगपछि अमेरिका बेलायतमा निर्मित गाडीहरूको दोस्रो ठूलो आयातकर्ता हो, जसको हिस्सा झन्डै २० प्रतिशत रहेको बेलायती अटो उद्योग निकाय एसएमएमटीका तथ्यांकले देखाउँछन् । मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड संकटमा पोर्शेः अमेरिकी कर र चीनको बजार खुम्चिएपछि राजस्व लक्ष्य घटायो लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्‍यो कमाल भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा  

‘काईयी एक्सचेन्ज कर्निभल २०८२’ सुरु हुँदै, विद्युतीय गाडीमा छुट

काठमाडौं । विद्युतीय सवारी साधनलाई लोकप्रिय बनाउँदै वातावरणमैत्री यातायाततर्फ जनचासो बढाउने उद्देश्यले काईयी नेपालले ‘काईयी एक्सचेन्ज कर्निभल २०८२’ आयोजना गर्न लागेको छ। वैशाख २६ देखि २८ गतेसम्म थापाथलीस्थित काईयी शोरूम (हुन्डाई शोरूमको अगाडि) मा आयोजना हुने यो कर्निभलमा ग्राहकले पुराना गाडी साटफेर गर्न सक्ने, विद्युतीय गाडीमा आकर्षक छुट पाउने र विभिन्न उपहार जित्ने अवसर पाउनेछन् । कार्यक्रममा काईयी ई–क्युट ०२, ई–क्युट ०४ र एक्स३ प्रो ईभी जस्ता मोडेलमा विशेष नगद छुट, बीमा तथा सडक कर निःशुल्क प्रदान गरिनेछ । साथै, पुराना गाडीको अन–द–स्पट मूल्यांकन गरिनेछ र मूल्यांकन गराउने ग्राहकले सिनेमा हेर्ने दुई टिकट निःशुल्क पाउनेछन् । काईयी कर्निभलमा ग्राहकले नयाँ गाडीको अनुभव लिने, परीक्षण ड्राइभ गर्ने, एक्सचेन्ज अफरमा सहभागी हुने र मनोरञ्जनात्मक गतिविधि समेतमा सहभागी हुने वातावरण तयार गरिएको आयोजकले जनाएको छ । संगीत, खेलकुद र रमाइलो कार्यक्रमहरूले भरिपूर्ण यो कर्निभल सामान्य किनमेलभन्दा बढी एक उत्सव हुने बताइएको छ । काईयी नेपालले यस कर्निभलमार्फत नेपाली उपभोक्तालाई प्रविधिसँगै सुरक्षित, भरपर्दो र किफायती विद्युतीय सवारीतर्फ आकर्षित गराउने विश्वास व्यक्त गरेको छ ।