लुम्बिनीका विद्युतीय सवारी प्रयोग विहीन, राज्यको सम्पत्तिमा असर
काठमाडौं । लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो । कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । जसले राज्यको सम्पत्तिमा असर पारेको छ । यही वैशाख १३ गते लु१झ ६९६ नं को विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ । विसं २०८० चैत २३ गते सोही भ्यानलाई अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको देखेर स्थानीयले प्रहरीलाई बुझाएका थिए । कोषको सूचना शाखाका कर्मचारी राजन बस्नेतले उक्त सवारी अनधिकृत रूपमा चलाउँदा २०८० साल साउन १९ गते दुर्घटना भएको थियो भने भ्यान मर्मतका लागि २८ लाख रुपैयाँ खर्च लाग्ने प्राविधिकले जनाएका छन् । बस्नेतले चलाएको उक्त सवारीको ठक्करबाट लुम्बिनी सांस्कृतिक नगरपालिका-७ पक्डीहवाका ४० वर्षीय रविन्द्र यादव घाइते भएका थिए । साथै लु३१प १८६ नं को मोटरसाइकलमा ठूलो क्षति भएको उनको भनाइ छ । उनका अनुसार यहाँ लु१झ ६९४ नंको भ्यान पछाडितर्फ ठोक्किएको छ । ‘ढोकामा ह्यान्डल गायब छ भने एउटा पाङ्ग्रा खोलिएको छ । लु१झ ६९५ नं भ्यानको चारवटा पाङ्ग्रा पञ्चर भएको छ । पाँचमध्ये चार बसको एसी बिग्रिएको छ । लु १झ ३८४ नम्बरको बसमा अगाडिको सिसा फुटेको छ,’ उनले भने । एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गतको क्लिनइनर्जी योजनाबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारी कोषका नाममा विसं २०७९ जेठ १२ गते नामसारी भई आएका हुन् । विभिन्न दुर्घटनामा क्षतिग्रस्त भएका सवारीसाधन, तिनैमध्येबाट हुन् । लुम्बिनीमा ल्याइएका १४ भ्यान र ५ वटा विद्युतीय बस वातानुकूलित, अपाङ्गता मैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ । एकपटक पूरा चार्ज गरेपछि चार सय किमी गुड्न सक्ने उक्त बस/भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा पनि छ । अदालतले सेतोलाई हरियो नं प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न एक महिनाको समय सीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उक्त समय सीमा नाघीसकेपनि अवस्था जस्ताको त्यस्तै रहेको उनको भनाइ छ । ‘कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्य अनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौँ । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ,’ लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, ‘अब हरियो प्लेट बनाएर उद्देश्य अनुसारको प्रयोगमा ल्याइनेछ ।’
यामाहाको काठमाडौं उपत्यकाभरि एक्सचेन्ज अफर
काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई–पांग्रे सवारीसाधन पारखीका लागि एक्सचेन्ज अफर ल्याएको छ । यो अफर २०८२ बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरुमहरूमा लागु हुनेछ । यामाहा ब्लु फेस्टको सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज अवसर प्रदान गरेको हो । यस्ता छन् सुविधा : जुनसुकै ब्राण्डको पुरानो सवारीसाधनमा न्यूनतम २५ हजारको भ्यालुएसन (कर चुक्ताको प्रमाणपत्र अनिवार्य) एक्सचेन्ज भ्यालु अझ बढाउन थप १० हजारको अतिरिक्त भ्यालुएसन धरौटीबिना नै सजिलो फाइनान्सिङ सुविधा यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९ प्रतिशत व्याजदरमा सस्तो किस्ताबन्दी सुविधा थ्रील अफ थ्री अफर अन्तर्गत १ लाख रुपैयाँसम्मको स्योर शट छुट । उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोट्र्स ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिजहरू
निसानले वुहान कारखानामा सवारीसाधन उत्पादन अन्त्य गर्ने
काठमाडौं । निसान मोटरले चीनको वुहान कारखानामा सवारीसाधन उत्पादन सन् २०२६ मार्च ३१ भित्र अन्त्य गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो निर्णय वुहान कारखानाको सञ्चालन दर घटेपछि आएको हो, जसको वार्षिक उत्पादन क्षमता ३ लाख सवारीसाधन रहेको छ र जसले एरिया इलेक्ट्रिक गाडी र एक्स–ट्रेल एसयूभी उत्पादन गर्छ । चाइनिज कार निर्माता कम्पनीहरूसँगको तीव्र प्रतिस्पर्धाका कारण सञ्चालन दर घटेको यमिउरी पत्रिकाले पहिले नै रिपोर्ट गरेको थियो । डोङफेङ मोटरबाट भाडामा लिइएको उक्त सुविधामा सन् २०२२ मा सञ्चालन सुरु भएदेखि वार्षिक उत्पादन केवल करिब १० हजार ००० युनिट मात्र पुगेको एक स्रोतले जनाएको छ । जापानी कार निर्माता कम्पनी निसानले बिहीबार सन् २०२५ मार्च ३१ मा समाप्त भएको आर्थिक वर्षको लागि ७०० अर्ब येनदेखि ७५० अर्ब येन (४.८७ अर्ब डलर – ५.२२ अर्ब डलर) सम्मको अभिलेख उच्च शुद्ध घाटाको पूर्वानुमान गरेको छ ।