वीरगञ्जमा दिपल एस०५ सार्वजनिक, सुरु भयो टेस्ट ड्राइभ र एक्सचेन्ज

वीरगञ्ज । ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले वीरगन्जमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले भरिएको दिपल एस ०५ सार्वजनिक गरेको छ । बुधबार आयोजना गरिएको समारोहमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नायिका नीति शाह, वृद्धि ग्रुपका निर्देशक ओम प्रकाश सिकारिया, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, विरगञ्ज दिपल नोभस ब्रदर्सका अध्यक्ष अनुप अग्रवाललगायतले नयाँ दिपल एस ०५ लाई सार्वजनिक गरेका हुन् । दिपल एस ०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल मोडेल हो । दिपल एस ०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन सिल्ड ब्याट्री सिस्टम २.०’ समावेश छ, जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ । दिपल एस ०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिने कम्पनीको दाबी छ । साथै यसमा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किङ’को सुविधा छ, जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसमा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सिधै ‘विन्डसिल्ड’मा प्रोजेक्ट गर्छ । १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ । वीरगञ्जमा दिपलको नयाँ सोरुम, चारदिने टेस्ट ड्राइभ र एक्स्चेन्ज यसैबीच वीरगञ्जमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा नोभस ब्रदर्स प्रालिले दिपलका अत्याधुनिक ईभीको बिक्री वितरण र बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ । यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ । कार्यक्रममा दिपलका अत्याधुनिक ईभी लाइनअप कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताइरहेको दिपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।

लिपमोटर बी टेन : एकै चार्जमा काठमाडौं–पोखरा–काठमाडौं पूरा यात्रा सफल

काठमाडौं । नेपालमा इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्दै लिपमोटर बी टेनले हालै सम्पन्न परीक्षणमा काठमाडौं–पोखरा–काठमाडौं करिब ४५० किलोमिटर दूरी एकै चार्जमा सफलतापूर्वक तय गरेको छ। लोकप्रिय अटोमोटिभ कन्टेन्ट प्लेटफर्म ‘कारहरू’ द्वारा स्वतन्त्र रूपमा सञ्चालन गरिएको यस रेञ्ज टेस्टमा टोलीले लिपमोटर शोरुम, उत्तरढोका (काठमाडौं) बाट यात्रा सुरु गरी पोखरा लेकसाइड पुगेर पुनः काठमाडौं फर्किएको थियो । यो उपलब्धिले बीटेनको उच्च ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि र नेपालका सडकको अवस्थाहरूमा पनि स्थिर र विश्वसनीय प्रदर्शन गर्ने क्षमतालाई स्पष्ट प्रमाणित गरेको छ ।  यस सफल परीक्षणले लामो दूरीको यात्रा सहज, आरामदायी र आत्मविश्वासपूर्ण बनाउन सक्षम स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युगको सुरुवात गर्ने लिपमोटरले जनाएको छ।

सेप्टेम्बरमा २१ लाख विद्युतीय सवारी बिक्री

काठमाडौं । विश्वभरका विद्युतीय सवारीसाधन (ईभी) को बिक्री सेप्टेम्बर महिनामा ऐतिहासिक उचाइमा पुगेको छ । बजार अनुसन्धान संस्था आरएचओ मोसनका अनुसार पूर्ण रूपमा विद्युतीय र प्लग–इन हाइब्रिड सवारीसाधनको बिक्री गत वर्षको तुलनामा २६ प्रतिशतले बढ्दै २१ लाख इकाई पुगेको हो ।  यो वृद्धि मुख्य रूपमा चीनमा देखिएको बलियो माग र अमेरिकामा कर–राहत अन्त्य हुनुअघि देखिएको खरिद–हडबडीका कारण भएको हो । आरएचओ मोसनका डाटा प्रबन्धक चार्ल्स लेस्टरका अनुसार चीनले विश्वव्यापी बिक्रीको करिब दुई तिहाइ हिस्सा ओगटेको छ, जसमा करिब १३ लाख सवारीसाधन बिक्री भएका छन् । यसैबीच, उत्तरी अमेरिकामा पनि रेकर्ड स्तरको बिक्री देखिएको छ, किनभने अमेरिकी उपभोक्ताहरूले समाप्त हुँदै गएको कर–राहत योजना (७ हजार ५०० अमेरिकी डलर) को फाइदा लिन उत्साहपूर्वक ईभी खरिद गरेका थिए । चीन र अमेरिकाको अगुवाइ चीन विश्वकै सबैभन्दा ठूलो मोटर गाडी बजार हो र विश्वव्यापी ईभी बिक्रीको आधाभन्दा बढी हिस्सा चीनकै हो । सेप्टेम्बर महिनालाई सामान्यतया चीनमा सवारी खरिदको उच्च समय मानिन्छ । यसपटक उपभोक्ताहरूले पुराना सवारी साट्ने अनुदान समाप्त हुनुअघि बढीभन्दा बढी फाइदा लिन गाडी खरिद गरेका थिए । अर्कोतर्फ अमेरिकामा संघीय कर–राहत अन्त्य हुनुअघि मागमा तीव्र वृद्धि देखियो । तर, चौथो त्रैमासिकमा माग तीव्र रूपमा घट्ने अनुमान गरिएको छ किनभने उपभोक्ता र व्यवसाय दुवैले संघीय प्रोत्साहन गुमाउने मोसनले जनाएको छ । युरोपमा पनि नयाँ रेकर्ड युरोपमा समेत ईभी बिक्री उच्चतम स्तरमा पुगेको छ । जर्मनीमा सरकारी प्रोत्साहन योजनाहरू र बेलायतमा बढ्दो मागले बजारलाई थप बलियो बनाएको छ । साथै टेस्लाले सस्तो मूल्यको मोडेल वाई युरोपमा सार्वजनिक गरेपछि प्रतिस्पर्धा झन् तीव्र हुने अपेक्षा गरिएको छ । मोसनको तथ्यांकअनुसार सेप्टेम्बर महिनामा ब्याट्री–इलेक्ट्रिक र प्लग–इन हाइब्रिड सवारीसाधनको बिक्री २६ प्रतिशत बढेर २१ लाख इकाई  चीनमा करिब १३ लाख सवारीसाधन बिक्री युरोप : बिक्री ३६ प्रतिशत बढेर ४ लाख २७ हजार ५४१ एकाइ उत्तरी अमेरिका : बिक्री ६६ प्रतिशत बढेर करिब २ लाख १५ हजार एकाइ अन्य क्षेत्रहरू : बिक्री ४८ प्रतिशत बढेर १ लाख ५३ हजार ५९४ सवारीसाधन डाटा प्रबन्धक चार्ल्स लेस्टरका अनुसार संघीय कर–राहत समाप्त भएपछि वर्षको अन्तिम त्रैमासमा अमेरिकाको माग तीव्र रूपमा घट्ने अपेक्षा छ । उनका अनुसार केही प्रमुख निर्माता कम्पनीहरू जस्तै जनरल मोटर्स (जीएम) र हुन्डाईले बिक्रीमा आउने असर न्यून पार्न छुट योजना र डिलरमार्फत भण्डारण सवारीसाधन बिक्रीको रणनीति अपनाइरहेका छन् । तर समग्रमा उत्पादन स्तर घटाइएको छ । टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो