नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाको मेगा अफर

काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष ’टोयोटा मेगा अफर’ ल्याएको छ ।  आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्स्पोमा टोयोटाले आफ्ना ग्राहकहरूका लागि आकर्षक योजनाहरू सार्वजनिक गरेको हो ।  कम्पनीका अनुसार एक्स्पोमा टोयोटाका कुनै पनि गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले ’मेगा डिस्काउन्ट’ प्राप्त गर्नेछन् । यसका साथै, उनीहरूले विशेष ’प्ल्याटिनम कार्ड’ र खरिद गरिएको गाडीका लागि ’आजीवन निःशुल्क पिकअप तथा ड्रप’ को सुविधा पनि पाउनेछन् । यो सुविधाले गाडी सर्भिसिङका लागि लैजाने र ल्याउने झन्झटबाट ग्राहकलाई मुक्त गर्ने कम्पनीको विश्वास छ । एक्स्पोमा टोयोटाले आफ्ना दुई चर्चित मोडलहरू प्रदर्शनमा राख्नेछ। जसमा हालै बजारमा चर्चामा रहेको यारिस क्रस हाइब्रिड इलेक्ट्रिक र प्रतिष्ठित ल्यान्ड क्रुजर २५० समावेश छन् ।  यी गाडीहरूले आगन्तुकहरूलाई टोयोटाको नवीनतम प्रविधि र डिजाइन अनुभव गर्ने अवसर प्रदान गर्नेछन् ।  यसका साथै, एक्स्पोमा टोयोटाको स्टलमा अवलोकनका लागि आउने हरेक आगन्तुकले आकर्षक ’टोयोटा गिफ्ट ह्याम्पर’ प्राप्त गर्नेछन् ।  कम्पनीले यो विशेष ’मेगा अफर’ नाइमा मोबिलिटी एक्स्पो २०२५ मा गाडी बुकिङ गर्ने ग्राहकका लागि मात्र सीमित रहने स्पष्ट पारेको छ ।

‘फरथिङ फ्राइडे’ नेपालमा सार्वजनिक हुने, मूल्य ५६ लाख ९६ हजारदेखि सुरु

काठमाडौं । नेपालको विद्युतीय गाडी (ईभी) बजारमा अर्को एक प्रिमियम एसयूभी थपिने भएको छ । नेपालका लागि डोङफेङ फरथिङको आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटीले ‘फरथिङ फ्राइडे’ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीका अनुसार यो गाडी यही साउन २१ गतेदेखि काठमाडौंमा आयोजना हुने ‘नाडा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मार्फत औपचारिक रूपमा सार्वजनिक गरी बिक्री-वितरण सुरु गरिनेछ । मूल्य र भेरियन्ट कम्पनीले फरथिङ फ्राइडेलाई दुई भेरियन्टमा बजारमा ल्याउनेछ । जसअनुसार लग्जरी भेरियन्टको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ र एक्जुकेटिभ भेरियन्टको मूल्य ६२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । ब्याट्री, पर्फर्मेन्स र चार्जिङ फरथिङ फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ । यसलाई ११ किलोवाटको एसी चार्जरले पूर्ण चार्ज गर्न ५.५ घण्टा लाग्ने कम्पनीको दाबी छ । त्यस्तै, १२० किलोवाटको डीसी फास्ट चार्जरले ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न केवल ३५ मिनेट लाग्नेछ, जसले लामो दूरीको यात्रालाई सहज बनाउनेछ । आकर्षक डिजाइन र फिचरहरू आकर्षक डिजाइनमा उपलब्ध यो एसयूभीको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ भने यसमा २७१५ एमएमको लामो ह्वीलबेस पाउन सकिन्छ । गाडीमा पानारोमिक सनरुफ, १९ इन्चको स्पोर्टस् टायर, १०.२५ इन्चका दुईवटा स्क्रिन, ३६० डिग्री क्यामेरा, लेदर सिट र क्रिस्टल गियरनब जस्ता प्रिमियम फिचरहरू समावेश छन् । यसका साथै मेमोरीसहितको इलेक्ट्रीक सिट, इलेक्ट्रीक टेलगेट, हिटिङ र भेन्टिलेटेड फ्रन्ट सिट, तथा सिट मसाज जस्ता आरामदायी सुविधा पनि छन् । सुरक्षाका लागि यो ईभीमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, एडप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक पार्किङ जस्ता एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम  फिचरहरू दिइएको छ । लक्ष्मी ग्रुप नेपालको अटोमोबाइल क्षेत्रमा एक स्थापित नाम हो, जसले हुन्डाई, बीएमडब्लू जस्ता विश्वप्रसिद्ध ब्राण्डहरूको आधिकारिक विक्रेताको रुपमा काम गर्दै आएको छ । हालै ग्रुपले नेपालकै पहिलो फोरह्वीलर गाडी एसेम्ब्ली प्लान्ट, लक्ष्मी मोटर कर्पोरेसन, समेत सञ्चालनमा ल्याइसकेको छ । 

बीवाईडी सिलायन ७ को बिक्री सुरु, अर्ली बर्ड अफरमा २ लाख सस्तो

काठमाडौं । बीवाईडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी सिलायन ७ इलेक्ट्रिक एसयूभीको औपचारिक बिक्री सुरु गरेको छ । यो मोडल गत वर्षको नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरिएको भए पनि अब मात्र यसको व्यावसायिक रूपमा बजारमा प्रवेश भएको हो । सिलायन ७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने, अर्ली बर्ड अफर अन्तर्गत २ लाख छुट दिँदै कम्पनीले हाल ७२ लाख ९९ हजारमा बिक्री शुरू गरेको हो । यस एसयूभीमा ७१.८ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक राखिएको छ, जसले एक पटकको फुल चार्जमा ४४० किलोमिटर रेन्ज प्रदान गर्न सक्ने कम्पनीको दाबी छ । बीवाईडीको ई–प्लेटफर्म ३.० मा निर्मित यो गाडीमा बीवाईडी एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, सेल–टु–बडी प्रविधि, प्याटेन्टेड ब्लेड ब्याट्री टेक्नोलोजी, डबल विसबोन सस्पेन्सन, ३६० डिग्री प्यानोरामिक भ्यु, भेइकल टु लोड लगायतका अत्याधुनिक फिचरहरू दिइएका छन् । डिजाइनका हिसाबले, सिलायन ७ मा सिल आकारको हेडलाइट, क्लोज अफ ग्रिल, १९ र २० इन्चका ड्युअल टोन अलोय ह्विल, फ्लश टाइप डोर ह्यान्डल र एलईडी टेललाइट सहितको एग्रेसिभ स्पोर्टी लुक दिइएको छ। स्टोरेजको हिसाबले यसमा ५८ लिटरको फ्रन्ट ट्रंक र ५२० लिटरको बुट स्पेस रहेको छ, जसलाई पछाडिको सिट फोल्ड गरेर १७८९ लिटरसम्म विस्तार गर्न सकिन्छ । यसको इन्टेरियरमा रोटेटेबल १५.६ इन्च टचस्क्रिन, १०.२५ इन्च डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, हिटेड र भेन्टिलेटेड सिट, ५० वाट वायरलेस चार्जर, हेड-अप डिस्प्ले र सनशेडसहितको प्यानोरामिक ग्लास रूफ लगायतका प्रिमियम फिचरहरू समावेश छन् । सुरक्षाको लागि, गाडीमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर अन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल तथा रियर कोलिजन वार्निङ सुविधा पनि उपलब्ध गराइएको छ । एसयूभीले नेपाली बजारमा प्रिमियम ईभीको अनुभवमा नयाँ उचाइ ल्याउनेछ र दिगो मोबिलिटीतर्फको यात्रामा थप गति प्रदान गर्ने साइमेक्स इंकको विश्वास छ ।