स्काईवेल जी मोटर्सको नयाँ ईभी डेलिभरी र १० लाखसम्मको सहयोग योजना सार्वजनिक

काठमाडौं । स्काईवेल जी मोटर्स परिवारले दशैंलाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस योजनामा सहभागी हुनका लागि ग्राहकले आफ्नो क्षतिग्रस्त सवारीसाधनको प्रमाणित बीमा क्लेम डकुमेन्ट नजिकको स्काईवेल शोरुममा बुझाउनुपर्नेछ ।  त्यसपछि तुरुन्तै नयाँ स्काईवेल ईभीको डेलिभरी उपलब्ध गराइनेछ । यस विशेष योजनामा सहभागी हुने ग्राहकले १० लाखसम्मको सहयोग पाउनेछन् । साथै हरेक स्काईवेल ईभी खरिदमा नयाँ आईफोन १७ उपहारस्वरूप प्रदान गरिने जी मोटर्सले जनाएको छ । स्काईवेल जी मोटर्स प्रालिले नेपालीहरुको महान चाड दशैंको अवसरमा सबैमा शुभकामनासमेत व्यक्त गरेको छ।

ह्युन्डाईको ‘दशैं तिहार, १० गुणा उपहार’ : धनगढीका अभिषेक चौधरीले जिते १० लाख रुपैयाँ

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल, नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरकले दशैं-तिहार अफर 'दशैं तिहार, १० गुणा उपहार' अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ । धनगढीका अभिषेक चौधरीले ह्युन्डाई क्रेटा खरिद गरी स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँ जित्ने पहिलो भाग्यशाली ग्राहक बन्न सफल भएका छन् । कम्पनीले चौधरीलाई विजेता घोषित गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ । गत भदौ २ गतेदेखि सुरु भएको यो अफरअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर सुविधा पाउने व्यवस्था गरिएको छ । त्यसैगरी, हरेक ह्युन्डाई गाडीमा तीन वर्षको वारेन्टी र छ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । ह्युन्डाई नेपालले सम्पूर्ण ग्राहकलाई नजिकको शोरुममा गइ 'दशैं तिहार, १० गुणा उपहार' अफरको लाभ लिन आमन्त्रण गरेको छ ।

टाटा मोटर्सको दशैं-तिहार अफर : गाडीमा पाँच लाखसम्म छुट र माल्दिभ्स कपल ट्रिपको अवसर

काठमाडौं । दशैं-तिहारको अवसरमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकका लागि ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कम्पनीले आफ्ना लोकप्रिय इलेक्ट्रिक मोडेलदेखि इन्टरनल कम्बशन इन्जिन (आईसिई) मोडेलसम्म आकर्षक छुट र सुविधा प्रदान गर्ने जनाएको छ । ग्राहकहरूले टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी जस्ता नयाँ पुस्ताका इलेक्ट्रिक गाडी छनोट गर्न सक्नेछन् । कम्पनीका अनुसार यी मोडेलहरूले यात्रामा सहजता, आधुनिकता र आत्मविश्वास दिनेछन् । त्यस्तै पेट्रोल तथा डिजेलप्रति आकर्षित ग्राहकका लागि टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसिई मोडेलहरूमा पनि विशेष अफर उपलब्ध हुने बताइएको छ । इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकलाई जीवनभर निःशुल्क डिसी फास्ट चार्जिङ सुविधा, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, सम्पूर्ण बीमा कवरेज, विभिन्न एक्सेसोरिज उपहार र आकर्षक छुट प्रदान गरिनेछ । साथै, लक्की ड्रमार्फत एक भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप जित्ने अवसर पाउनेछन् । यस्तै, पेट्रोल र डिजेल मोडेल रोज्ने ग्राहकका लागि नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र इम्बोस्ड नम्बर प्लेटको सुविधा दिइने कम्पनीले जनाएको छ । यो अफरमार्फत ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् । सिप्रदी ट्रेडिङले देशभरका सबै शोरुममार्फत यो अफर लागू गरेको छ ।