दशैं-तिहारमा टाटा जेन्युइन पार्ट्स किनेर जित्नुहोस् बाइकदेखि स्मार्टफोनसम्म
काठमाडौं । मोटर्सका टाटा जेन्युइन पाट्र्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पाट्र्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैं–तिहार तथा छठ पर्व लक्षित विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले स्थगित गरिएको योजनालाई पुनः सुरु गर्दै ‘पर्वको बेला टाटा जेन्युइन पाट्र्सको मेला’ नामक आकर्षक अभियान ल्याएको हो । यस योजनाअन्तर्गत ग्राहकहरूले टाटा जेन्युइन पाट्र्सको हरेक खरिदमा ग्यारेन्टीसहित एक हजारसम्मका क्यासब्याक कुपन प्राप्त गर्न सक्नेछन् । साथै लक्की ड्रमार्फत बम्पर उपहारसहित विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पनि पाउनेछन् । अफरहरू : एक लाखभन्दा बढीको खरिदमा १५० सीसीको बजाज पल्सर (बम्पर उपहार) ७५ हजारभन्दा बढीको खरिदमा – १२५ सीसीको टीभीएस स्कुटर २५ हजारभन्दा बढीको खरिदमा – स्मार्ट टिभी ५ हजारभन्दा बढीको खरिदमा – स्मार्टफोन कम्पनीका अनुसार टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेकलगायतलाई दिगो संरक्षण दिनुका साथै मर्मत खर्चमा बचत गर्ने र गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ र
उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन, कोरला नाकासम्म पुग्ने इभीलाई राहत
काठमाडौं । जोमसोम-कोरला राजमार्ग सडक अन्तर्गत उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना गरिएको छ । चार्जिङ स्टेसनको बुधबार लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले शुभारम्भ गरे । अध्यक्ष विष्टले पछिल्लो चार्जिङ स्टेसन सञ्चालनमा आएपछि उपल्लो मुस्ताङ र कोरला नाकासम्म पुग्ने विद्युतीय सवारीसाधनका लागि ठूलो सहयोग मिलेको बताए । जोमसोमदेखि माथिल्लो क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन नहुँदा कोरलासम्म जाने यात्रुले जोमसोममै विद्युतीय सवारी छाडेर जानुपर्ने अवस्था थियो । चार्जिङ स्टेसन ओमडा एण्ड जेको नेपाल कम्पनीले सञ्चालनमा ल्याएको हो । उक्त कम्पनीका प्राविधिक कृष्ण पोखरेलले चराङमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी क्षमताको प्रसारण लाइन नभएकाले तत्कालका लागि सामान्य चार्जिङ स्टेसन स्थापना गरिएको बताए । स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफलपछि चार्जिङ स्टेसन स्थापना गरिएको पोखरेलले बताए । चार्जिङ स्टेसन स्थापनाले स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै वातावरणमा पनि सहयोग पुग्ने उनको विश्वास छ ।
रेसिङ अटोमोबाइल्सको नयाँ ‘नो एक्सिडेन्टल रेकर्ड’ प्रमाणपत्र वितरण सुरू
काठमाडौं । रेसिङ अटोमोबाइल्सले नयाँ पहल सुरु गरेको छ । बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी रेसिङ अटोमोबाइल्सले नयाँ पहल सार्वजनिक गरेको हो । रेसिङ अटोमोबाइल्सले अबदेखि बिक्री गर्ने हरेक गाडीको 'नो एक्सिडेन्टल रेकर्ड सर्टिफिकेट' वितरण गर्ने घोषणा गरेको हो । यस प्रमाणपत्रमार्फत ग्राहकले खरिद गर्ने गाडी कुनै पनि दुर्घटनामा नपरेको थाहा पाउनेछन् । यदि भविष्यमा गाडी दुर्घटनामा परेको पुष्टि भयो भने कम्पनीले ग्राहकलाई गाडीको खरिद मूल्य फिर्ता गर्ने ग्यारेन्टी पनि दिने जनाएको छ । कम्पनीका अनुसार यो कदम पुराना सवारीसाधनमा सामान्यतया रहने 'गम्भीर दुर्घटना र गुणस्तर नहुने' धारणा हटाउन र पारदर्शिता सुनिश्चित गर्न लिइएको हो । यस अवसरमा कम्पनीले आफ्नो नयाँ प्रमोसनल जिङ्गल पनि सार्वजनिक गरेको छ । जुन रेडियो तथा सामाजिक सञ्जालमार्फत प्रसारण गरिनेछ । सरकारले शोकको दिन घोषणा गरेको भए पनि विश्वकर्मा पूजाको परम्पराअनुसार कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ ।