इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज

काठमाडौं । टेस्लाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई कम्पनीमा टिकाइराख्न तयार गरेको करिब १ ट्रिलियन बराबरको तलब–प्याकेज आगामी नोभेम्बरमा हुने वार्षिक बैठकमा सेयरधारकहरूले स्वीकृत गर्ने प्रबल सम्भावना रहेको छ । यद्यपि यो रकम अत्यन्तै ठूलो हो । यो प्याकेज मस्कलाई कम्पनीमा स्थिर राख्ने र टेस्लाको प्रविधिगत भविष्यबारे उठेका चिन्ताहरू सम्बोधन गर्ने उद्देश्यले तयार गरिएको हो । कम्पनीका ठूला मालिकहरूले पर्याप्त लाभ पाउने आशामा यसलाई समर्थन गर्ने सम्भावना विश्लेषकहरूले बताएका छन् । शुक्रबार टेस्लाको बोर्डले यसलाई ‘एक अग्रगामी, महत्त्वाकांक्षी र अद्वितीय सीईओका लागि अति महत्त्वाकांक्षी प्रोत्साहन प्याकेज’ भनेर उल्लेख गर्दै आगामी दशकमा तोकिएका कमाई र मूल्यांकन लक्ष्यहरू पूरा गरेमा मस्कलाई करोडौं सेयर दिने योजना स्वीकृत गर्‍यो । यसले तुरुन्तै मस्कलाई ९६ मिलियन प्रतिबन्धित सेयर दिएको छ, जसको मूल्य शुक्रबारको कारोबार अनुसार ३१ बिलियनभन्दा बढी छ, जुन दुई वर्षमा क्रमशः प्राप्त हुनेछ । यससँगै मस्कको कम्पनीमाथि अझ बढी नियन्त्रण रहनेछ । कार्यकारी तलब–सम्बन्धी अनुसन्धान संस्था इक्वीलरअनुसार मस्कको २०२५ को कुल प्याकेज ११३ बिलियनभन्दा बढी मूल्यको छ । स्पेसएक्सका लगानीकर्ता र २०४० एड्भाइजरीका प्रिन्सिपल तौफिक रहिमले भने, ‘यो प्याकेज रोबोटिक्स र एआईमा आधारित भविष्यमा ठूलो बाजी हो । सेयरधारकहरूले समर्थन गर्न सक्छन्, तर यसले सामाजिक असमानताको गम्भीर प्रश्न खडा गर्छ, जुन दीर्घकालीन रूपमा अस्थिर रहनेछ ।’ बोर्डका अनुसार यो प्याकेज मस्कलाई कम्पनी छोड्न नदिन र टेस्लालाई कृत्रिम बौद्धिकता (एआई) तथा रोबोटिक्स शक्तिशाली कम्पनीमा रूपान्तरण गर्न लक्षित गरिएको हो । उनीहरूका अनुसार, मस्क मात्र यस्तो क्षमता भएका व्यक्ति हुन् जसले टेस्लाको पूर्ण सम्भावना अनलक गर्न सक्छन् । मस्कको धम्की र विवादित २०१८ तलब–योजना बोर्डले खुलासा गरेको अनुसार मस्कले एकभन्दा बढी पटक टेस्ला छोड्ने धम्की दिएका थिए । बोर्डलाई डर थियो कि उनले छोडेमा कम्पनीका एआई विशेषज्ञहरू पनि पलायन गर्नेछन् । यो ३१ बिलियन बराबरको सेयर प्याकेज आंशिक रूपमा २०१८ मा स्वीकृत ५६ बिलियनको तलब–योजनाको क्षतिपूर्ति हो, जुन गत वर्ष डेलावेयर अदालतले अमान्य ठहर गरेको थियो । यदि मस्क अदालतमा केस जिते भने यो दोहोरो लाभ हुने छैन । सेयरधारकको स्वीकृति र आलोचना इक्वीलरका अनुसार यो कुनै पनि सीईओलाई दिइएको सबैभन्दा ठूलो तलब–योजना हो । कानुनी चुनौती आउन सक्ने भए पनि विश्लेषकहरूले सेयरधारकहरूले यसलाई अन्ततः अनुमोदन गर्ने अपेक्षा गरेका छन् । टेस्लाका तीन प्रमुख लगानीकर्ता भानगार्ड ग्रुप, ब्लाकरक र स्टेट स्ट्रीटले तत्काल प्रतिक्रिया दिएका छैनन् । तर विगतमा भानगार्ड र ब्लाकरकले मस्कको २०१८ तलब–प्याकेजलाई समर्थन गरेका थिए । यता श्रमिक संगठन र सार्वजनिक कोष व्यवस्थापकहरूले भने यसलाई अस्वीकार गर्न सेयरधारकहरूलाई आग्रह गरेका छन् । अमेरिकी शिक्षक महासंघकी अध्यक्ष राण्डी वाइनगार्टेनले भनेकी छिन्, ‘यो बोर्डको गलत निर्णय हो । यसले कम्पनीको सुशासन कमजोर पार्छ ।’ मस्क हाल टेस्लाको करिब १३ प्रतिशत नियन्त्रणमा छन् । विवादित २०१८ को योजनासहित उनको स्वामित्व १९.७ प्रतिशत पुग्छ । नयाँ प्याकेजले उनले कम्पनीको कम्तीमा २५ प्रतिशत स्वामित्व पाउने सम्भावना बढाउनेछ । यदि सबै लक्ष्य पूरा भए भने टेस्लाको मूल्य ८.५ ट्रिलियन पुग्न सक्नेछ, जुन हाल माइक्रोसफ्ट, मेटा र अल्फाबेटको संयुक्त मूल्यभन्दा बढी हो । तर सबै पक्ष सकारात्मक छैनन् । निया इम्प्याक क्यापिटलका संस्थापक क्रिस्टिन हलले यसलाई ‘गैरजिम्मेवार निर्णय’ भन्दै लगानी अनुसन्धान र अधिग्रहणतर्फ लगाउनुपर्ने पैसा मस्कलाई दिइनु अनुचित भएको बताइन् । एजे बेलका विश्लेषक ड्यान कोट्सवर्थले भने, ‘मस्क एक दूरदर्शी व्यक्ति हुन्, तर यो तलब–योजना अत्यधिक छ । कम्पनी प्रतिस्पर्धीहरूले ओभरटेक गरिरहेका बेला र मस्ककै गतिविधिका कारण टेस्लाको ब्रान्ड कमजोर भइरहेका बेला यस्तो निर्णय गलत सन्देश दिन्छ ।’ ‘एकातिर बोर्डलाई लाग्छ कि मस्क कम्पनीका लागि बोझ हुन सक्छन्, अर्कोतिर उनलाई रोक्न ‘जति रकम चाहिन्छ’ भनेर दिन तयार छन् । वास्तवमा मस्कले आफ्नो पद सुरक्षित गर्न लड्नुपर्ने हो, न कि बोर्डले उनलाई रोक्न,’ उनले थपे । शुक्रबार टेस्लाको सेयर ३.६ प्रतिशतले बढेर ३५०.८४ मा बन्द भयो । यद्यपि २०२५ को सुरुवातदेखि हालसम्म १३ प्रतिशतले गिरावट आएको छ । युरोपेली बजारमा चिनियाँ इलेक्ट्रिक कारहरूको आक्रामक प्रवेश विश्वकै ठूलो ईभी निर्माता बीवाईडीको नाफा घट्दै, उत्पादन विस्तार योजनामा ढिलाइ पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत

हुन्डाईको आधुनिक शोरूम वीरगञ्जमा

काठमाडौं । नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले वीरगञ्ज(११ मा आफ्नो नयाँ हुन्डाई शोरूमको औपचारिक उद्घाटन गरेको छ ।  यसले वीरगञ्ज, सिमरा, कलैया, चन्द्रनिगाहपुर र अन्य नजिकका क्षेत्रका ग्राहकहरूको लागि हुन्डाईका प्रिमियम गाडीहरू र सेवाहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वीरगञ्जको यो नयाँ शोरूम आधुनिक पूर्वाधारसहित निर्माण गरिएको हो । नयाँ शोरूमाले नेपालभरि आफ्नो नेपालमा पहुँच विस्तार गर्ने र ग्राहकहरूलाई थप सहजता प्रदान गर्ने हुन्डाईको प्रतिबद्धतालाई झल्काउँछ। हुन्डाई लामो समयदेखि नेपालका सबैभन्दा विश्वासिलो अटोमोबाइल ब्रान्डमध्ये एक हो।  रामग्राम, नवलपरासीमा नेपालको पहिलो चार(पाङ्ग्रे गाडी असेम्ब्ली प्लान्टको सुरुवातसँगै लक्ष्मी ग्रुपले देशको अटोमोबाइल क्षेत्रमा हुन्डाईको नेतृत्वलाई अझ बलियो बनाएको छ । वीरगञ्ज शोरूम हुन्डाईको देशभरि उत्कृष्ट यातायातका विकल्पहरू प्रदान गर्ने ठूलो योजनाको एक हिस्सा हो ।

इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट शोरुम, टेस्ट ड्राइभ र एक्सचेन्ज पनि सुरु

काठमाडौं ।  नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले कोशी प्रदेशको महत्त्वपूर्ण बजार इटहरीमा नयाँ स्टेट अफ आर्ट शोरुमको उद्घाटन गरेको छ ।  इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र दिपल इटहरीको डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई तथा राधा ढकालले संयुक्त रुपमा अत्याधुनिक सोरुमको उद्घाटन गरे । यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज पनि सुरु भएको छ ।  भाद्र २० देखि २३ गतेसम्म चल्ने कार्यक्रममा दिपलका अत्याधुनिक इभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताइ रहेको दिपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सकिने छ ।  भर्खरै सम्पन्न नाडा अटो सो स्टपरका रूपमा चर्चित दिपल एस ०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल सावित भएको छ ।  यो एक्सचेन्जमा ग्राहकले चारवटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउने कम्पनीले जनाएको छ ।  यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिने जनाइएको छ । शुक्रबार इटहरीमा सार्वजनिक भएको दिपल एस ०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल मोडेल हो ।