वीरगञ्ज भन्सार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

वीरगञ्ज । चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख रुपैयाँ मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप, कार र भ्यानहरु आयात भएका छन् ।  गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै वृद्धि भएको छ ।  गत आवको तीन महिनामा भने ९७  मात्रै विद्युतीय जीप,कार र भ्यानहरु आयात भएको थियो । सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो । चालु आवको तीन महिनामा विद्युतीय जीप,कार र भ्यान आयातबाट ४५ करोड ७२ लाख राजस्व सङ्कलन भएको छ ।  वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली पनि पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि भएको बताए । गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख रुपैयाँ मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यानहरु आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधन आयातबाट नौ करोड ११ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको थियो ।   चालु आवको तीन महिनामा २८ करोड ७९ लाख रुपैयाँ मूल्य पर्ने दुई हजार एक सय ९४ विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने २१ करोड १७ लाख रुपैयाँ मूल्य पर्ने एक हजार चार सय ८१ विद्युतीय मोटरसाइकल आयात भएको थियो । रासस

चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

काठमाडौं । इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा सेयर सूचीकृत गर्दै १४.३ अर्ब हंगकंग डलर (करिब १.८ अर्ब अमेरिकी डलर) जुटाएको छ । कम्पनीले सेयर मूल्य निर्धारण गर्दा आफूले तय गरेको अधिकतम मूल्यमा सूचीकरण गरेको र डिलको आकार बढाउने विकल्प पनि प्रयोग गरेको हो । आइतबार जारी गरिएको स्टेटमेन्ट अनुसार चोंगकिंगमा अवस्थित र हुवाए टेक्नोलोजिज कम्पनी लिमिटेडको ईभी साझेदार कम्पनी सेरेसले करिब १०८.६ लाख कित्ता सेयर प्रति सेयर १३१.५० हंगकंग डलरमा बिक्री गरेको बताएको छ । यसमा अतिरिक्त ८.४ लाख सेयर पनि समावेश छन्, जसले प्रस्तावित सेयर संख्यामा करिब ८.४५ ले वृद्धि गर्‍यो । लिस्टिंग मूल्य शाङ्घाई स्टक एक्सचेन्जमा शुक्रबारको बन्द मूल्य १५५.१९ युआनभन्दा २२५ कम रहेको छ, जहाँ सेरेसका शेयर पहिले नै कारोबार भइरहेका छन् । सेरेसका हङकङमा सूचीकृत भएका शेयरहरूको ट्रेड बुधबारबाट सुरु हुनेछन् । यो वर्ष हङकङमा सूचीकृत भएका १ अर्ब डलरभन्दा बढी रकम उठाउने यो आठौँ कम्पनी हो । हङकङमा भएको कुल लगानी संकलन २०२५ का लागि ब्लूमबर्ग इन्टेलिजेन्सले अनुमान गरेको २६ अर्ब डलरभन्दा बढी भइसकेको छ । सेरेसको स्थापना सन् १९८६ मा भएको हो । सुरूमा यसले स्प्रिङ र शक अब्जर्भर उत्पादन गर्थ्यो, पछि मोटरसाइकल र अन्ततः यसले आफूलाई इलेक्ट्रिक सवारी साधनतर्फ विस्तार गर्‍यो । हुवाएसँगको साझेदारी सेरेसका लागि महत्वपूर्ण मोड साबित हुँदैछ । ब्लूमबर्गका अनुसार विश्लेषकहरूको अनुमानमा, यस वर्ष सेरेसको नाफा ७२५ ले बढेर १०.२ अर्ब युआनको रेकर्डसम्म पुग्ने अपेक्षा छ । सेरेसको सूचीकृत प्रक्रिया चाइना इन्टरनेसनल कर्पोरेसन र चाइना ग्यालेक्सी सेक्युरिटिज कम्पनीले संयुक्त रूपमा सम्हालेका छन् ।   

‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ लक्की ड्रको ग्राण्ड रिभिल अब कार्तिक २८ गते हुने

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले सञ्चालन गरेको 'पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला' अभियानअन्तर्गत ग्राहकहरूले कार्तिक २७ गते सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुनसक्ने भएका छन् । योजनाअनुसार खरिदको समयमा नै अधिकतम एक हजार रुपैयाँसम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ । प्रारम्भिक जानकारीअनुसार कार्तिक २१ गते लक्की ड्र रिभिल गर्ने भनिए पनि, ग्राहकहरूको उत्साह, सहभागीता र सहजतालाई मध्यनजर गर्दै ग्राण्ड लक्की ड्र कार्यक्रमलाई सारेर कार्तिक २८ गते सार्वजनिक गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । लक्की ड्रबाट छनोट भएका विजेताहरूको नाम सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । यस अभियानअन्तर्गत उपहारका रूपमा बम्पर उपहारमा बजाज पल्सर १५० सीसी मोटरसाइकल, दोस्रो मुख्य उपहारमा टीभीएस एनटीओआरक्यु १२५ स्कुटर, तथा अन्य उपहारमा स्मार्ट टिभी र स्मार्टफोनहरू राखिएका छन् । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी गरिएको यस अफरले नेपालभरिका टाटा सवारीसाधन प्रयोगकर्ताबाट उल्लेखनीय उत्साह र सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको कम्पनीको दाबी छ । सिप्रदी अटोपार्ट्सले सबै ग्राहकलाई कार्तिक २७ भित्रै टाटा जेन्युइन पार्ट्स खरिद गरी अफरमा सहभागी हुन आग्रह गरेको छ । कम्पनीका अनुसार टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स उच्च गुणस्तरका, टाटाद्वारा प्रमाणित र सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण कम्पोनेन्टहरूको आयु वृद्धि गर्ने तथा गाडीको प्रदर्शन सुदृढ बनाउने गुणले सम्पन्न छन् । यही कारणले टाटा जेन्युइन पार्ट्स नेपालभरका व्यावसायिक एवं निजी सवारी प्रयोगकर्ताबीच विश्वासिलो ब्रान्डका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ । नेपालमा टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले सदैव सक्कली पार्ट्स र भरपर्दो बिक्रीपछिको सेवामार्फत ग्राहकहरूको विश्वास कायम राख्दै आएको जनाएको छ ।