यामाहाको आयोजनामा ‘महा एक्सचेन्ज मेला’ सुरु, सहभागीले २१ लाखसम्म जित्न सक्ने

काठमाडौं । यामाहाको ‘महा एक्सेन्ज मेला’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित उक्त मेला वैशाख २२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यस महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले घोषणा गरेको छ । साथै, यस ‘महा एक्सचेन्ज मेला’मा सहभागी भएर एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरिद गर्ने ग्ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९x१००० टाइम्स’मा सहभागी हुने अवसर पाउनेछन् । यसअनुसार ग्राहकले दैनिक रूपमा दुई लाख सात हजार ९०० र बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म जित्न सक्नेछन् । एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट राइडका सहभागीमध्येबाट हरेक दिन एकजनाले माउण्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्ने अवसर पनि रहेको छ । यसैगरी, मेलामा यामाहाका कुनै पनि बाइक/स्कुटर लिन चाहनेहरूका लागि “अन द स्पट फाइनान्स” सुविधा पनि उपलब्ध रहेको छ । उक्त फाइनान्स सुविधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइक/स्कुटर लिन पाउने कम्पनीले जनाएको छ । यस मेलाबाट धेरैभन्दा धेरैले लाभ उठाउने कम्पनीले विश्वास लिएको छ ।

जोन डियर ट्रयाक्टर नेपाल भित्रिएको २० वर्ष पूरा

काठमाडौं । नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पूरा भएको छ। एमभी दुगड ग्रुपले नेपालमा उक्त ट्रयाक्टर भित्र्याएको हो । एमभी दुगड ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स् प्रालिका १५० जनाभन्दा बढी कर्मचारीको उपस्थितिमा कम्पनीले चन्द्रागिरि हिल्स लिमिटेडमा विशेष समारोहको आयोजनासमेत गरेको छ । कार्यक्रममा जोन डियर इण्डिया प्रालिका सेल्स एण्ड मार्केटिङ निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जोन) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन आदिको उपस्थिति थियो । दुई दिनसम्म चलेको कार्यक्रममा ग्रुपका अध्यक्ष मोतीलाल दुगडले जोन डियरसँगको २० वर्षे सहयात्रा ऐतिहासिक र खुसीको भएको बताए । कम्पनीले लामो समयदेखि कार्यरत कर्मचारीलाई सम्मान गर्नुका साथै उत्कृष्ट कर्मचारीहरुलाई अवार्ड पनि वितरण गरिएको थियो।

स्कोडा नेपालको योजना : कम्प्लिट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स

काठमाडौं । एमएब्लु इन्टरप्राइजेज प्रालि नेपालको लागि स्कोडाको आधिकारिक आयातकर्ताले नयाँ योजना ‘कम्प्लिट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स’ घोषणा गरेको छ । यस योजनामा ग्राहकहरूले मात्र १० लाखको डाउन पेमेन्टमा स्कोडा कुशकको स्वामित्व लिन सक्नेछन् र गाडीको २ वर्षको नि:शुल्क आवधिक सर्भिसिङ पाउनेछन्। एमएब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार नयाँ योजना सबै ग्राहकहरूलाई विशेष गरी एसयूभी खण्डहरूमा प्रवेश गर्न चाहनेहरूलाई फाइदा पुग्ने गरी डिजाइन गरिएको हो। स्कोडा कुशक नेपालमा एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन फरक भेरियन्टमा उपलब्ध छ । यसमा अवार्ड-विजेता नयाँ टीएसआई प्रविधि सहितको ए लिटर इन्जिन छ जसले ११५ पीएस र १७८ एनएम टर्क उत्पादन गर्छ। स्कोडा गाडीहरू निर्माण गुणस्तर, ड्राइभिङको आनन्द, आराम, सुरक्षा र प्रदर्शनका लागि परिचित छन्।