चांगनको गाडी किन्दा दुई लाख ५० हजारसम्म छुट
काठमाडौं । नयाँ वर्षको अवसरमा चांगनले गाडी खरिदकर्ताका लागि विशेष छुट योजना ल्याएको छ । कम्पनीले ‘एभ्री थिङ न्यू, एभ्री थिङ प्रिमियम’ नारासहित नयाँ वर्ष स्किम सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको यो स्कीम वैशाख महिना भरी लागू हुनेछ । यस अफरको फाईदा लिन चाहने ग्राहकले चंगानको नक्शालस्थित शोरुम जानुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले यस अफर अन्तर्गत २.५ लाखसम्म नगद छुट, १ लाखसम्मको एक्सचेन्ज टपअप र १ वर्षको निःशुल्क बीमा सुविधा उपलब्ध गराएको छ । साथै, ग्राहकले हरेक टेष्ट राइड र एक्सचेन्जमा पनि उपहार पाउने छन् । साथै, यो स्कीमको पहिलो ५ जना प्रारम्भिक बुकिङ कर्ताले थप लाभ पनि पाउने कम्पनीले जनाएको छ ।
फेसलिफ्ट सहितको परिमार्जित स्कोडा कोडियाक अब नेपाली बजारमा
काठमाडौं । युरोपबाट आयात गरिएको फेसलिफ्ट सहितको नयाँ स्कोडा कोडियाक नेपाली बजारमा लन्च गरिएको छ । लन्च भएसँगै नेपालीहरूले मन पराई माग राम्रो रहेको कम्पनीले जनाएको छ । कोडियाक सन् २०१८ मा नेपाली बजारमा लन्च भएको थियो । चेक ब्रान्डले कोडियाकको भावनात्मक डिजाइनलाई थप विकास गरी यसको एरोडायनामिक सुधार गरेको कम्पनीले जनाएको छ । रौनक अग्रवाल, स्कोडा डिभिजन–एमएडब्लु इन्टरप्राइजका कार्यकारी निर्देशकले भने, ‘नयाँ स्कोडा कोडियाक डिजाइन सौन्दर्य, आराम, इञ्जिन र गतिशील क्षमताहरूका साथै पूरै विचार गरेर केबिन थपिएको छ । धेरै सेग्मेन्टका प्रमुख सुविधाहरू र बेजोड सुरक्षाका साथ, स्कोडा कोडियाक परिवारका लागि पूर्ण सुविधा सम्पन्न प्याकेज हो ।’ पुनः डिजाइन गरिएको फ्रन्ट र अझ रग्डरुप स्कोडाले कोडियाकको अपिरियन्यसमा विशेष परिमार्जन गरेको छ, सफल एसयूभीलाई अझ धेरै रग्ड लुक प्रदान गर्दै यसको एरोडायनामिक्सलाई पनि अनुकूलन÷अप्टिमाइज गरेको छ। माथिल्लो र आकर्षक बोनेट र नयाँ डिजाइन गरिएको, थप ठाडो स्कोडा ग्रिलले कारलाई हेर्दा अझ बढी आकर्षक देखाएको छ। एड्याप्टिभ फ्रन्ट हेडलाइट प्रणालीका साथ एलईडी हेडलाइटहरू उल्लेखनीय रूपमा स्लिम छन् र, पुनः व्यवस्थित फगलाइटहरूसँग, अँध्यारोमा पनि राम्रोसँग देखिने सुविधा सिर्जना गर्दछ। अझ आरामदायी विशेषताहरुले यसको इन्टेरियरलाई पु¥याएको छ नयाँ स्तरमा स्कोडाले कोडियाकको भित्री भागलाई नयाँ डेकोरेटिभ स्ट्रिपहरू, थप कन्ट्रास्टीङ स्टिचिङ र परिष्कृत एलईडी एम्बियन्ट लाइटिङ फंक्सन प्रदान गरेर नयाँ स्तरमा लैजान्छ। पहिलो पटक, ठूला एसयूभीका विकल्पहरूको दायरामा एर्गोनोमिक, पर्फोरेटेड–लेदर सिटहरू समावेश छन्, जसमा तताउने विकल्पको साथ मल्टिवे इलेक्ट्रिक सीट समायोजन छ। क्यान्टोन साउन्ड सिस्टम अर्को वैकल्पिक अतिरिक्त विशेषता हो, जसले ड्यासबोर्डमा केन्द्रीय स्पिकर र बुटमा सबवुफरको अतिरिक्त दस स्पिकरहरू प्रदान गर्दछ । भर्चुअल ककपिट १०.२५ इन्चको डिस्प्ले र स्टाइलका लागि चार विभिन्न लेआउटका साथ यसमा भर्चुअल ककपिट छ । डिजाइन कोडियाक सबैभन्दा अप्ठ्यारो भूभागहरूमा सजिलैसँग चलाउनको लागि बनाइएको कार मात्र होइन । यसको टोर्नाडो लाइनहरू, सटीक किनारहरू र क्रिस्टललाइनले यसमा विशिष्ट स्टाइल थप्दछ। ब्रान्डले कारको बहुमुखी चरित्र प्रतिबिम्बित गर्ने डिजाइनको साथ आफ्नो नयाँ डिजाइन भाषा एसयूभी सेग्मेन्टमा स्थानान्तरण गर्दछ। स्कोडा कोडियाकमा भएको एलिगेन्ट लाइनहरुको बोल्ड इन्टरप्ले, स्पोर्टी कन्टोर्स र रोबष्टनेशले यसलाई सजिलै चिन्न सकिने बनाउँछ। इन्जिन र ट्रान्समिसन २.० टीडीआईले ११० केडब्ल्यू (१५० पीए) र ३४० एनएम टर्क जेनेरेट गर्छ । यसको सम्पूर्ण फोर ह्विलहरु ७–स्पिड डुअल क्लच ट्रान्समिशनबाट स्वचालित छन् । सुरक्षा, आराम र सहुलियतः नयाँ कोडियाक अत्याधुनिक सेफ्टी किटहरुका साथ आउँछ, जसमा घुडाको एअरब्यागका साथ ९ एअरब्यागहरु, इबिडिका साथ एबीएस, बे्रक असिस्ट, मल्टी कलिसन ब्रेक, चौतर्फि पार्किङ सेन्सर र ब्लाइन्ड स्पोट मोनिटरिङ सिस्टम समावेश छन् । कोडियाकले इलेक्ट्रीकलरुपमा एड्जष्ट गर्न मिल्ने प्यानारामिक सनरुफका साथ नयाँ आयाम रचेको छ, जसले खुलापनको आभाषलाई अझ उजागर गर्छ । यसका साथै यो फ्रन्ट र रियर हिटेड सिट, हिटेड स्टेरिङ व्हील र अन्य चनाखो विशेषताहरुले भरिपूर्ण छ, जसले गर्दा यसले विशिष्ट एसयूभी अनुभूति प्रदान गर्दछ । राइड र ह्यान्डलिङ स्कोडा कोडियाक ४x४ व्हील ड्राइभका साथ ४ वटा ड्राइभिङ मोड विकल्पहरुका साथ आउँछ । स्कोडाको लार्ज एसयूभी त्रिनिटी १८–इन्च व्हीलहरुका साथ सुसज्जित भएर आउँछ। इन्फोटेन्मेन्ट र कनेक्टिभिटी यसका साथै यो २०.३२ सिएम सेन्ट्रल इन्फोटेन्मेन्ट प्रणालीका साथ स्टेरिङमा प्रोक्सिमिटी सेन्सर, भ्वाइस कमाण्ड कन्ट्रोल (ध्वनि आदेश नियन्त्रण) र अडियो नियन्त्रणका साथ आउँछ । सामग्री र स्टोरेज स्कोडा कोडियाकमा रहेको सिम्प्ली क्लेभर नामक विशेषता स्कोडाले तपाईंको लगानीमा जहिले पनि अलिकति बढी दिन्छ भन्ने प्रमाण हो– दैनिक जीवनमा व्यावहारिक र सुविधाजनक सहायता जुन ब्रान्डको मान्यता हो । पावर न्याप प्याकेज र निकाल्न मिल्ने बुट टर्च पनि यसमा उपलब्ध गरिएको छ। २७० देखि २००५ एल (रियर सिट फोल्ड डाउन गर्न मिल्ने) को भोल्युमको साथ स्कोडा कोडियाकले आफ्नो क्लासमा सबैभन्दा ठूलो बूट प्रदान गर्दछ। यसमा विद्युतीयरुपमा नियन्त्रण गर्न मिल्ने पाँचौं ढोका र केसी (किलेस इन्ट्री, स्टार्ट र स्टप बटन) उपलब्ध छ। यसका साथै यसमा फुट सेन्सरका साथ भर्चुअल पेडल ओपन र क्लोज द बुट छ।
नयाँ वर्षमा गाडी विक्रेताको अफर : ४ लाखसम्म छुटदेखि बोनससम्म
काठमाडौं । नेपाली नयाँ वर्षलाई लक्षित गर्दै अटो व्यवसायीले विभिन्न अफर सार्वजनिक गर्न थालेका छन् । ग्राहकलाई आफ्ना सवारी साधन खरिदमा आकर्षित गर्न बिक्रेता कम्पनीहरुले नगद तथा सर्भिसिङमा छुटदेखि मासिक किस्तामा कार खरिद गर्न सकिने अफर सार्वजनिक गर्न थालेका हुन । पछिल्लो समय सरकारले विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै गाडी लगायतका वस्तुको आयातमा कडाई गरेको छ । सरकारले केही समयका लागि गाडी आयातमा रोक लगाए पनि अटो व्यवसायीहरुले भने नयाँ वर्षको अफर सार्वजनिक गरेका छन् । ग्राहकलाई गत वर्षहरुमा दिईदै आएकोे छुट अफरलाई निरन्तरता दिन नयाँ वर्ष अफर सार्वजनिक गरिएको व्यवसायीहरुले बताउने गरेका छन् । ग्राहकलाई आकर्षित गर्न व्यवसायीहरुले नगद छुटदेखि मासिक किस्तामा गाडी खरिद गर्न सकिनेसम्मका योजना सार्वजनिक गरेका हुन् । हुण्डाईको गाडी खरिदमा ४ लाखसम्म नगद छुटदेखि बोनससम्म नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ योजना ल्याएको छ । कम्पनीले सो योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा चार लाख रुपैयाँसम्म नगद छुट, नयाँ वर्ष बोनस ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस ७९ हजार र मोडल योर डिस्काउन्टमा ९९ हजार रुपैयाँसम्म छुट तथा स्पट एक्सचेन्जमा एक वर्षको लागि निःशुल्क बीमा र सडक कर छटु पाइने कम्पनीले जानकारी दिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १६ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरूबाट सेवा दिइएरहेको छ । निसान गाडी किन्दा साढे तीन लाख छुट नेपालका लागि निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले निसान किक्स किन्दा ३ लाख ५० हजार रुपैयाँ नगद छुट अफर सार्वजनिक गरेको छ । कम्पनीले एक वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुट दिनेछ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको जानकारी दिएको छ । कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफरसमेत उपलब्ध छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो अफर आगामी अप्रिल ३० अर्थात् वैशाख १७ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । सुजुकी कार किन्दा दुई लाख छुटदेखि बोनससम्म नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले नयाँ बर्षको योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष योजना अनुसार कम्पनीले कार किन्दा दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको सवारी बीमा र स्क्रयाच कार्डमार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट दिएको छ । नयाँ वर्षको अवसरमा सस्तो किस्तामा गाडी किन्न सकिने अफर फक्सवागनले ल्याएको छ । फक्सवागनको गाडी मासिक किस्तामा खरिद गर्न सकिने नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनलले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । फक्सवागनको नयाँ वर्ष अफर अन्तरगत टाइगुन गाडी मासिक २२ हजार ९९९ रुपैयाँ र पोलो मासिक १४ हजार ९९९ रुपैयाँ किस्तामा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको हो ।