विद्युतीय गाडी किन्न एनएमबि बैंकले ८० प्रतिशत लोन दिने, ब्याजदर न्युनतम

<p>काठमाडौं । एनएमबि बैंकले विद्युतीय गाडीहरु बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ्गसँग सम्झौता गरेको छ । बैंकले सिप्रदी ट्रेडिङ्गसँग विद्युतिय गाडी खरिदको लागि न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने भनी सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकले ८० प्रतिशत फाइनान्सिङ्गसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह गर्नेछ । बैंकले व्यवसायका साथ साथै वातावरणीय संरक्षणलाई सहयोग गर्न उक्त सम्झौता गरेको [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले विद्युतीय गाडीहरु बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ्गसँग सम्झौता गरेको छ । बैंकले सिप्रदी ट्रेडिङ्गसँग विद्युतिय गाडी खरिदको लागि न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने भनी सम्झौता गरेको हो ।

सम्झौता अनुसार बैंकले ८० प्रतिशत फाइनान्सिङ्गसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह गर्नेछ ।

बैंकले व्यवसायका साथ साथै वातावरणीय संरक्षणलाई सहयोग गर्न उक्त सम्झौता गरेको जनाएको छ । बैंकले यो योजनाले नेपालकै विद्युतलाई सदूपयोग हुने लक्ष्य लिएको बताएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

Share News