फोर्स मोटर्सको गाडी किन्दा नगद छुटदेखि वासिङ मेसिनसम्म पाइने
काठमाडौं । फोर्स मोटर्सको कुनै पनि गाडीको खरीद गर्दा पक्का उपहार पाइने भएको छ । फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैँ र तिहारको अवसरमा यस्तो अफर ल्याएको हो । यस अन्तर्गत ग्राहकले कुनै पनि फोर्स मोटर्सको गाडी किन्दा आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्टफोन लगायतका उपहारहरु पाउनेछन् । यो अफर भदौ १६ गते शुक्रबारदेखि देखि कात्तिक १३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । बिगत ८ वर्ष देखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा।ली मार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आईरहेको छ । आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको गैरिधारा ,पोखराको चाउथे र सुन्सरीको इटहरी आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुर, झापाको बिर्तामोड, ललितपुरको बागडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्स मोटर्स का गाडीहरु बिक्री वितरण गरिरहेको छ ।
मोटरहेड र टारो ब्राण्डका बाइक तथा स्कुटर एउटै शोरुममा पाइने
काठमाडौं । एसजी गु्रप अन्तर्गत नेपालमा बिक्री भइरहेको मोटरहेड र टारो ब्राण्डका बाइक तथा स्कुटर एउटै शोरुमबाट खरिद गर्न सकिने भएको छ । ग्राहकहरुले डर्ट, स्क्रयाम्वलर, क्रसओभर, स्पोर्ट तथा स्कुटर गरी ५ सेग्मेन्टका दुई पाङ्ग्रे साधन एकैसाथ विभिन्न शोरुमबाट पाइने भएको हो । यसका साथै बिक्रीपछिको सेवा पनि हाल कायम रहेको सर्भिस सेन्टरलाई अफग्रेड गरी सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । जसले गर्दा ग्राहकलाई पार्ट्स तथा सर्भिसिङ र मेन्टीनेन्समा सहज हुने कम्पनीको विश्वास छ । ग्राहकले काठमाडौंको नक्साल, बालाजु, मित्रपार्क, टेकु, ललितपुरको धोबिघाट तथा भक्तपुरको सल्लाघारी स्थित शोरुमहरुमा गई उक्त दुवै ब्राण्डको अवलोकन तथा टेष्ट राइड गरी खरीद गर्न सक्नेछन् । साथै, कम्पनीले ग्राहकमुखी वातावरण कायम राखी उक्त उद्देश्यलाई साकार बनाउन आफ्ना शोरुमहरुमा यही भदौ १९ गतेबाट उपत्यका व्यापी शोरुम टेष्ट राइड कार्यक्रमको शुरुवात गर्दैछ । जहाँ ग्राहकले टेष्ट राइड गरी उपहार जित्नुको साथै विभिन्न गेममा सहभागी भई थप उत्साहित माहोलमा अन्य उपहार पनि जित्न सक्नेछन् ।
अग्नी ग्रुपको नयाँ २ एस सर्भिस सेन्टर अब दमकमा पनि
काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले दमकमा २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । दमकमा हाल संचालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीको लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो । २ एस सर्भिस सेन्टरको उद्घाटन बिहीबारका दिन दमक नगरपालिकाका मेयर राम थापा, उपमेयर रेगिना भट्टराईु, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठु, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले संयुक्त रुपमा गरेका थिए । अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई सेवा दिईरहेको छ ।