सवारी साधनलाई विलासिता होइन, अत्यावश्यक वस्तुको रुपमा बुझ्नु पर्छ : अर्थमन्त्री पौडेल

<p>काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सवारी साधनलाई अत्यावश्यक वस्तुको रुपमा बुझ्नु पर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) को ४६औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री पौडेलले सवारी साधन विलासिता नभई अत्यावश्यक वस्तुको रहेको बताएका हुन् । &#8216;अटोमोबाइल्स क्षेत्र विलासिताको होइन, आवश्यकताको क्षेत्र हो, हिजो मोबाइल फोन चलाउन विलासिताको वस्तु मानिन्थ्यो, तर आज अत्यावश्यक [&hellip;]</p>

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सवारी साधनलाई अत्यावश्यक वस्तुको रुपमा बुझ्नु पर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) को ४६औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री पौडेलले सवारी साधन विलासिता नभई अत्यावश्यक वस्तुको रहेको बताएका हुन् ।

‘अटोमोबाइल्स क्षेत्र विलासिताको होइन, आवश्यकताको क्षेत्र हो, हिजो मोबाइल फोन चलाउन विलासिताको वस्तु मानिन्थ्यो, तर आज अत्यावश्यक भएको छ, सडक पूर्वाधारमा गुड्ने सवारी साधन विलासिताको वस्तु होइन,’ उनले भने ।

पछिल्लो समय नाडाले धेरै राम्रो काम गर्दै आएको बताउँदै अर्थमन्त्री पौडेलले विद्युतीय सवारी साधनको प्रयोगमा द्रुत गतिमा अगाडि बढ्नु पर्छ बताए ।

‘विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको छ, यो राम्रो विषय हो, यसले उर्जा खपतसँगै वैदशिक मुद्रा पनि बचत गर्न टेवा पुग्छ, यसमा हामी द्रुत गतिमा अगाडि बढ्नु पर्छ,’ अर्थमन्त्री पौडेलले भने ।

साथै, लोडसेडिङको अन्त्य भएसँगै अब विद्युतीय सवारी साधनको चाप बढोस् भनेर प्रोत्साहन नीति बनाएका उनले सुझाए । त्यस्तै, अर्थतन्त्रका बाह्य क्षेत्रमा सकारात्मक संकेत देखिएको समेत उनले बताए ।

५ वर्षभित्र विद्युतीय सवारीको संख्या ५० प्रतिशत पुग्ने नाडाको अनुमानमा अर्थमन्त्री पौडेलले यसमा अझै बढ्नु पर्ने बताएका छन् ।

त्यस्तै, राजश्व परामर्श समितिले नाडाको संस्थाको सुझाव मान्ने बताउँलै उनले नेपाल थोत्रा विद्युतीय सवारी साधनको डम्पिङ नबनाउन आग्रह गरेका छन् ।  साथै, अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र उद्घाटन हुने चरणमा रहेको र यसको भरपुर प्रयोग गर्न उनले व्यवसायीलाई आग्रह गरेका छन् ।

Share News