टाटा नेक्सन गाडीको ब्याट्री बिग्रिए के गर्ने, परिवर्तन गर्दा कति लाग्छ खर्च ?

<p>काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा नेक्सन ईभी कारको बिक्री वितरण गर्न थालेको लामो समय भइसकेको छ । उक्त कम्पनीले बिक्री गर्दै आएको नेक्सन ईभीका गाडीको उपस्थिति सडकमा बाक्लो हुँदै गएको छ । अहिले नेपाली गाडीको बजारमा ८० प्रतिशत हिस्सा ओगटेको टाटा मोटर्स कम्पनीले दाबी गर्दै आएको छ । टाटाको [&hellip;]</p>

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा नेक्सन ईभी कारको बिक्री वितरण गर्न थालेको लामो समय भइसकेको छ । उक्त कम्पनीले बिक्री गर्दै आएको नेक्सन ईभीका गाडीको उपस्थिति सडकमा बाक्लो हुँदै गएको छ । अहिले नेपाली गाडीको बजारमा ८० प्रतिशत हिस्सा ओगटेको टाटा मोटर्स कम्पनीले दाबी गर्दै आएको छ । टाटाको नेक्सन ईभी धेरैको रोजाइमा पर्ने मध्येको कार हो ।

इभी सवारी साधनको महत्वपूर्ण भाग मध्ये ब्याट्री एउटा हो । इभीका गाडी किन्दा ब्याट्री बिग्रिएर लामो समय प्रयोग गर्न पाइएन भने ठूलो रकम खेर जान्छ भन्ने मनस्थितिले पनि इभीका गाडी किन्न मानिसले हिच्किचाइरहेको देखिन्छ । तर, टाटा मोटर्सको इभी गाडीमा प्रयोग हुने ब्याट्री बिग्रिए पनि ब्याट्री नै परिवर्तन गर्नु नपर्ने कम्पनीले बताएको छ ।

ब्याट्रीमा समस्या आयो भने त्यसलाई मर्मत गरी पुनः प्रयोग गर्न सकिने टाटा मोटर्स कम्पनीका कस्टुमर केयरका प्रमुख प्रबन्धक कुमार भण्डारीले बताए । नेक्सन ईभीको कारमा ३०.२ किलोवाटको ब्याट्री जडान गरिएको हुन्छ । सो कारमा लिथियम-आयन ब्याट्री जडान भएको भण्डारीले जानकारी दिए ।

टाटा मोटर्सले टाटा नेक्सन ईभीको ब्याट्री प्याकमा ८ वर्षको ग्यारेन्टी दिएको छ । सो समय अवधिसम्म ब्याट्री बिग्रियो भने कम्पनीले नै निःशुल्क परिवर्तन गरिदिने कम्पनीले बताएको छ । नेक्सन ईभीको ब्याट्री टेक्नोलोजी अझै विकसित हुँदै गइरहेको पनि भण्डारीको भनाइ छ ।

नेक्सन ईभीको ब्याट्रीमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) जडान गरिएको हुन्छ । जसले ब्याट्रीको अवस्था बारे जानकारी दिन्छ । बीएमएसले ब्याट्रीमा जडान भएका दुई वटा ब्याट्री म्यानेजमेन्ट युनिट (बीएमयू) को सपोट लिएको हुन्छ । ब्याट्री प्याकमा ६ सय सेल लगाइएको हुन्छ भने प्रतिसेल १५ एम्पियर आवरको हुन्छ ।

ब्याट्रीमा कुलिङ स्टिमको पनि जडान गरिएको छ । जसले ब्याट्री छिटो तात्न दिँदैन । यसले ब्याट्रीको सुरक्षामा पनि महत्वपूर्ण भूमिका खेल्छ । भण्डारीका अनुसार यसको ब्याट्रीमा टाटाको एडभान्स टोक्नोलोजि जिपट्रोनको पनि प्रयोग भएको छ ।

ब्याट्री फूल चार्ज भएपछि ३ सय १२ किलोमिटर सम्मको यात्रा तय गर्ने सकिन्छ । नेक्सनमा प्रयोग हुने ब्याट्रीमा १३ वटा मोड्युल लगाएर प्याक बनाइएको हुन्छ । सो मोड्युलमा समस्या देखिए पनि परिवर्तन गर्न सकिने भण्डारी बताउँछन् ।

‘हिजोको दिनसम्म ब्याट्री भित्र सानो कुरा बिग्रियो भने पनि ब्याट्री प्याक फोर्नु पर्ने हुन्थ्यो, आजका दिनमा ब्याट्रीमा केही समय आयो भने प्याक नै फोर्नु पर्दैन, मर्मत गर्न सकिन्छ, व्यक्तिगत मोड्युल पनि फेर्न सक्छौं, एउटा ठाउँमा समस्या आयो भने ब्याट्री नै फेर्नु पर्ने अवस्था छैन,’ उनले भने ।

ब्याट्री पुरै परिवर्तन गर्नु पर्ने अवस्था आए गाडी खरिद गर्दा लाग्ने ५० प्रतिशत रकम ब्याट्रीमा खर्च हुन जान्छ । मोड्युल मात्र फेर्दा भने धेरै खर्च नहुने पनि भण्डारीले बताए । उनका अनुसार नेपालमा नेक्सन ईभीको हालसम्म ब्याट्री नै फेर्नुपर्ने अवस्था आएको छैन ।

‘फरक-फरक मोड्युल हुने भएकाले खर्च त्यही अनुसार हुन्छ, आजको दिनमा यसको सेल बिग्रिँदैन, साना-साना सेललाई जोडेर ब्याट्री प्याक बनाइएको हुन्छ, त्यो भएन भने जोखिम आउन सक्छ, यो सेलाई एक-एक वटा गर्दै चार्ज गर्ने क्रममा सन्तुलन नमिल्न सक्छ, कुनै एउटा सेल कम चार्ज भइदियो भने त्यो सेलले होल ब्याट्रीको प्रफर्मेन्सलाई बिर्गाछ,’ उनले भने ।

Share News