म्याक्सस मोटर्सको ३ वटा नयाँ गाडी नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा म्याक्सस ब्राण्डका तीन वटा सवारीसाधन सार्वजनिक भएको छ। म्याक्सस ब्राण्डको लागि नेपालको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान सार्वजनिक गरेको हो । कम्पनीले यी गाडीहरूको सार्वजनिकसँगै शोरूम उद्घाटन गरेको छ भने आजबाट बुकिङ खुल्ला समेत गरेको जनाएको छ । यी प्रिमियम गाडीहरूमा भेरिएबल जिओमेट्री टर्बोचार्जर प्रविधि सहित डिजाइन गरिएको २.८ लिटर र २.० लिटर टर्बो डिजेल इन्जिन रहेको छ । जसले ३६० एनएम र ३७५ एनएम पीक टर्क उत्पादन गर्छ भने अधिकतम पावर ११० किलोवाट र १२० किलोवाट क्षमताको रहेको छ । मिडसाइज पीकअपको रूपमा वर्गीकरण गरिएका यी म्याक्ससका पीकअप सेग्मेन्टमै सबैभन्दा लामो र चौडा गाडी रहेको कम्पनीको दाबी छ । यसको ह्विलबेस ३१५५ एमएम रहेको छ । त्यसैगरी, नेपालको भौगोलिक क्षेत्रका लगि उपयुक्त यो पीकअपको ग्राउण्ड क्लियरेन्स २१५ एमएम पाउन सकिन्छ । सुरक्षाको हिसाबले फाइभ स्टार एएनसीएपी रेटिङ पाएको टी ६० निकै सुरक्षित रहेको छ । म्याक्सस टी ६० र टी ७० पीकअप ट्रकहरूमा अटोमेटिक एसी, कीलेस इन्ट्री र स्टार्ट, पुस स्टार्ट बटन, हाइट एडजस्टेबल स्टेयरिङ ह्वील, क्रुज कन्ट्रोल, रेन सेन्सिङ वाइपर, ब्लुटुथ कनेक्टिभिटी र अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका फिचर्स पाउन सकिन्छ । यसमा अन्य फिचर्स जस्तै चारवटा एयरब्याग, इलेक्ट्रोनिक बेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी) सहितको एबीएस, ईएसपी, आइएसओफिक्स चाइल्ड सिट, हिल स्टार्ट असिस्ट सिस्टम, ट्र्याक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक ब्रेक असिस्ट, रियर पार्किड सेन्सर र रिभर्स क्यामेरा पनि समावेश रहेका छन् । त्यसैगरी, कम्पनीले सार्वजनिक गरेको म्याक्सस भी ८० कार्गो भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको डी २.५ लिटर टर्बो डिजेल कमन रेल डाइरेक्ट इन्जेक्सनबाट संचालन हुन्छ । यसमा रहेको बोसको इन्टरकुल्ड इलेक्ट्रोनिक रूपमा रेगुलेट हुने इन्जिनले ३८०० आरपीएममा १०० किलोवाट पावर र ३३० टर्क जेनेरेट गर्छ । यसमा फेमिली ट्रिप र ट्रान्सपोर्टका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । पारामाउन्ट मोटर्सले नेपाली बजारका लागि म्याक्सस टी ६०को मूल्य ७७ लाख ९९ हजार, टी ७०को मूल्य ६८ लाख ४९ हजार र भी ८० को मूल्य ५० लाख ४९ हजार रूपैयाँ निर्धारण गरेको छ ।  

एनओजी हेटौँडा च्याप्टर राइड सम्पन्न

काठमाडौं । नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले हेटौँडादेखि मकवानपुर गढीसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत माघ १४ गते शनिबार आयोजना भएको राइड हेटौँडा शोरुमबाट शुरु भएर मकवानपुर गढीसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइनुको साथै सहभागी राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको बारेमा जानकारी दिएको थियो । करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

फक्सवागन गाडीको एक्सचेन्ज अफर सुरु

काठमाडौं । फक्सवागनले ‘स्विच टु प्रिमियम कार कल्चर’ नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ । नेपालको लागि फक्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेसनल यो एक्सचेन्ज योजना ल्याएको हो । यो एक्सचेन्ज योजना माघ १८ गते बुधबारदेखि सुरु भएको कम्पनीले जानकारी दिएको छ । यस योजनामा ग्राहकले आफुसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न सक्नेछन् । आफ्नो पुरानो गाडी साटेर नयाँ फक्सवागनको गाडी खरिद गर्ने ग्राहकहरुले पुरानो गाडीमा बजारमा पाउने भन्दा राम्रो मूल्य दिईने कम्पनील बताएको छ । यसका साथै, योजना अवधिभर ग्राहकहरुले फ्रि एक्सेसरिज, विशेष लोयल्टी बोनस र ३ जना ग्राहकहरुले लक्जरी रिसोर्टमा स्टेकेसन पनि जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । हाल नेपालमा फक्सवागनका पोलो, ताइगुन, अलस्पेस र टउरेग भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन् । फक्सवागनको गाडीहरुमा २ वर्षको अनलिमिटेड केएम वारेन्टी, प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी रहेको छ । कम्पनीको अनुसार यसका गाडीहरु एक वर्ष वा १५ हजार किलोमिटर दौडेपछि सर्भिसिङ गर्दा हुन्छ ।