४० लाख पर्ने नयाँ हुन्डाई भेन्यू नेपाली बजारमा

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले न्यु स्टाइल, न्यु स्टेटमेन्ट नाराका साथ नेपाली बजारमा नयाँ हुन्डाई भेन्यू सार्वजनिक गरेको छ । नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मीले हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको बताएको छ । हुन्डाई भेन्यूको पछिल्लो भागमा विस्तारित कनेक्टिङ्ग एलइडी लाइट ल्याम्पले नयाँ भेन्यूलाई विशिष्ट स्वरूप दिएको छ । त्यस्तै, हुन्डाई भेन्यूको अघिल्लो भागमा रहेको पारामेट्रिक फ्रन्ट डार्क क्रोम ग्रिल, नयाँ बम्पर र स्किड प्लेट डिजाइनले यो गाडीलाई आधुनिक तथा स्पोर्टी लुक दिएको छ । नयाँ हुन्डाई भेन्यूको फराकिलो बनावट र टु टोन ब्ल्याक ग्रेज इन्टेरियरका कारण निकै नै आरामदायी रहेको कम्पनीको दावी छ । नयाँ हुन्डाई भेन्यूमा विस्तारित बुट स्पेस सहितको ६०ः४० स्प्लिट सिट, कप होल्डर सहितको रियर सेन्टर आर्मरेस्ट, दुई वटा रियर युएसबी चार्जर, टु स्टेप रियर रिक्लाइनिङ्ग सिट, इर्गोनोमिकल्ली डिजाइन गरिएको सुविधाजनक चालक सिट, वाएरलेस फोन चार्जर, कन्ट्रोल एसी र स्मार्ट सनरुफ लगाएतका सुविधा रहेको छ । तीनवटा भेरीयन्टमा उपलब्ध रहेको नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य ३९.९६ लाख रुपैयाँ कायम गरिएको कम्पनीले जानकारी दिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।

होण्डाले ल्यायो १ रुपैयाँमा तीन वर्षको सर्भिसिङ अफर

काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले होण्डा साईन र होण्डा ग्राजियामा आकर्षक उपहार योजनाहरु ल्याएको छ । यस योजना अन्तर्गतका ग्राहकले अर्डर गरेको होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउनेछन् । यदि उक्त समय भित्र पार्टस् नपाए ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यस्तै, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकहरुले केवल १ रुपैयाँमा तीन वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टसको सेवा लिन सक्नेछन् ।  

फोर्स मोटर्सको सर्भिस सेन्टर पोखरामा

काठमाडौं । फोर्स मोटर्सको सर्भिस सेन्टर पोखरामा सञ्चालनमा ल्याएको छ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले पार्टपुर्जा लगाएत विभिन्न सेवा दिने उदेश्यले  सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको हो । उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्धघाटन गरेका थिए । यस अगाडी चाउथेमा सञ्चालित फोर्स मोर्टसको सोरुम संचालनमा आइसकेको छ । करिब ७ रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ । गाडी बिक्री पछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो सेवा दिने उदेश्य राखिएको आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक निरन केसीले जानकारी दिए । विगत आठ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टलले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध गराउँदै आइरहेको छ ।