टिभ‍िएसकाे स्कुटर किन्दा ६ हजारसम्मकाे छुट

काठमाडौं । जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसरमा सम्पूर्ण टिभिएस् स्कुटरहरुमा ‘टिभिएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले ल्याएको यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको स्योरशट नगद छुट पाउनेछन् । यसका साथै ग्राहकहरुले जम्मा ३ हजार ९९९ रुपैयाँ र २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यस  योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागु हुनेछ ।  

अग्नि ग्रुपको इलेक्ट्रिक थ्री–ह्विलर अटो किन्दा ४० हजारसम्म छुट

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ट्रियो इलेक्ट्रिक अटो ‘ट्रियो र यारी’ तीन नयाँ स्थानबाट बिक्री सुरु गरेको छ । कम्पनीले दमक, भैरहवा र नेपालगंजबाट ट्रियो इलेक्ट्रिक अटो र यारीको बिक्री सुरु गरेको हो । कम्पनीले यसै अवसरमा ३ नयाँ बिक्री केन्द्रसहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्रमा ‘नगद छुट र एक्सचेन्ज’ मेलाको घोषणा समेत गरेको छ । यो छुट बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेत लगायतका सबै महिन्द्रा शोरुमहरुमा लागु हुने कम्पनीले जानकारी दिएको छ । यस अफर अन्तर्गत नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रिया र यारी’ खरिद गर्दा ग्राहकले ४० हजारसम्मको नगद छुट पाउनेछन् । कम्पनीको अनुसार यो योजना २०२३ को पूरै फेब्रुअरी महिना भरका लागि लागु हुनेछ ।      

भ्यालेन्टाइनमा यामाहाले ल्यायो ‘कि टु द गोल्डेन हार्ट’ स्किम

काठमाडौं । ‘भ्यालेन्टाइन डे’को अवसरमा यामाहाले अत्यन्त रोमाञ्चक र रोम्यान्टिक योजना ल्याएको छ । अद्भूत सरप्राइज रहेको ‘की टू द गोल्डेन हार्ट’ योजनामा १ लाखसम्मको क्यासब्याकको अफर पनि समावेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हरेक हप्ता एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहार स्वरूप दिनेछ। लक्की ड्र मार्फत हरेक हप्ता बिजेता घोषणा गरिने यो अफर यामाहाका सीमित मोडेलहरुको खरिदमा मात्र उपलब्ध हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार एफजेड-एस एफआई भर्सन ३.०, एफजेड-एस एफआई भर्सन २.०, एफजेड एफआई भर्सन २.०, एसजेड-आरआर भर्सन २.०, सलुटो १२५ सीसी, रे जेडआर १२५ एफआई, फ्यासिनो १२५ एफआई र रे जेड ११३ सीसी मोडेल रहेका छन् । यो अफर यामाहा स्कुटरमा १-१७ फेब्रुअरी २०२३ सम्म मात्र लागु हुनेछ भने यामाहाको बाइकमा १९ जनवरी २०२३ देखी नयाँ योजना घोषणा नगरेसम्म लागू हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा यामाहासँग वैकल्पिक प्रस्ताव पनि रहेको छ। खरिदकर्ताले सबैभन्दा कम डाउनपेमेन्टको विकल्प रोज्न (जुन पूर्ण रकमको २० प्रतिशत) सक्छ । यो अफर ९.९९ प्रतिशतको न्यूनतम ब्याजदरमा पनि उपलब्ध रहेको छ ।